Posted by: earthmooneye February 3, 2008
नौलो कार्यक्रम-अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २००८ को बारे सूचना
Login in to Rate this Post:     0       ?        

Dear Kabipremi  Sathiharu,

नौलो कार्यक्रम-अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २००८ को बारे सूचना - [2008-01-20]


अनलाइन नेपाली साहित्य मंचले नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्वब्यापी रुपमा अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २००८ गर्ने भएको छ । यस प्रतियोगितामा स्रष्टा विश्वको जुनसुकै कुनामा रहेको भएपनि अनलाइन फोन र वेभ क्यामेराको मद्दतले आफ्नै घरको कोठाबाटै सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता आगामी माघ २८ गते श्रीपंचमी सरस्वती पूजाको दिन सम्पन्न हुनेछ । सहभागिहरुले माघ २५ गते भित्र आफ्नो नाम दर्ता र वाचन गर्ने कविता साहित्य मंचको कार्यलय वेलायतमा इमेल मार्फत पठाइ सक्नु पर्नेछ ।
प्रतियोगिहरु मध्ये पहिलो, दोस्रो र तेस्रोलाई नगद पुरस्कार तथा अनलाइन पुरस्कार र प्रमाण-पत्र प्रदान गरिनेछ । इच्छुक ब्यक्तिले आफ्नो मातृभाषाको कविता पनि अप्रतियोगीको रुपमा बाचन गर्न सक्नेछन् । मूल्याङ्कन कर्ताहरु विभिन्न ३ देशमा गोप्यरुपमा राखिने छ ।



कार्यक्रमहरुः

माघ १ गते देखि प्रचारप्रसार आरम्भ ।
माघ २५ गते भित्र नाम दर्ता तथा सिर्जना पठाइ सक्नु पर्नेछ । कविता नयाँ हनु पर्नेछ, अन्यथा प्रतियोगितामा नराखी सहभागिको रुपमा मात्र राखिने जानकारी गराइन्छ ।
माघ २६ गते प्राविधिक पक्षका अनलाइन टेलीफोन र वेभ क्यामरा मिलाउने ।
माघ २८ गते तदनुसार ११ फेब्रुवरी २००८ का दिन कविता बाचन, यू. के. समय बिहान ०७ बजे देखि वेलुकी ९ बजे तथा नेपालको समय दिउसो १२ बजे देखि रातको १२ बजे भित्र अनलाइनमा आएर कविता बाचन गर्ने ।
माघ २९ गते विजयी घोषणा गर्ने र विजय हुनेहरुलाई पुरस्कार प्रदान गर्ने वा पठाइ दिने ।


प्रतियोगीहरु संग इन्टरनेट पहूचको साथै वेभक्यामेरा हनु पर्नेछ । इच्छुकले इन्टरनेट क्याफे प्रयोग गरेर पनि सहभागि बन्न सक्नुहुनेछ । प्रतियोगिताको लागि स्रष्टाहरुले कुनैपनि माध्यामबाट आयोजक अनलाइन नेपाली साहित्य मंचलाई सम्पर्क गर्न सक्नुहुनेछ र तपाइले आफ्नो टेलिफोन नम्बर पनि उपलब्ध गराउनु पर्नेछ । प्रतियोगिताको लागि मुख्य गरि याहू म्यासेन्जर प्रयोग गरिनेछ । वैकल्पिक रुपमा हटमेल म्यासेन्जर, एओएल म्यासेन्जर र जिमेल म्यासेन्जर प्रयोग गरिने छ । जस्को लागि निम्नअनुसारको इमेल एकाउण्टहरु तयार गरिएको छ ।


सम्पर्क इमेल ठेगानाः
sahityaSagar@yahoo.com


Sahitya Ghar
59 Mackenzie Drive
Folkestone, Kent
CT20 3LR
United Kingdom

Phone: +44 7878533582
Fax: +44 1303275680



Contact in Nepal:

NPC-620, GPO-8973
Kathmandu, Nepal


प्रतियोगिताको सम्बन्धमा आवश्यकता परेमा आफ्नो सुविधा अनुसार निम्नअनुसार सम्पर्क गर्न सक्नुहुनेछ ।


