Posted by: world_map February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

हा हा राहुलदाइ, हुन त अचम्म छ अम्रिकन फुटबल भनेको, बरू सक्कर नै वास्तविक फुटबल हो। त्यसो त आ आफ्नो ठाममा आफ्नै किसिमको फुटबल बनाम्ने रैछन मान्छेहरूले। आयरल्यान्डमा उनीहरूको आफ्नै फुटबल छ, 
जस्लाइ ग्यालिक फुटबल भनिन्छ। बल चैं भकुन्डो जस्तै गोलो हुन्छ, तर हातले नि छुन पाइने। गोल पोस्ट चैं सक्करको
जस्तो तलपट्टी नेट भएको तर माथि चैं दुइटा डन्डी, रक्बीमा जस्तै। नेटमा छिरायो भने छुट्टै पोइन्ट पाइने, माथिबटा
कटायो भने छुट्टै पोइन्ट पाइने। त्यस्तो खालको फुटबल अस्ट्रेलियामा पनि खेलिने रैछ, तर आइरिशहरूले अस्ट्रेलियनहरूलाइ
सधैं हराउने। तर एक डेढ बर्ष अघि मेलबर्नमा भएको उक्त फुटबलमा अस्ट्रेलियाले पहिलो पल्ट हरायो आयरल्यान्डलाइ, 
त्यो नि कति झेल्ली गरेर, जानी जानी फल हान्ने। दुइ जना अस्सीले रेड कार्ड नि पाए।

अर्को आइरिश गेम भन्या 'हर्लिङ्' हो, जुन हक्कि ब्याट जस्तो चीजले खेलिन्छ, तर बललाइ ब्याटले उचालेर नि 
दौडिन्छन्। आइरिश (ग्यालिक) गेम मात्र खेलाउनको लागि स्टेडियम छन्, जहाँ सक्कर खेलाइदैन। सक्करलाइ उनीहरूले
'ईङ्लिश गेम' भनेर घृणा गर्छ, किनकि पहिले बृटेनको अधिनमा हुँदा, डब्लिनको यौटा स्टेडियममा ग्यालिक गेम
भैरहेको बेलामा बृटेनले ट्याङ्कहरू प्रयोग गरेर धेरै मान्छे मारेको थियो, जस्लाइ उनीहरू कालो दिनको रूपमा लिन्छन्।
ग्यालिक गेम खेलाउने संस्थालाइ GAA(Gaelic Athletic Association) भनिन्छ, जुन आयरल्यान्डभरि व्याप्त छ।

 
Last edited: 04-Feb-08 09:18 AM
Read Full Discussion Thread for this article