Posted by: world_map February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

लु अब अर्को विषयमा खोकुम्, यसपाली चैं अलि धेरैलाइ चासो र रूचि हुने विषयमा बोल्नुपर्ला, हाम्रो चौतारीको इतिहास -- चौतारी माहात्म्य।

हाम्रा ग्वाँचु बाजे जरामुनीमा बसेर जरै जराले जेलिएर जराको जेल जस्तो ठाउमा जाकिएर जिन्दगी नै जराको जन्जाल जस्तो
भएकोमा जाँड खाई जोड जोडले कराउँदै होलान्। तर ग्वाँचूबाजे जस्तै कैयौं गाम्लेहरू चौतारीको फैलिएको जरामा विलीन
प्राय: भैसकेका छन्। जो पूरै विलीन भैसकेका छैनन्, ती कहिले काहीं बिजुली चम्के सरी पल्याक पुलुक देखा पर्छन् र 
फेरी हराउँछन् त्यही जराको जन्जालमा।

मलाइ 'जरा' भन्ने शब्दको अर्थ व्यापक लाग्छ, सायद 'फर्सीको जरा' कविता पढेर होला, त्यो कविता पढेर 'रूखको
जरा' भन्ने कविता लेख्या थें उहिल्यै तर अहिले कता हरायो के थाहा? अहिले चैं हाम्रो चौतारीको जराले मलाइ जकडेर राखेको छ।
लु, अब यो लेखको शीर्षक नै 'चौतारीको जरा' बनाउँछु म।

                                                                      चौतारीको जरा

हाम्रो चौतारीको बीउ चैं हाम्रा ईश्वर माड्सापले लेर आ'का हुन्, २००५ को अगस्टतिर, स्कूलमा चनाको बोट उमार्न
बीउ ल्याएर रोप्छन् नि सिसिमा, त्यस्तै ईश्वर माड्सापले नि ती चनाको बीउ भौतेकाजीले चोरछन् कि भनेर 'भौते हराएको सूचना" 
निकालेछन् साझामा। अनि निकै मानिसहरू त्यो सूचना पढेर टाउको खियाउन थाले, पून्टेदाइ, सिरे आदि आदि। त्यो
चनाको बीउ कहाँ हरायो भनेर खोज्दा खोज्दा नमे ईलिन्जियरले भेट्टाएछन्, तर चनाको बीउ नभई बर पीपलकै बीउ
परेछ त्यो। 

२००५ को सेप्टेम्बर ७ मा रोपेदेखि चाँड्चाँडो बढेको बढ्यै भयो रूख चैं, केही गाम्लेहरूले मलजल गर्ने स्वयंसेवा जो गरेका थिए।
सिरे थियो प्रमुखमा, अचेल त ऊ जराको बढ्दो चक्रव्युहमा कता हरायो कता? चौतारीका अहिलेसम्मका समयलाइ पनि
चार युगमा विभाजित गर्नु पर्ला। सत्य, द्वापर, त्रेता र कलि गरेर। सिरे सत्ययुगका नारद जस्तै थिए, जतिबेला नि
स्याउजाली डाइलेक्टमा भट्याको भट्याइ गर्ने। त्यही कुरा गर्ने कलाले गर्दा उसले त्यतिबेलाका अप्सराहरू रूइना, म्याट्रिक्स रोजलाइ
चौतारीमा नाच्न बाध्य गराएको थियो। कोही चौतारी नजीकबाट हिंड्यो भने पनि ऊ हत्त न पत्त स्वागत गर्न तम्सिहाल्थ्यो।
यसरी चौतारीको सदस्यता बाँडेपनि धेरै मानिस आएका थिएनन्, औंलामा गन्न सकिने थिए, सायद युनिकोडको भर्खर 
विकास भएर होला, कन्भर्टर थिएन, आफैं लेख्नु पर्थ्यो सीधै।

 त्यो बेलाका चौतारीबासीहरूमा जिम्माल बुडा, जसलाइ 
चौतारीका अमर अजर भीष्म पितामह भने नि हुन्छ, पुन्टेदाइ जसको त्यो बेला अलि बढि कपाल थियो, गोतामे गुरू, जसको 
हाइकूले त्यो बेला चौतारी हल्लाउथ्यो, नेपेदाजी, जस्को गजलले चौतारी संगीतमय हुन्थ्यो, भौतेकाजी,जसको कुरा
गराइले नै मानिसहरू खित्का छोडी हाँस्थे। त्यसैकारण त उनको खोजी गर्दा गर्दै चौतारीको जन्म भयो। नेपेसाहीला
 नि थियो जो अहिले चौतारीको जराले बनाएको कुन चैं खण्डमा कैद छ थाहा भएन। अर्का दादा थिए, चौतारीमा सधैं ढोल ठोकेर गीत गाइरहने, अर्को मुन्द्रे थियो, ऊ पनि जरामुनीमै जरा खोतल्ने काम गर्थ्यो, ऊ चैं जरा खोतल्दा खोतल्दै हिरा भेट्टाएर घर फर्केछ, अस्ति आकाशवाणी 
पठाम्दै थियो नि चौतारीमा।

लु अरू नि धेरै छन्, बिस्तारै लेख्दै गरम्ला सबैका कथा, व्यथा, विशेषता। चौतारीको जरा अनन्त छ, निरन्तर बढिरहेछ,
सर्वव्यापी भैरहेछ, सर्वत्र ढाकिरहेछ!

Last edited: 12-Feb-08 11:16 AM
Read Full Discussion Thread for this article