नेपाल (काठमाडौं)
रमेश पौडेल, रेडियो नेपाल, फोनः +9779851056355


हङकङ
टंक सम्वाहाम्फे, फोनः 0085229446809


मलेसिया
देवेन्द्र खापुङ, फोनः +60169012930


अमेरिका
नगेन्द्र इङनाम, न्यूयोक, फोनः+19177744015


वेलायत
जगत नवोदित, फोनः +44258459342


कोसभो
अनिस लाफा, फोनः +37744766107


सिंगापुर
मदन मावो, फोनः +6594325660


पोर्चुगल
केजिन राइ, फोनः


आयरल्याण्ड
सुमन घिमिरे, फोनः 00353872698531


यू ए इ
दामोदर नेपाल, फोनः 00971503173076



ब्रुनाइ
धुव्र गौतम, विएफविएस गोरखा रेडियो, फोनः 673-8891685


स्पेन, म्याडडिट
राजेस बरुवाल, फोनः 0034 666906955


सूचना यस प्रतियोगिता वाचन गरिएका उत्कृष्ट कविताहरु रेडियो नेपालबाट प्रसारण हुने साहित्य संसार कार्यक्रममा पनि प्रसारण गरिने जानकारी गराउदछौ ।



प्रतियोगिताको सम्बन्धमा केही प्रश्नउत्तरहरुः

यो विश्व वेभक्याम कविता प्रतियोगिता भनेको के हो ?
इन्टरनेटको माध्यामबाट नेपाली साहित्यको इतिहासमा पहिलो पटक गर्न लागिएको कविता प्रतियोगिता हो । विश्वको जुनसुकै ठाँउमा रहेका स्रष्टाले आफ्नो कोठा वा इन्टरनेट क्याफेबाट सहभागिता जनाउन सकिने प्रतियोगिता हो । १२ घण्टाको समय अवधि भित्र कुनैपनि समयमा अनलाइनमा आएर सहभागि हुन सकिने सजिलो प्रतियोगिता हो । विद्याकी देवि सरस्वतीको पूजा स्वरुप कविता वाचन गर्ने अवसर पनि हो यो प्रतियोगिता ।

वेभ क्याम भनेको के हो ?
इन्टरनेटमा च्याटिङ -कविता वाचन) गर्दा एकले अर्कोलाई भिडियोमा प्रत्येक्ष देख्न सकिने क्यामेरालाई वेभ क्यामेरा अर्थार्त छोटकरीमा वेभक्याम्प भनिन्छ ।

कुन दिन हुदैछ ?
श्रीपंचमी अर्थात विद्याकी देवी सरस्वतीको पूजाको दिन सम्पन्न हुदैछ । जस अनुसार माघ २८ गते तदनुसार ११ फेवु्रवरी २००८ का दिन सम्पन्न हुदैछ ।

श्रीपंचमी अर्थात सरस्वती पुजा भनेको के हो ?
नेपालीहरुले परम्परागत रुपमा विद्याकी देवीको रुपमा मान्दै आएको सरस्वतीको पुजा गर्ने दिनलाई श्रीपंचमी भनिन्छ । त्यस दिन पूजा गरेर देवीलाई खुसि बनाउन सकेमा धेरै ज्ञानबुद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ । जोकसै धेरै ज्ञानबुद्धि आर्जन गर्न चाहन्छन् । पूजा धुपबत्ति, स्तुतिगाना लगायत आफ्नो सिर्जनाहरु कविता, गजल, गीत, कथा बाचन गरेर पनि विद्याकी देवीलाई खुसि बनाउन सकिन्छ भन्ने विश्वास रहेको छ ।

त्यस दिन मैले समय मिलाउन सक्छु ?
विश्वभर रहेका नेपाली स्रष्टाहरुलाई समेट्ने उद्देश्यले हामीले नेपालको समय दिउसो १२ बजे देखि रातको १२ बजे भित्र अर्थात यूकेको समय विहानको ७ बजे दखि वेलुकी ९ बजे सम्मको समयमा कुनै पनि बेला आएर आफ्नो सिर्जना बाचन गर्न सक्नुहुनेछ । आफ्नो उपयुक्त समय अगावै सुरक्षित गर्न अनुरोध गर्दछौ ।

कविताको साथमा अरु केके पठाउनु पर्छ ?
वाचन गर्ने कविता, तपाइको सर्म्पर्क फोन नम्बर -कारणवस सर्म्पर्क गर्नु परेमा) र सम्भव भएमा फोटो साथै पत्राचारको ठेगाना पठाउनु पर्नेछ ।

कसकस्ले भाग लिन पाउछ ?
इच्छुक जो कसैले भाग लिन पाउछ । एकै परिवारको एक भन्दा बढिले पनि सहभागि हुन सक्दछ ।

