Posted by: lopchanlama February 6, 2008
नपढेको कथा
Login in to Rate this Post:     1       ?         Liked by

              लघु- कथा- वार्तालाप

"नमस्कार प्रधानमन्त्रिज्यु"

"नमस्कार बाबु"

"आरामै हुनुहुन्छ।"

"छाती दुख्छ्।खोकी लाग्छ।"

" त्यसो भए स्वास्थ्य ठीक छैन?"

"दम छ। हिदडुल गर्न सक्दिन।"

"प्रधानमन्त्रिज्यु, देशमा शान्ति-सुरक्षा छैन नी।"

" बिरामी छु।"

"प्रधानमन्त्रिज्यु, त्यसो भन्नु भएर भएन, देशमा महगीँ  बड्य-बड्यै छ।"

" बिरामी छु।"

"प्रधानमन्त्रिज्यु,सहरमा दिन्-दाहडै लुट्-पाट मच्चेको छ।यसको बारेमा के भन्नु हुन्छ?"

" बिरामी छु।"

"चुनाव कहिले हुन्छ त प्रधानमन्त्रिज्यु।"

" बिरामी छु।"

"प्रधानमन्त्रिज्यु, त्यसो भए रजिनाम दिनुहोस्। पद त्याग्नुहोस्।"

"चुनाव चैतमा हुन्छ।"

Read Full Discussion Thread for this article