Posted by: pjna007 February 7, 2008
के भाग्य साचै कोरिएकै हुन्छ?
Login in to Rate this Post:     0       ?        

                                                के भाग्य साचै नै कोरिएकै हुन्छ?

 

पाहुना हरुको हल्ला खल्ला, हल्का म्युजिक, खानेकुरा को बास्ना रुमलिएको हावा,  अनि सबै खुसिले उज्यालिएर अनुहार हरु अनि त्यो चहल्पहल घर भित्र केटि हरु को खास्खुस्स -  "ल हेर कस्तो जुङे रैछ केटा, तैले कसरि मन पराइस ह त्यस्तो जुङे लाइ? तैले त फुट्या आखा ले नि हेर्थिनस् जुङा पाले को केटा हरुलाइ होइन र ? " सुनयना।
 
यस्तै थींइन  सुनयना दिदि, अरु रोएको देख्न नसक्ने, दिदि ले एउटा  आखा हामि तिर झिम्क्याउदै सोधिन प्रिया दि लाइ ।
हुन त मन परापर भएरै बिहा को कुरा चलेको थियो तैपनी भाबुक भएकी थींइन प्रियादिदी  त्यों दिन - भिजी सक्या थे परेली , उनी प्रत्युत्तर मा "त चुप लाग!" भनेर रुंचे हासो  हासिन । खास्म सुनयनादिदि ले त्यो प्रश्न हसाउनलाइ नै सोध्या थियो क्यारे - नत्र के थाह कति खेर ति रोकेर राखेका आशु खसाएर अरुलाइ पनि रुवाउने हुन।  दुलहि झै सिंगारिएर बसेकि प्रिया दि को नजिक कहिले यता  कहिले उता सारि,ज्वेलरि,मेक अप आदि मिलाइदिदै हामि कत्ति न काम गरेको जस्तो गर्दै बस्या थियोउ।
 
सुनयना मेरि ठुलि फुपु र प्रिया कन्छि फुपु कि छोरि हरु,  सबै कुरा प्रिया दि को इङेज्मेन्ट को दिन भैरख्या थियो। इङेज्मेनट कार्यक्रम सकिएर पाहुना हरु खानपिन मा मस्त थिये- प्रियादि दिदिबहिनि र साथि हरुले घेरिएर बसेकि थिन।
 
"त्यस्तै हो नि कसैलाइ जुङे, कसैलाइ जुङे नभाको चिल्ले, कसैलाइ डल्ले, कसैलाइ के,  जे भाग्य मा लेखिएको छ त्यहि पर्छ- आफुले भनेर हुने होइन।" यो रुखो स्वोर थियो मेरि कान्छि फुपु (हुने वला दुलहि कि आमा को) खै कति खेर आएर सुनयन दि ले ठट्टा गर्दै सोधेको कुर सुनि रनुभा रैछ - भाग्य को ब्याखा गर्नुभयो।

 कोठा मा एक प्रकारको शुन्यता छायो।
 
मेर आखा ले अनयसै चोरेर सुनयना दिदि लाइ हेर्न पुगे-- सुनयना दि आखा लुकाएर यता उता भुइ मा केहि खोजेझै गर्दै थिन।
 
म अलि सानै थिए भन्नु पर्ला शायद, यस अर्थ मा कि  "आफु भन्दा ठुला बडा बोलेको बेला बिच मा प्वाक्क बोल्नु हुन्न, बोलेको कुरा काट्नु हुन्न!" भन्ने  नियम अझै लगाउथे मलाइ - यसका बाबजुद पनि मेरो मुख ले बिद्रोह गर्न खोज्दै थियो । तर म चुप लागे; म भन्द ठुला दिदि हरु चुप थिए त्यसैले म पनि चुप रहनु पर्थ्यो, नियमानुशार   ।
 
अहिले मलाइ लाग्च त्यो दिन म नबोलेर ठिक गरिछु - म शायद चिच्यएर भन्थे हुला "फुपु भाग्य कोरिएको हुदैन!" अनि फुपु ले भन्थिन होला "चुप लाग! तलै कस्ले सिकायो आफु भन्दा ठुला...................!"
 
