Posted by: world_map February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

ओ जिम्मी सुड्डो! अस्ति आइरिश आतंकवादको बारेमा लेख् भनेकोले लेख्या, बुडाले पढ्या हुन् कि हैनन् चूँक्क बोलेनन्। 
लु फेरी याँ टाँसिदिया छु, फर योर ईन्फर्मेशन!

आयरल्यान्ड भन्ने टापूमा ३२ वटा काउन्टि मध्ये २६ वटा रिपब्लिक अफ आयरल्यान्ड र ६ वटा बृटेनको अधीनमा छ।
तर यौटै टापूमा भएर पनि  उत्तरी आयरल्यान्ड अर्को देशको अधीनमा भएकोमा आइरिशहरूलाइ
ठूलो रीस छ। त्यसो हुन सक्नुको कारण चैं क्याथोलिक र प्रोटेस्टेन्ट क्रिस्चियनहरू हुन्। रिपब्लिक अफ आयरल्यान्डमा
९७% क्याथोलिक छन्, तर उत्तर आयरल्यान्डमा ५०% भन्दा बढी प्रोटेस्टेन्ट छन्, जस्को कारण त्यहाँका प्रोटेस्टेन्टहरू
बृटेनको अधीनमा बस्न रूचाउँछन् किनकि बृटेनमा अधिकांश प्रोटेस्टन्ट छन्। तिनीहरूलाइ लोयलिस्ट भन्छन् क्यारे जस्का
 नेता इयान पसले (प्यासले) हुन्। तर उत्तरी आयरल्यान्डका क्याथोलिकहरू, अझ दक्षिणतिरकाहरू समेत उत्तरी 
आयरल्यान्डलाइ रिपब्लिक अब आयरल्यान्डमा गाभ्नुपर्छ भन्छन्। तिनीहरूका नेता चैं मार्टिन म्याकगिनिस हुन्। 


आयरल्यान्डमा 'सिन फेन' नामको पार्टी छ जसको मिलिटरी विङ्ग आइ आर ए(आइरिश रिपब्लिकन आर्मी) हो। 'सिन फेन' ग्यालिक शब्द हो जसको अर्थ 'हामी आफैं' भन्ने हुन्छ। यस पार्टीका नेता जेरी आडम्स् लाइ मैले डब्लिनको यौटा किताब पसलमा
देखेको थिएँ, जो उनको बारेको यौटा पुस्तकमा हस्ताक्षर गर्दै सयौं लाइनमा बसिरहेका उनका प्रसंशकहरूलाइ दिंदै थिए।
सिन फेनको आर्मी आइ आर ए र उत्तरी आयरल्यान्डको लोयोलिस्ट आर्मीबीच लामो समय गृहयुद्द चल्यो। ७०, ८०, ९० 
दशकमा सयौं मानिस मारिए। कैयौं बम पड्काइए, ७० को दशकमा उत्तरी आयरल्यान्डमा बृटिशहरूले आइ आर एको
आशंकामा कैयौं आइरिशलाइ मारे, जुन 'ब्लडि सन्डे'को रूपमा चर्चित छ। चर्चित आइरिश ब्यान्ड यु २ ले नि त्यो 
ब्लडि सन्डे नामको गाना गा'छन् क्यारे!


लेट ९० तिर, बृटेनका टोनी ब्लेयर, अम्रिकाका बिल क्लिन्टन र आयरल्यान्डका प्रधानमन्त्री (टीशक भन्छन् आइरिश
भाषामा) बर्टी अहर्नको प्रयासले आइ आर ए ले युद्ध विराम गर्यो। अहिले बिस्तारै हतियार त्याग्दैछन् क्यारे तिनीहरू।
यसरी यौटा रक्तपातपूर्ण गृहयुद्धको अन्त हुँदैछ, तर युध्दले छोडेर गएका घाउहरू अझै केही बाँकि छन्। ई यूको सहायताले
आयरल्यान्डले द्रुत गतिमा विकास गर्दैछ, विश्वको तेस्रो चाँडो आर्थिक वृध्दिदर छ। प्रति व्यक्ति आयमा अमेरिकालाइ
जित्नलागिसक्यो। मानव विकास सूचकमा टप टेनमा पर्छ। 

Read Full Discussion Thread for this article