Posted by: Amazing February 2, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

त्यो रात मैले रोजलाई एउटा अचम्मको प्रस्ताव राखे,


के गर्नु हाम्रो पनि मनै हो


उफफ्फ्फ्फफ..once again.. यौनको मामलामा कमजोर-

मौसम रङिन छ, ‘यह शाम मस्तानी…..’ तर मदहोश किया जाये…’ चाइ हुने हो कि होइन, त्यो हेर्न भने बाँकी नै छ। डिनर भाईसकेछ, मलाई खान मन थिएन, आज स्रिलन्कन्ले मिठो खाना बनायो रे, जे होस् उसको प्रसन्सा दिन दुई गुना रात चार गुना हुँदै छ, कती सहयोगी छ उ, आजकाल मलाई ‘Amazing ब्रदर भनेर बोलाउछ, शुरुशुरुमा त साह्रै अनौठो होला भनेको थिए तर हामीले मान्छेको बाहिरी रुप अनुसार कती नमिल्दो सँग जज गर्छौ भन्ने कुरा उसले गलत प्रमाण गरिदियो। अनुहारको भरमा मान्छे चिनिने भय त विश्व हल्लाउने 9/11 घटना नै हुने थिएन होल, बिन लादेन को त्यो निर्दोश अनुहार, कसले विश्वाश गर्ने, त्यसतो मान्छे टेररिस्ट हो भनेर, अनी अहिलेको ब्रिटिश Prime Minister, Gordon Brown , त्यस्तो गोफ्ले पनि कसरी प्रधानमन्री भयो हे हे।

ल भयो उसको कुरा बढी भयो, १० बज्न थाली सक्यो, रसियनले जर्मन केटीलाई अती नै मन पारेछ कि क्या हो, छोड्दै छोड्दैन, अहिले पनि जुस र चिप्स दिदै छ, शायद फकाउने आइडिया होला, के गर्नु केटीलाई फकाउनै पर्ने, केटी नेपाली होस् य अमेरिकन, य होस् जर्मन अथवा अस्ट्रियन भाउ नखोज्ने त कमै होलान। त्यो जर्मन उफ्फ्फ्फ अती नै क्रेजी जस्ते छे यार, कपाल पनि आध हरियो, आधा कालो, तल्लो ओठ्को बिचमा मुन्द्रा घुसारेकी छे, कम्मरको पछाडि भागमा अती नै टाटु कोरेकी छे, त्यसैले होला जतिबेला पनि छोटो टिशट लगाउछे अनी त्यो चय्त्तियको प्याण्ट जती सक्यो तल लान खोज्छे। उ सँग मेरो खासै गफ भयको छैन, अली घमन्डी घमन्डी जस्ती छे।

मेलिसाको हातमा वाइन छ, अली अली लागेछ कि क्या हो उसलाई बिटल्स्को गीत गुङुनौदै थिई, उ सँगइ गये, नेपालको बारेमा धेरै कुरा भयो। उ पनि धेरी देश घुमेकी मान्छे । बिटल्स उसको favourite band रे अनी मलाई पनि अती नै मन पर्ने त्यो ब्याण्ड, We all live in yellow submarine She loves you yaa yaa yaa जती सुने पनि धक नमन्रे।

अर्को कुनामा डिम्पल र रोज गफमा मस्त छन, ति दुइजना अती नै मिल्छन, अनी बेलाबेलामा उन्मुक्त तरिकाले हास्छन, यस्तो लाग्छ कि तिनिहरुलाई दुनियाँको केही प्रभाव छैन, भर्करै २० टेकेका छन, धेरै अनुभव बटुल्नु छ उनिहरुलाई, संसार घुम्नु छ, केटा साथीह्हरुको लिस्ट बनाउनु छ, सकेसम्म पाटी गर्नु छ, भविश्यको चिन्ता छैन, घर परिवारले के भन्ला, समाजले कुरा काट्ला भन्ने चिन्ता छैन, जे मन लाग्यो त्यही गर्ने छुट छ, हाम्रो नेपाली समाज जस्तो कहाँ हो र, एउटा संग चिया खान गयो भने लौ यो केटी त बिगिर्छे, खतम भइछे भन्ने। अनी २ दिन एउटा केटा सङ हिंडयो भने लौ यिनिहरुको त लप परेछ कि क्या हो भन्ने अनी अर्को साथीसँग देख्यो भने ' छि यो केटी त कस्ती लाज नभयकी, केटा फेर्दै हिड्छे ' भन्न पनि बेर लगाउदैनन। बिचरा केटीहरु, कहिलेकै त अती नै अप्ठेरो पर्छ होला। आफुलाई अती नै सभ्य, शिक्षित, र नारी पुरुष बराबर भन्ने मेरा केटा साथीहरु बाट पनि यस्तो गुनासो धेरै नै सुनेको छु।