त्यति बेला को मेरो त्यो आत्मबिस्वास ऐले आएर मैले खोजनै पर्ने गरि हराएको छ -- मलाइ ऐले कसैले भन्दैन " चुप लाग ठुला मान्छे ले बोलेको ठाउमा केटा केटि भएर प्वाक्क बोल्नु हुदैन! " तै पनि जब  भाग्य को कुरा उठ्छ म आफै चुप हुन्छ। 
                                                                                                     
                                                                                               =======
 
 
सुनयनादिदि, बाईस बर्षे बिधवा । आइ एस सि सम्म को पढाइ पुरा गर्न के पाएकि थीन---"असाध्यै राम्रो घर...!,यति मन पराएको छ केटा ले, उस्को परिवार ले खालि हात फर्काउदा पाप लाग्छ....!, अ, केटा को परिबार ले पढाइ कन्टिन्यु राख्ने भन्या छन........!" भनि भनि बिहे गरेर पठाइ दिए ठुलो फुपाजुले, भर्खरै १९ कि भएकि थीन दिदि त्यति बेला।
 
राम्रै थिये भिनाजु, प्रतिस्ठित एन जि ओ मा काम गर्थे, असल शिक्षित परिवार परिवार को छोरा। अनि  सुनयना दिदि "भगवान् ले फुर्सद ले बनाएको" भन्या जस्ति। असध्य सुन्दर!  सुन्दर आखाहरु भएरै नाम पनि सुनयना राखेको रे-- कुरा चल्दा आमा भन्नु हुन्थ्यो, कैले काहि मलाइ पनि लाग्थ्यो, म पनि सुनयना दिदि जस्तै हुन पाए।  
 
भन्चन, सुन्दरता कसैलाइ बर्दान  कसैलाइ श्राप हुन्छ रे - उन्लाइ के थियो कुन्नी त्यों त आउने दिनहरु ले नै देखाउथे, त्यों भनेर मान्छे हरु कहा पर्खिंथे  र,   ख़ास खुस गर्थे-  उनि भाग्यमानि रे, भाग्यले दिएको ठुलो भाग उन्ले सम्हाल नु पर्ने रे,  किन कि भाग्य फेरि फेरि आउदैन रे इत्यादी। दिदि अहिल्यै बिहे गर्न चाहन्न थिन,  उनि सङै का साथि हरु  बिहे त के बिहे को सुर्सार सम्म भ थिएन। तर उनको केही लागेन -
 
एकदिन सुनयना दिदि दुलहि बनेर गैइन-- बिहे भरि उफ्रि उफ्रि नाचेर अन्माउने बेला मा भने खुब रोएका थियोउ हामि।
 
बिहे गरेको आठमहिना  नबित्दै एक दिन आफिस को काम ले फिल्ड भिजिट मा गा भिनाजु उनि चडे को हेलिकप्टर सहित कुनै अनकन्टार पाहड को खोच मा हराए सुनयना दिदि को सिन्दुर, खुशि, भाग्य सबै आफु सङै लिएर।
 
उनको घर तिर का मान्छे असलै रहेछन - भाग्य लाइ भन्दा संयोग लाइ दोस दिये र सुनयना दि लाइ जहा खुशि हुन्छिन त्यहि बस्ने छुट। सुनयना दिदि माइत मै बस्न थालिन। शर्म को कुरा, बरु यता का हरुनै खास्खुस गर्न थाले, मान्छे हरु को बोली फेरियो सुनयना दिदि र उन्को भाग्य दुबै लाइ  दोश लाउथे; भंथे- "मान्छे मात्र सुंदर, भाग्य  सारे नराम्रो लिएर आए की रहीछे!"  अनी  त्यस्तई परे चाड़ पर्ब र शुभाअबसर हरुमा बन्देज लाउथे। त्यो दिन पनि प्रिया दि को इङेज्मेन्ट मा सुनयना दि को उपस्थिथि कान्छी फुपू लाइ पटक्कै मन परेको थियेन  ।
 