सिर्जना कस्तो हुनुपर्छ ?
प्रतियोगिताको लागि कतै प्रकाशित नभएको नयाँ कविता हुनु पर्दछ । आफ्नै पर्ूव प्रकाशित कविता भएमा अप्रतियोगीको रुपमा बाचन गर्न सक्नुहुनेछ । ब्यक्तिको चरित्र हत्या गर्ने प्रकारको हुनु हुदैन ।

पुरस्कारको पनि ब्यवस्था छ ?
उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोलाई नगद पुरस्कार र अनलाइन पुरस्कारहरुको ब्यवस्था छ ।
पहिलो पुरस्कार- नेपाली रुपैया १५ हजार -त्यस मध्य १० हजार बरावरको डोमेन नेम र होस्टिङ स्पेस)
दोस्रो पुरस्कार- नेपाली रुपैया १० हजार -त्यस मध्य ७ हजार बरावरको डोमेन नेम र होस्टिङ स्पेस)
तेस्रो पुरस्कार- नेपाली रुपैया ५ हजार -त्यस मध्य ३ हजार बरावरको डोमेन नेम र होस्टिङ स्पेस)
नगद रुपैया लक्ष्मी बैक, हात्तिसार काठमाण्डौबाट मात्र बुझ्ने गरि चेक प्राप्त गर्नुहुनेछ ।

कसरी पुरस्कार प्रदान हुन्छ ?
पुरस्कारको घोषणा पछि ठाँउ र परिस्थती हेरी विश्वासिलो हुलाक मार्फ पठाइ दिनेछौ । संयोग मिलेमा काठमाण्डोमा हुन गइरहेको साहित्यिक समारोहमा प्रदान गरिने छ ।


पुरस्कार जित्ने बाहेक सहभागिले पनि प्रमाण-पत्र पाउन सकिन्छ ?
हाम्रो योजना सहभागि सबैलाई सहभागिताको पनि प्रमाण-पत्र प्रदान गर्ने हो । त्यसैले सहभागि तपाइले आफ्नो पूरा पत्राचार ठेगाना पठाउनु पर्नेछ ।


वाचन गर्ने दिन भन्दा अघि वेभक्यामको परिक्षण गर्नुपर्छ ?
सवै वेभक्याम्पले राम्रो संग काम गर्छ भन्ने छैन त्यसैले वाचन गर्ने दिन भन्दा अघिल्लो दिन नै वा केही दिन अगाडि नै परिक्षण गर्नु आवश्यक छ । तपाइले चहानु भएमा आज देखि नै परिक्षणको लागि इमेल sahityasagar@yahoo.com तयारी रुपमा उपलब्ध छ ।

मूल्याङ्कन कर्ता को को रहनु हुनेछ - अर्थात मूल्याङकन कसरी गरिन्छ ?
विश्वका ३ मुलुकमा गोप्य रुपले रहने छन् । नतिजा संगै वहाहरुलाई चिन्नुहुनेछ । एक मूल्याङ्कन कर्ताले अर्कोलाई समेत चिन्ने छैन्न ।

सहभागि हुन केके सामाग्रिको आवश्यकता पर्छ ?
अनलाइनमा बाचन गर्न तपाइ संग १. हेडफोन चाहिन्छ, २. वेभ क्यामेरा चाहिन्छ । वैकल्पिक रुपमा टेलिफोन सर्म्पर्क चाहिन्छ ।

वेभ क्याम्प विना पनि भाग लिन मिल्छ ?
त्यस दिन सबै स्रष्टाहरु वेभ क्यामेरा सहित आउने भएकोले तपाइलाई पनि वेभ क्यामेरा सहित आउन प्रोत्साहन गर्र्छौ तर कारणबस त्यो सम्भव नभएमा हेडफोन मात्र चलाएर पनि सहभागिता लिइने छ । हेडफोन पनि अकस्मात विग्रिएको खण्डमा हामी तपाइलाई फोन नम्बर उपलब्ध गराउने छौ त्यसबाट प्रत्येक्ष सहभागि बन्न सक्नुहुनेछ ।

कविता कहिले भित्र पठाइ सक्नु पर्छ ?
कविता जतिसक्दो चाँडो पठाउनु राम्रो हुनेछ । कविताको साथमा पूरा नाम, इमेल, फोन, पत्राचार र सम्भव भएमा फोटो पठाउनु पर्नेछ । प्रतियोगिताकै दिन बढि ट्राफिक हुन सक्छ, वेभक्यामले काम नगर्न सक्छ भन्नको खातिर पहिल्य नै प्राप्तहोस भन्ने चाहना हो ।