सबै जना आफ्नै बिस्तारमा जना थाले, आज फेरी रोज म र डिम्पल बाँकी रहयो किचन मा। आज पक्का केही हुन्छ भन्ने आश छ। मैले ति दुई सुन्दरिहरुको फोटोहरु खिचे, नक्कलीहरुलाई कस्तो कस्तो पोज आएको, फोटो खिच्दा पनि एठन नै हुने यार, एक आपसमा चिपिक्क टासियर त्यो पिपल्पाते ओठ्लाई मै तिर फर्काउदै आँखा सन्काउछन। -God, you both look so hot भन्या त अली गिज्याय जस्तो गरी रोजले मलाई ब्यङग हान्दै You know just now? भन्छे बा, मन्मनै भने पख मोरी तलाई, डिम्पललाई त जान दे

नभन्दै डिम्पल उठेर मेरो कोठामा गै, मेल चेक गर्नु छ रे, मैले Laptop नै उठएर लैजा तेरै कोठामा भने, आफ्नो बाटो अझै फरकिलो भयो।

आज रोजको र मेरो तेस्रो रात, उही ठाउँ, उही समय तर बिस्तारै बढ्दै गरेको हाम्रो सम्बन्ध। गएको २ रातमा हामी बिच धेरै दुरिहरु कम भाईसकेको थियो, कुराहरु सकिसकेको थियो। उसले मलाई कुन दृष्‍टिले हेरेकी छे मलाई थाहा छैन अनी फेरी मैले के दृष्‍टिले हेर्या छु त उस्लाई? त्यस्को पनि प्रस्ट जवाफ छैन। म उसलाई माया गर्छु? I think not… यू राम्री केटी हो, आकर्शक छे, सामान्य भाषामा भन्नु पर्द She is absolutely hot. तर मेरो उ प्रती खसै फिलिङ्स छैन, उस्लाई राम्रो सँग पनि चिन्या छैन, तर मनमा उस्को लागि अलग्गै ठाउँ बनिसकेको थियो। त्यस्ती राम्री ठिटिलाई मन नपार्ने को होला र खै? हे हे हे

उसले गोलो गोलो गेडा भयको सेतो माला लगाएकी थिई, कपाल खुला छोडेकी, रातो लुज V shape Ko टि शट, अनी हातमा अनौठो कलरको नेल पलिस। आँखा को परेली बेला बेलामा झिम झिम पार्थी, यता भने बुझ्नेलाई ईशारा काफी भने झै लाग्थ्यो।

'Rose, wow its wonderful, where did u get this necklace? 'उ सँग नजिकिने मेरो प्रयास सफल भयो

‘Oh this one? Its from Prague, have u been there’ प्रतिप्रशन गरी

‘Not yet but I really wanna be there, it must be great city right?’ Prague जाने मेरो पहिल्यै देखिको रहर हो

'Its OK, Im not big fan of tourist places, there r so many tourists that u have nothing to see’ मेरो हात अझै उसको मालामा थियो.

उसले प्रतिकार गरिन, गाडीको गियर १ बाट डाइरेक्ट ३ मा लगे, हाइवे सेफ नै जस्तो लाग्यो। तर कुनैबेला पनि दुर्घटना हुन सक्थ्यो। औलो दिद डडोल्नु निल्नु भने उक्ती झै मनमा कता कता आयो, त्यो भन्दा अगी बढ्नु ठीक पनि थिएन फेरी उसलाई पनि HURT गर्ने मन थिएन, जुरुक्क उठे, अनी हाँस्दै भने ' Don’t worry, Im not making coffee today’ ऊ पनी के कम ' I don’t mind’’ po bhanchhe baa.

फेरी उ सँगइ गये, म त उ सँग नजिकिन चाहन्थे तर उ किन सधै किचनमा बस्छे? हो उसको र मेरो तुलना हुन सक्दैन, उ अती नै सुन्दर छे , भन्नु पर्दा हाम्रो जोडी नै मिल्दैन। उ जस्ती सुन्दरी त मैले सपनामा पनि पाउन सक्दिन होला, त्यसैले उ म पर्ती आकर्सित बै भन्नु सोच्नु सबैभन्दा ठुलो मुर्खता हुन्थ्यो, म जस्ता केटाहरउ त उसले चाँही भने दिन्मा ५ वटा फेर्न सक्थी होली। तर जे जस्तो भये पनि एउटी बैशले भरियकी ठिटी, अधेरी रात अनी बेला बेलामा रोमणण्टिक कुरा गर्ने युवक, उसको दिलको घन्टी त बजेकै हुनु पर्छ। उ पनि त एुटी सामान्य केटी न थिई, त्यसइमा युरोपियन केटी।

अबको वातवरण अती नै sensitive छ, मैले अती नै सोचेर बोल्नु पर्छ, यस्तो बेलामा अर्थको अनर्थ धेरै लाग्छ, उसको body language हेरे, कोमल हातले सिल्की कपाल खेल्लौदै छे, चोर् औलले, उसको दिमागले धेरै कुरा सोच्दै छ, मलाई बुझ्न अप्ठेरो परेन।

