झिल्के-भाइ,
यो भाग नि साह्रै मन पर्यो। मैले पहिले नै भनिसकेँ नि, तिम्रो कथा मन्दबिष जस्तो गै'राखेको छ। कथाका पात्रहरु आफैले भोगे जस्तो लाग्ने, कहिँ कतै आफैले देखेजस्तो लाग्ने। हरेक घटनाको निकै कौशलता पूर्वक अत्यन्त शूक्ष्म विवरण दिइएको छ। मानौँ कि, नजिकैको कुर्चीमा बसेर झिल्के र रोजको चर्तिकला आफैले प्रत्यक्ष हेरिराखेको छु। घरि घरि लाग्छ कि तिमी पनि सुत्न गए मलाई रोज सँग गफ गर्ने मौका मिल्नेथियो। बेला बेलामा म पनि रोजको निकै नजिक पुगेँ। लाग्यो, नेल-पोलिश हेर्ने निहुमा उसका ति कोमल र सुलुत्त परेका औँलाहरुलाई म पनि एकछिन छोएर हेरुँ, आफनो हातमा लिएर एक एक औँला खेलाउँ। नभन्दै तिमी पनि निद लाग्यो भनेर सुत्न जान्छौ। अनि म ठूलो सहास बटुलेर रोजको नजिक जान्छु र उसको हातमाथि बिस्तारै आफ्नो हात राख्छु। उसको स्वासको एक झोँक्का मेरो निधारमा पर्छ। त्यो झोँक्का मेरो मानष्पटलमा एकछिन भुमरी खेल्छ र हृदयको बाटो हुँदै सरररररर अनन्त तिर लाग्छ। कति न्यानो लाग्छ हगि यो श्वासको झोँक्का। अन्टार्कटिकामा आगोको भुङ्रो भेटे जस्तो के। तर अहो ! बिडम्बना ! उसले त मेरो स्पर्श अनुभव नै गर्दिन। लाग्छ उसमा चेतना नै छैन। झल्याँस्स ब्युझन्छु, तब थाह हुन्छ म त झिल्केको कथा पो पढिराखेको छु।........
अर्को भागको प्रतिक्षामा।