Posted by: world_map February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

आजकल म धेरै सोच्न छोडेर जे मन मस्तिष्कमा आयो त्यसैलाइ औंलाहरूको सहायताले कीबोर्डमा ट्याक ट्याक 
हान्दै स्कृनमा उतारेर चौतारीमा पोस्ट गर्न उद्दत छु। पहिले पहिले स्कूलमा 'ईलोक्युशन कन्टेस्ट' कि के हो हुन्थ्यो नि, 
जसमा कुनै यौटा विषयमा बिना पूर्व तयारी बोल्नुपर्थ्यो, मलाइ त्यो कहिल्यै मन परेन, बरू पहिले तयारी गर्ने भाषणहरूमा
भाग लिईयो, तर तयारी नगरी बोल्न त गाह्रो लाग्ने। तर यहाँ म त्यस्तो तयारी नै नगरी मनमा जे आयो, स्मरण शक्तिले
जे याद दिलायो, त्यो तुरन्त ओकल्ने नौलो अभ्यास गर्ने प्रयास गर्दैछु। खोक्दैछु।

लु आज चैं के को बारेमा खोकम् त? अँ, विश्वकप फुटबलको इतिहास र वर्तमानको बारेम खोक्न मन लाग्यो। अम्रिकामाअ
अम्रिकन फुटबल, आयरल्यान्डमा ग्यालिक फुटबल लोकप्रिय भए पनि विश्वभरि भने सक्कर अर्थात् फुटबलले अथाह प्रसिद्धि
कमाएको छ। परापूर्वकालमा 'त्चू त्सू' र 'केमारी' नामबाट चिनिने फुटबललाइ कालान्तरमा गएर 'सक्कर' र 'फुटबल' नामले
मानिसहरू बोलाउन थाले। विश्वकप फुटबलको शुरूवात सन् १९३० मा भएको हो, जुल्स रिमेट नामक व्यक्तिले आरम्भ
गरेकाले उक्त कपलाइ 'जुल्स रिमेट कप' भनिन्थ्यो। उरूग्वेमा भएको पहिलो विश्वकपमा उरूग्वेले फाइनलमा अर्जेन्टिनालाइ 
हराएर विजय हासिल गर्यो। विश्वकपको इतिहासमा पहिलो गोल गर्ने चैं फ्रान्सका लुइ लारे हुन्। 

त्यसपछि १९३४ र १९३८ मा दुबै पल्ट विश्वकप ईटलीको अधीनमा गयो। ४२ र ४६ मा दोस्रो विश्वयुध्दको भयावह अवस्थाको 
कारणले विश्वकप स्थगित हुन गयो। १९५० मा फेरी २० वर्षको अन्तरालमा उरूग्वे नै विजेता बन्न पुग्यो। तर वर्तमान अवस्थामा 
उरूग्वे त्यस्तो मुलुक हो जस्ले विश्वकपको शुरूवातका वर्षहरूमा तहल्का मच्चाए पनि हाल आएर आफ्नो वर्चस्व गुमाउन पुगेको छ।
१९५४ मा जर्मनीले हंगेरीलाइ हराई विजेता बन्यो तर फाइनलमा हंगेरीका हेनरी पुश्कास् खेलबाट नबाहिरिएसम्म
खेल हंगेरीको कब्जामा थियो। १९५८ मा विश्वकप स्वीडेनमा भएको थियो र फाइनल ब्राजिलले जित्यो, यो यस्तो 
प्रतियोगिता थियो जस्मा पहिलो पल्ट यूरोपमा संचालन गरिएको कप कुनै दक्षिण अमेरिकी देशले जितेको थियो, पेलेको 
सहायताले, उनी त्यतिबेला १८ वर्षका मात्र थिए। पेलेको वास्तविक नाम एड्सन आरन्तेस डो नेस्सिमेन्टो हो। 

त्यसपछि १९६२ मा चिलीमा आयोजित प्रतियोगिता जितेपछि ब्राजिल जुल्स रिमेट कप हात पार्ने दौडमा इटलीको बराबरीमा आयो।
१९६६ को ईंग्ल्यान्डमा आयोजित विश्वकपमा पेले घाइते हुन पुगेकाले ईंग्ल्याण्डले फाइदा उठायो, गोर्डन ब्याङ्स, बब्बी
चार्लटन जस्ता खेलाडिको सहायताले ईंग्ल्यान्डले पहिलो पल्ट विश्वकपको उपाधि हात पार्यो। उक्त विश्वकपमा पोर्चुगलका ईसिबियो
पनि निक्कै चम्केका थिए। १९७० मा ब्राजिलले फेरी प्रतियोगिता जितेर जुल्स रिमेट कप सदाको लागि आफ्नो पोल्टमा
पार्यो भने १९७४ मा जर्मनीका फ्रान्ज बेकनबोरको कप्तानीमा जर्मनी विश्वकपको शिखरमा पुग्न शुरू भयो। 

१९७८ मा अर्जेन्टिनाले मारियो केम्पसको हौसलाले गृह भूमिमा विश्वकप जित्यो। ७४ र ७८ दुबैमा हल्यान्ड फाइनलमा
पराजित भएको थियो। ८२ मा पाउलो रोस्सीको सहायताले ईटलीले तेस्रो पटक जित्यो। उक्त प्रतियोगितामा अर्जेन्टिनाका
म्याराडोनाको पदार्पण भैसकेको थियो। १९८६ को विश्वकप पूरै म्याराडोना र अर्जेन्टिनाले कब्जा गरेका थिए, सेमीफाइनलमा
बेल्जियम र फाइनलमा पश्चिम जर्मनीलाइ हराएर अर्जेन्टिनाले मेक्सिकोको एज्टेक स्टेडियममा आफ्नो विजय मनायो। चार 
वर्ष पश्चात् भने अर्जेन्टिना पहिलो खेलमै क्यामरूनसँग पराजित भएर डगमगायो, तर म्याराडोनाको हौसलाले फाइनलसम्म चैं 
पुग्यो बल्लतल्ल, जर्मनीले चार बर्ष अघिको बदला लिनको लागि मात्र। 

९४ मा अमेरिकाका ९ शहरहरू: - लस एन्जलस्, सान फ्रान्सिस्को, डालस, ओर्ल्यान्डो, बोस्टन, डेट्रोइट, शिकागो, न्यु योर्क र वासिङ्टन डिसीमा भएका
प्रतियोगितामा ब्राजिलले इटलीलाइ टाइ ब्रेकरमा हरायो लस एन्जलस्को रोज बोल स्टेडियममा हो क्यारे! उफ्फ कति टाइप गर्नु
धेरै कुरा भुलिसकिएछ। अब बाँकि अर्को पाली, मुड चल्दा लेखम्ला। 

वर्ल्ड कफमा बाजी ठोकेको बारेमा चैं रमाइला 
अनुभव छन् मेरा ९४, ९८ तिरका। यो लेख चैं अलि रूखो र सुख्खा भयो, खाली ईन्फोर्मेशन मात्र, कुनै डेट नमिलेमा
क्षमा चाहन्छु, सम्झेर लेखेको हुँ, तर अधिकांश भने मिल्छ भन्ने विश्वास छ मेरो!
कति खोक्नु, अख्ख्ख्खम् अख्ख्ख्ख्म्ऽऽऽऽ!!!

Read Full Discussion Thread for this article