                                                                                             
                                                                                                ========
 
 
र  त्यस्तै भएको थियो प्रिया दि को बिहेको दिन पनि। कान्छि फुपु कतै चहनु हुन्थे न सुनयना खास गरि स्व्यम्बर को बेला प्रिय को छेउ मा  बसोस- खै के को अपसगुन हुन्च रे।
बिहे को दिन त्यो पनि स्व्यम्बर हुन ला बेला को काह छ, को के गर्दै छ, त्यो भिडभाड मा कस्लाइ मत्लब-- सबै आ आफ्नै धुनमा थिये-- सुनयना दिदि ले भर्सक आफुलाइ टाढै राखिन।
मान्छे को हुल्मुल मा बिचबिच बाट छिर्दै म भने दुलहि दिदि को नजिक पुग्न खोज्दै थे, सजिलो हुन्थ्यो त्यों  बेला - सानै भएको ले  लाज लाग्थ्येन त्यसरि भिडभाड मा घुस्रिन-  अनयासै कसैले मेरो खुट्टा  टेक्यो। मेरा साना औलाहरु त्यो दर्हो जुत्ता को हिल मुनि परेर कर्याक् कुरुक् भाचिये सरि दुख्न थल्यो- म चिच्याए-  त्यो जुत्तावाल मान्छे ले मेरो हात मा समाएर मलाइ भिड बाट बाहिर निकाल्यो , म दुखेर भुइमै थचक्क बसे,
 
उ सोध्न थाल्यो "सार्हो टेकियो? आम सोsss सरि! खै हेरौ औला भाचियो कि?  तिम्रो नाम के हो?"  उ बोलेको बोलै थियो । म दुखेर रुदै थिये।
 
" के भयो?" सुनयन दिदि आत्तिदै कराइन माथि बाटै,  उनि झ्याल बात हेर्दै रहिछन। हेर्दाहेर्दै दिदि दौडेर तल आइन।
 
"खुट्टा टेकियो" कस्ले टेकेको नभनि मैले भने।
 
"तपाइ को बहिनि हो? ल सानो बहिनि लाइ छोडेर त्यसो भिड भाडमा।" एकोहोरो सुनयना दिदिलाइ नियाल्दै गरेको त्यो जुत्तावाल आफ्नै कुरा माथि पार्दै बोल्यो ।
"अनि टेक्ने र्चै यहा होला होइन?" दिदि ले ठाडो प्रश्न गरिन।  जुतावाल अलामल्ल पर्यो केही बोलेन।

" हिड् माथि म आइस  राखिदिन्छु,
अनि अलि कम दुक्छ , नरो लss गाजल साजल लत्पतिये र छ्याssss कस्तो नराम्रो देखिएछ ल ल चुप् लाग।" म लाइ माथि लिएर गैइन दिदि।
 
अलि सन्चो भएपछि कहा माथि नै बसिरहन सक्थे र  म फेरि -  कुद्देर यता र उता गर्न थालि हाले। दिदि बेला बेला मा कराउथिन "अब अर्को खुट्टा टेकाएर आउने होइन भन्द्या छ, खुरक्क लाएर म सन्सङै हिड्ने।"
 
अचम्म को कुरा त्यों जुत्तावाल को ध्यान अन्त कतै नगएर जति बेला हेरे पनि सुनयना दिदि तिरै मात्रै थियो ।
 
हुन पनी नाचिनेका मान्छे हरु ले त्यती  अंदाज गर्न सकथेनन, उनी बिहे गरि सकेकी केटी हुन भनेर - बिधवा त परै जावोस।  औठि बिना का औलाहरु, साधा कलर को सारि, बिना सज्धज पनि दिदि उस्तै थीन- जस्को आखा लाइ पनि अल्झाउन सक्ने-- सुन्दर!

 
" hey थाइकट! " जुत्ता वाल ले मलाइ सुस्तरि बोलायो। मलाइ बोलाएको भन्ने थाहा हुदा हुदै पनि म गैन हेरे मात्र।
 
उस्लाइ के लाग्यो कुन्नि, फेरि कन्फर्म गर्या झै गरि बोलायो "तिमि लाइ भनेको या आउ त प्लिज!" म सुस्तरि उस्को छेउ मा गए।
तिम्रो नाम के हो ?  उस्ले सोध्यो।
"pjna"
"अनी तिम्रो अघि को दिदि को नाम के हो?"
"किन?"
"त्यसै भनन?"
"सुनयनादिदि!" भन्दै म भागे।
 
जुत्तावाल अरुकोहि नभएर दुल्हा को भाइ रहेछ ; प्रिया दिदि को देवर।
 
                                                                                                 =========
 
 
 
प्रिया दिदि को बिहेको केहि समय पछि उन्को देवर ले घरमासुनयना दिदि को कुरा चलाएछन, सबै कुरा बुझिसकेर पनि। साचै भन्ने हो भने सुनयना दिदि को भर्खर बिहे गर्ने उमेर हुदै थियो-  प्रियादि भन्दा थोरै महिना ले बहिनि नै थीन।
 
