Posted by: Rahuldai February 12, 2008
जागिरको डायरीबाट !
Login in to Rate this Post:     0       ?        

जागिरको डायरीबाट!


मित्रहरु, यसपटक म आफ्नो जागिरे जिन्दगीको केही रोचक र घोचक संसमरणहरु लिपिबद्ध गर्ने जमर्को गर्दैछु। 


प्रस्तुत घट्नाक्रमहरुमा कुनै जाति बिषेशलाई होच्याउने, घोच्ने प्रयास गरेको भन्ने पूर्बाग्रह नलिई पढिदिन हुन आग्रह गर्दछु। परिस्थितिबस कुनै जाति बिषेशको जात थर उल्लेख गर्नै पर्ने अबस्थामा मात्र उल्लेख गरेको छु।


कुरा सन् २००० सालको। मेलम्ची खाने पानी आयोजनामा जागिरे थिएं। आयोजनालाई समयमै पुरा गर्ने कार्यतालिकामा त्यति बेलाको प्रगतिको गति अशातित थियो। आयोजना अबधी भरको लागि इन्जिनियर देखि पियन सम्मको पदको बिज्ञापन गरिएको थियो।

प्रस्तुत घट्ना पियनको अन्तर्वार्ताको हो।

पियनको अन्तरवार्ता


६ ओटा पियन पदको लागि ६ सय भन्दा बढीको दर्खास्त परेको थियो। धेरै दर्खास्त पर्नुमा मेलेम्ची आयोजनाको आकर्षक तलबमान् थियो। पियनको तलब नै सरकारी अधिक्रितको तलब बराबर् थियो। अर्थात साढे चार हजार प्रति महिना। सरकारी इन्जिनियरको तलब मात्र ४ हजार् २ सय थियो त्यति बेला।
ती ६ सय भन्दा बढी सामन्य लेखपढ मात्र जान्ने न्यूनतम योग्यताभएकाहरुको अन्तरवार्ता बिधि मार्फत छनौट गर्न समिति गठन गरियो र त्यसमा यो राहुलभाइ सबै भन्दा कनिष्ठ सदस्यको रुपमा सामेल गरिएको थियो। एक जना मन्त्रालयका उपसचिब अर्को सदस्य वरिष्ठ इन्जिनियर साहेब हुनुहुन्थ्यो।
एक् दिनमा ३० जनाको अन्तरवार्ता लिने गरी समय सारणी राखिएको थियो।
अब आउदा हरफहरुमा अन्तर्वार्ताका केही परिद्रिश्यहरुलाई राख्ने छु।


अन्तर्वार्ता द्रिश्य १

निबेदक- नमस्कार हजुर् ( धनुष्टन्कार नमस्ते शैलीमा)।
अफिसर- १,२, ३, - नमस्कार
              बस्नुस्

अफिसर २- तापाईको परिचय दिनुस्।
निबेदक- राम शरण
             जीतपुर काठमाडौ।

अफिसर १- दर्खास्त किन हाल्नु भयो?


निबेदक- खानै पाएन हजुर, साह्रै दुख पाइयो।


अफिसर ३- खानै पाएन रे? अहिले सम्म केही नखाई बस्नु भाको त?


निबेदक-    अलि अलि जमिन छ, ६ महिना पनि खान पुग्दैन। बालबच्चा चार् चार् जना छन्।
अफिसर्१-  ६ महिना भोकै बस्नु त हुन्न होला नि? खेतीले पुग्दैन भने केही त गर्नु हुन्छ होला नि?

निबेदक-  हजुर, गरीब मान्छे, के गर्न सक्छु। अलि अलि कुखुरा पालेको छु।

अफिसर २- अलि अलि भनेको कति?

निबेदक- यस्तै २-३ हजार।

अफिसर ३- अलि अलि भनेको ३ हजार हुंदो रैछ।

ल भन्नुस्, २-३ हजार कुखुरा बाट कति फाइदा हुन्छ?
 

निबेदक- धेरै हुन्न हजुर। आजकाल कुखुराको भाउ नै छैन।

अफिसर् १- भाउ हुंदा कति हुन्छ, न हुंदा कति हुन्छ?

निबेदक- भाउ हुंदा महिना ३० हजार हुन्छ, नहुंदा २० हजार जति हुन्छ।

अफिसर १- हो र? हाम्रो तलब कति छ थाहा छ?
निबेदक- थाहा छैन हजुर, हजुरहरु त हाकिम साहेबहरु। तलबको के कुरा हुन्छ र?

अफिसर १- महिनाको ३० हजार कमाएर खान नपुग्नेलाई ४ हजारले के गर्नु हुन्छ? जानुस्, यो जागिर तपाईको लागि होइन।
यो देशमा महिनामा १ हजार आम्दानी नहुने धेरै छन्, आधा पेट खाने धेरै छन्।
यस्तो भद्दा मजाक अन्त नगर्नु होला।

हामी तिनै जनाको दिमाग गरम् भएको थियो, उक्त ब्यक्तीको कुरा सुनेर। महिनाको ३० हजार त्यतिबेला बिदेशी बैकमा काम गर्ने अफिसरले पनि पाउदैनथ्यो। पियन बन्न खोज्ने महाशयलाई ३० हजारले पनि खानै पाएन रे। मुखामुख गर्‍यौं। डबल तलब पाइने आकर्षणले मेलम्चीमा सरुवा भै आएको इन्जिनियर म।  जम्मा तलब ८ हजार २ सय। हिसाबले म त इथोपियाका अकाल पीडित नागरिक जस्तो पो भएं। ८ हजार तलबले मज्जाले पुग्थ्यो महिनाको खर्च। बिलासितामा न खर्चिने हो भने महिनाको २ हजार सेभिङ नै हुन्थ्यो।
 सन्तान थरि थरि का।

क्रमश:

Read Full Discussion Thread for this article