कसरी कविता पठाउने ?
तपाइले प्रिति फण्ट वा कान्तिपुर फण्टमा टाइप गरेर इमेल मार्फ पठाउनुहोस भन्ने चाहान्छौ । यदि कुनै पनि फण्टमा टाइप भएका छन भने पनि हामीलाई पठाउनुहोस हामी स्वीकार्र्छौ ।

रोमन अग्रेजीमा वा स्कान गरेर पठाउन मिल्छ ?
यदि तपाइलाई नेपाली टाइप गर्न आउदैन भने रोमन अंग्रेजीमा पनि पठाउन सक्नुहुन्छ । अझ त्यो भन्दा राम्रो चाहि कागजमा लेख्ने र यो पेजलाई स्कान गरेर फोटोको रुपमा पठाउन सक्नु हुन्छ । यदि तपाइ संग स्कानर छैन भने डिजिटल क्यामेराले फोटो खिचेर फोटोको रुपमा पनि पठाउन सक्नु हुन्छ ।

कविता बाहेक अरु पनि सिर्जना बाचन गर्न मिल्छ ?
विद्याकी देवी सरस्वतीको पूजा आफ्नो सिर्जना पाठ गरेर अरुलाई सुनाएर गर्छु भन्ने चाहना छ भने गजल, गीत र लघुकथा लगायतका सिर्जनाहरु जसले थोरै समय लिन्छ प्रस्तुत गर्न सक्नुहुनेछ ।

यो प्रतियोगितामा भाग लिएर मलाई अरु के के फाइदा छ ?
नेपाली साहित्यको लागि क्रियाशिल साहित्य मंच संग बढि सामिप्यतामा रहनु हुनेछ । विश्वमा छरिएका नेपाली स्रष्टाहरु संग साक्षात्कार बन्नुहुनेछ इत्यादी ।

भूल्न नहूने कुरा ?
विद्याकी देवी सरस्वतीको पूजा, नेपाली साहित्यको लागि कविता र पुरस्कार ।

प्रतियोगिताको लागि धेरै देशहरुबाट प्रतिनिधि छन तर म भएको देशबाट छैन के मैले भाग लिन मिल्छ ?
मिल्छ, तपाइ सिधै सहभागि बन्न सक्नुहुनेछ ।

म संग त इन्टरनेट नै छैन ?
तपाइको मन छ इन्टरनेट छैन नआत्तिनुहोस । तपाइले नजिकको क्याफे मार्फत सहभागिता जनाउन सक्नुहुन्छ ।

म संग इन्टरनेट छ तर वेभक्याम छैन, कुन विकल्प चलाउने ?
तपाइलाई थाह छ - यदि तपाइसंग मुभि क्यामेरा छ भने त्यसलाई पनि वेभक्यामको रुपमा चलाउन सक्नुहुन्छ ।

म अघिल्लो पुस्ताको साहित्यकार हूँ, के मैले भाग लिन मिल्ला ?
सम्भवत हामीले तपाइलाई चिनिसकेका छौ नभए पनि तपाइले आफ्नो बारे कृपया थोरै जानकारी दिनुहोला हामी तपाइलाई स-सम्मान उचित सहभागिता दिनेछौ ।

यो प्रतियोगिताको आयोजक र प्रायोजक कोको हुन ?
यस विश्वब्यापि प्रतियोगिताको आयोजक अनलाइन नेपाली साहित्य मंच, वेलायत च्याप्टर हो भने सहयोगिहरुमा प्रवासी नेपाली साहित्य समाज, वेलायत, नेपालीसन्देस साप्ताहिक लण्डन, नेपाली टि. भि. लण्डन र प्रायोजकहरु www.realdomainhost.com र www.datingNepal.com हुन ।

यो प्रतियोगिताको कार्यक्रम कहाबाट संचालन हुन्छ ?
यो प्रतियोगिताको कार्यक्रम वेलायतको लण्डन नजिकबाट संचालन हुन्छ ।

कविता पठाउन पत्राचार ठेगाना, फोन नं., फ्याक्स नं. के छ ?
Sahitya Ghar
59 Mackenzie Drive
Folkestone, Kent
United Kingdom
CT20 3LR

Phone: +44 7878533582
Fax: +44 1303275680
E-mail: direct.letter@gmail.com
Read Full Discussion Thread for this article