Posted by: Rahuldai February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

रिट्ठे सिनेमा नि हेर्देको, खासै राम्रो पनि होइन, नराम्रो पनि। औसत खालको मात्र।
लहरे बौचा, म: म: खान त यता आउनु पर्छ, त्यता गएर हुन्छ?

साप्ताहिक म: म: खादन्ती समारोह हुन्छ हाम्रो घरमा। अब त एक्स्पिरियन्स् नै ३६ बर्षबाट बढाएर ४० पुर्‍याउनु पर्ला जस्तो छ। नेपालाँयति बिघ्न म: म: बनाएर खाइदैइन थ्यो गाँठे। घरबाट बाहिर निस्क्यो कि राम दाई को म:म:। अलि पर गाछिमुग: गल्लिमा महेन्द्र बौचाको असली म:म:। गणेषस्थान निर राती मात्र खान मिल्ने म:म:। साँझ पर्‍यो कि ठेलावालाको म:म:। अड्डा मा पनिर म:म:। ज्ञानेश्वर गयो, गौशालाको शान्दार म:म:। घरमा त बानाउने भनेको बिषेश परिस्थितिमा हो। औरिका आए पछि त घरै पिडालु, बनै पिडालु, ससुराली जाँदा १६ हाते पिंडालु भने जस्तै भयो।

Read Full Discussion Thread for this article