"केहि नराम्रो भयो भने प्रिया लाइ पनि अपजस आउछ, मैले अइले नै भन्द्या छ" त्यस्तो कुरा मा कान्छि फुपु सधै अगाडि।
 
"सधै नराम्रो कहा हुन्छ र!" मेरि आमा दबेको स्वोर ले बिरोध गर्नु भयो। ठुलो फुपूफुपाजु त्यो घटना पछि आफ्ना निर्णय हरु सुनयना दिदि माथि थोपर्न छोडिसक्या थे। उता सुनयना दिदि को घर का हरुले पनि भित्र के भने कुन्नि, बाहिर स्विक्रिति दिये रे भन्ने गाइगुइ सुनिन्थियो घरमा कुरा हुदा।
 
सुनयना दिदि ले  पनि साचो अर्थ मा मन पराएकि थीन, बिहे गर्न चाहेकि थीन, जस्तो लाग्छ मलाइ ऐले सम्झिदा। घन्टौ सम्म फोनमा कुरा गर्थे। कतै जादा मलाइ लिएर जान्थिन, कुरा हरु सुनाउथिन, भिनाजु बितेपछि पहिलो पल्ट सुनयना दिदि फेरि पहिले कै सुनयना दिदि जस्तै लाग्न थालेकि थीन।
 
 दिदि फेरी एक पटक  दुलहि बनेर गैइन-- तर घर बाट हैन कुनै मन्दिर को प्राङण बात-- हल्ला खल्ला नगरिएको सानो कुनै लाखबत्ति बाल्ने कार्यक्रम जस्तो बिहे थियो । अनी मान्छे हरुले एक्पटक फेरी मुख खोले " उस्तई परे जिंदगी एतिकै सेतो सारी मै बिताउनु पर्थ्यो,  राम्रो मान्छे भेटी सुनयना ले , सबै लाइ त्यस्तो  काहा  जुर्छ र भाग्यामानी नै रहिछे! " 
 
                                                                                                          ==========
              
 
नौ बर्श। हो नौ बर्श बितिसक्या थियो, बर्श बितेको पत्तै नहुने। कहिले लामो समय जस्तो पनि लाग्छ- होइन हिजै जस्तो पनि लाग्छ, धेरै परिबर्तन हरु भए यि नौ बर्स मा। को कहा पुगे, कोहि कता गए, आफै कहा पुगियो।  तर म यहाँ कथा सुनयना दीदी तिरै मोड्दै छू -
 
सुनयना दिदि दुइ छोरि कि आमा भैसकेकि थिन, राम्रो परिवार्, उन्लाइ बुझ्ने, अति माया गर्ने असल भिनाजु थिए। मास्टर्स सिध्याएर राम्रै ठाउ मा पढाउथिन। भाग्य, लाग्थ्यो उन्लाइ डोरयाउदै हैन, उन्ले कोरेर हिन्दैछिन। अनि म निस्चित थिये "भाग्य कहा कोरिएको हुन्छ र ?!"
 
 
तर, होइन रहेछ, सुनयना दीदी को "भाग्य" साध्य को हिसाब अझै प्रमाणित भैसक्या रहेन छ ।
 
 
त्यो दिन  बिहान एउटा "अर्जेंट" लेखिएको इमेल ले मेरो आखा तान्यो,  हतारेर खोले इमेल मेरो भाई को थियो - " दिदि,  सुनयना दिदि को भिनाजु हिजो राति बित्नु भयो,  मोटर्साइकल एक्सिडेन्ट मा परेर। एक्सिडेन्ट मात्र भएको भए त कुन्नि के हुन्थ्यो, त्यस्तो नराम्रो हुने थिएन  होला तर ...त्यो ड्राइभर ले ब्याक गरेर किचेछ ।........................"
 
" सधै नराम्रो कहा हुन्छर?..... केहि भयो भने? ......भाग्यमा ले लेखेको छ त्यहि हुन्छ.... ब्याक गरेर किचेछ .....भाग्य?! ....सन्योग्?! " हतप्रभ म, मेरा कान मा यि सब्द हरु रिंगीइन थाले । उता मन र मस्तिस्क दुबै चिच्याई चिच्याई  मलाई एउटई  प्रश्न सोध्दै  थिए  " के भाग्य साचै नै कोरिएकै हुन्छ?"
                                           
                                                                               
 
                                                                                   The End!
 
(Note:All characters in this story are fictitious, any resemblance to people living or dead is purly coincidental.)
Read Full Discussion Thread for this article