अन्तिम भाग...........................................
कुनै अपराधि जस्तो झोक्राएर बसिरहें । रिमोट बटारिरहेको थिए । आमा चिया लिएर आउनु भयो ।
‘आफै कोहि हेरेको छस् भने खुरुक्क भन् , के नाटक गर्छस?’ शुरुमै पड्कनु भयो ।
‘छैन, कोहि पनि छैन ।“ मैले मधुरो स्वरमा छोटो उत्तर दिएं ।
‘के भनेर बात लाउँछस्, अर्काकि छोरीलाई । उता तेरि दिदि रिसाएर बम छे । के भन्छस उसलाई । आउँदिन रे अब देखि तेरो घरमा ।‘
‘बिचरिले साथीकि बहिनि भनेर, पक्का होला भन्दै कुरा मिलाएकि रहिछ । मुखै देखाउन नहुने बनायो भाइले भनेर चित्त दुखाएकि थिइं ।‘ आमा सुनाउँदै हुनुहुन्थ्यो । मलाई भने यो प्रसंग जति सक्यो छिटो बन्द गर्न मन थियो ।
‘आऽऽऽ, अब छोडिदिनु यो कुरा, म अहिले बिहे गर्दिन । अब मास्टर्स सकेपछि मात्र ।‘
‘कसले समातेको छ र?, तंलाई जे मन लाग्छ त्यहि गर ।
हन, सुन कै चाहिएको होकि ? के हो’ आमा सुकाएका लुगा पट्याउँदै बोलि रहनु भयो । म ति कुरा सुन्दै गए । रिमोट बटार्दै गए । म संग बिकल्प थिएन ।
‘कति गतिलि केटि थिई, राम्रि उत्तिकै । बिचार मिल्दैन रे !!!!
के का बिचार मिल्न पर्यो । ‘
‘तै पनि त आमा’ अलिकति प्रतिवाद गर्न खोजेको थिए ।
‘स्वास्नि ले माया गरि हाल्छे, त कमाइ हाल्छस, के हो बिचार नि । हामीले कालो गोरो, बुढो तरुनो, केहि नहेरि बिहे गरियो । खुशी नै छौं, सुखी नै छौं । तैले के खोजेको होस, मैले बुझिन ।‘
मैले प्रतिवाद गर्न सकिन । उचित पनि लागेन । फेरि कमै मात्र उठने मेरी आमाको रिस को बेग धेरै हुन्छ ।
आमा लुगा पनि सबै नमिलाई त्यहां बाट हिड्नु भयो । म भने त्यसै के के सोच्दै सोफामा ढल्केर कुराहरु बुनिरहे । उधारि रहें ।
‘बिचार मिलेन, फेरि म भन्दा अग्लि रहिछ’ यि भन्दा अरु बाहाना मैले दिन सकिन, सुष्मालाई reject गर्न ।
आमा उग्र रिसाउनु भएको थियो । दिदी को त झन कुरै अर्को । हाम्रो मा अब नआउने रे । बुआले आफ्नो भाग बिहान नै भनेर हिड्नु भएको थियो ।
‘नाक निके को भागमा झुसिल्किरो पर्छ, कान्छा । साना तिना कुरा खोदल्दा जिन्दगि लडाउलास्, आगे तेरो विचार’ यति भनेर वुआ ४ दिन लाई बाहिर जानु भएको थियो । आमाको १०० वटा गालि भन्दा बुआको एकै भनाई ले मलाई चिमोटि रह्यो ।
यस्तै यस्तै कुरा मा रुमलिईरहें । त्यहि सोफामा निदाएंछु । त्यहि टिभि कोठामा । गहिरो गरि निदाएको नै त होईन, तर पनि झपक्क भएछुं ।
टिभि खुल्लै थियो । आमा कति बेला हो आउनु भयो ।
‘हेर त, आफ्नो खाटमा त सुत्नु’ बिस्तारै आफै सित गुन्गुनाउनु भयो । मैले आँखा खोलिन् ।
टिभि निभाउनु भयो । मेरो नजिकै आउनु भयो । अनि मेरो निधारमा हात राख्नु भयो । च्यादर ल्याएर ओडाईदिनु भयो । जाँदा मेरो चिया को गिलास बोकेर जानु भयो ।
यस पटक चाँहि म मज्जाले निदांए ।
भोलिपल्ट म अफिस बाट छिट्टै निस्के । के मन लाग्यो, असन पुगें । ईन्द्रचोकमा गएर कालो दाल किने । यता उता हिड्दै लसुन, अदुआ, तेज पत्ता, मरिच , के के के के । यस्तै यस्तै कुराहरु । किन किने थाहा पनि छैन । यसो हेरेको पारि पट्टि को पसलमा चप्पलहरु रहेछन् । राम्रो लाग्यो । आमालाई लिईदिए ।
घर पुगेर आमालाई झोला दिए ।
‘अर्को हप्ता सत्यनारायणको पूजा लाउने भनेर आज मात्र गुरुजि संग सल्लाह गरेको थिंए । स्वस्ति शान्ति गर्नु पर्यो भनेर । कस्तो जानेर ल्याएछ सामान, म अब जानै परेन ।‘ आमा खुशी हुनुभयो । मलाई पनि हलुका भयो ।
खाजा संगै आमाले फेरि प्रस्ताव पस्कनु भयो ।
‘आमा, भयो यसपालि बिहे नगरौं । अर्को साल, मेरो पढाई पनि सकिन्छ ‘ मलाई मेरो दुलहि खोजिको संघर्षले धेरै थकाएको थियो । मैले टार्न खोजे ।
‘यहि एउटि मात्र, तलाई चित्त खाएन भने म केहि भन्दिन । त्यसपछि त जहिले भन्छस तहिले’
म चुप लागें । नाई पनि भन्न सकिन ।
‘दिदीले खोजेकि हो । उसका घरतिर कि केटि हो रे । नर्स।‘
निकै बेर चुपलागे पछि मैले भने ‘ ल आमा, तपाई र दिदी गएर हेर्नु, तपाई दुई जनालाई मन खायो भने, त्यहि केटि जिन्दाबाद । म केहि नभनि बिहे गर्छु । हुन्छ??’
‘बजिया’ यति भनेर आमाले मेरो टाउको मुसार्नु भयो । त्यो पल साह्रै मीठो थियो ।
आमा दिदि संग फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । म star movies मा अडिग भएर सोच्न थाले
‘जन्तिमा को को साथी हरु बोलाउने????’
यति नै।
meaninglessthinkings@somewhereondearth