म यस्तो कुनै पनि कदम उटाउन चाहन्नथे जसले गर्दा म घ्रिणित हुन पुग्छ्हु। दुई चार शब्द के राम्रो बोली भन्दैमा अर्कै अर्थमा लिने मेरो उधेश्य थियन। तर नढाटी भन्नु पर्दा, म उसको अङालोमा बेरिन चाहन्थे, शायद मेरो ठाउमा जो सुकैले पनि त्यही चाहन्थ्यो होला। फरक एती हुन सक्थ्यो कि म त्यस्को लागि प्रयास गर्दै थिय।

जिन्दगीमा जहिले पनि बोल्नु भन्दा पहिले 3 पटक सोच्नु, केही घण्टा अगाडि मेलिसाले सिकएकी थिई। त्यो कुरा सम्झे अनी आफ्नै अगाडि भयकी रोज्लाई ‘What are you thinking?’ रोज ले त्यही प्रश्न सोधी, जुन मैले सोचेको थिए, ‘ I am thinking what are you thinking’ मेरेओ सोझो जवाफ थियो। ' You are so funny' खै किन हो यस्पली उस्ले बिस्तारै भनी।

आज भने उ अरामले बसेकी थिई, उसलाई पनि केही कुराको प्रतिक्षा हुनु पर्छ जस्तो लाग्यो अनी फेरी अर्को कुरा, जे भएपनी, जती सुकै आधुनिक, पाश्चत्य भय पनि, यस्तो स्तिथिमा केटा नै अघी बढ्नु पर्छ, उनिहरु त केवल मौन स्विक्रिती न दिने हुन। मनमा कुमार बस्नेतको स्वर गुनजियो 'उन्कै छोरी तरुनी हाम्लाई के को दोश………….' तर त्यही बेलामा अर्को मनले रातो बत्ती बाल्दै थियो 'बाबुजी जरा धिरे चलो………….' साह्रै अप्ठेरो थियो सिचुएसन।

फेरी म् उ सङै गये, उसको नङ्को प्रशन्सा गर्दै, केटीहरु जहाँ पनि प्रशन्सा क भोका, खै किन हो बुज्नै गार्हो, तर flattering भने hoina है। उसको हात समाये, स्कुल पढ्दा, अरुको हातको नाडिमा जोड सँग १ मिनेट सम्म समयएपछी रक्त संचार नहुने अनी पुरै हत्केला पहेलो रङको हुन्थ्यो, उ सँग पनी त्यही गेम खेले। उसलाई रमाइलो लागेछ, ‘ I will tryo yours’ भनी, उसको नरम हातले मेरो नाडी समाउदा त झन्डै बेहोश नै भयको, Wow, I wil do it again’ भन्दै मच्चिन थाले। स्कुल पढदा भ्यागुतेले सिकयको थियो, मन्मनै उस्को लाख शुक्र गरे । धन्य हो भ्यागुते। त मोरो जहाँ भयपनी भोली तेरो नाम्मा एउटा लड्डु चाडहाउछु भने।

हेर्दा हेर्दाइ ३ बजी सक्यो, कुरा अगी बढ्या होइन, एस्तो sensitive कुरामा हतार गर्नु पनि भएन, नारिको लागि त त्यो चरित्रको कुरा थियो, आफ्नो इज्जत्को कुरा थियो तर कस्तो अचमम्म, पुरुशले जे गरे पनि हुने, जहाँ गये पनि हुने, त्यती मात्र हो र अझ जती मस्ती गर्‍यो उती महान रे, गफ लगाउनु पर्ने, धाक दिनु पर्ने। तर नारिको ठीक उल्टा यो कुरा उसको चरित्र सँग जोडीयको हुन्छ रे, एउटा असल नारी हुन लाई चरित्र चाहिन्छ, अनी त्यो डाइरेक्ट्ली सेक्स सँग जोडीयको हुन्छ रे , के 'Does really sex define women’s character?’

यस् मानेमा मेरो रमाइलो उसको चरित्रसँग गासियको थियो, मेरो लागि त्यो एउटा FUN थियो, मैले उसलाई भित्रै देखी मन पारेको थिएन मात्रा उसको बाहिरी रुपदेखी आक्र्‍शित भएको थिय। के थाहा उ पनि त्यही pleasure चाहन्थी कि? सबै भन्दा नराम्रो भनेको उसको र मेरो सम्बन्ध बिग्रिन्थ्यो, अनी उ सँग मेरो लिनु पर्ने के नै छ र ? अब ५ दिन त हो नि , पछी कहिल्यै भेट हुने होइन, त्य्सैमा उ पनि त जवान केटी हो । एसतै कुरा हरु खेल्दै थियो, उता भने कुराकनी पनि चल्दै थियो, मेरा हातहरु बेला बेलामा उसका सिल्की कपालहरु सुम्सुम्यान पुग्थ्यो। बिना कुनै प्रतिकर ।

अचानक उसले मेरो हात समौदै भनी 'I feel sleepy'

‘Its only 3.30’ मेरो जवाफ थियो

मैले त्यती बेर देखी भन नसकेको कुरा उसले भने जस्तो लाग्यो ‘ Ya but I really feel tired to go to my room’ आँफैले आँफैलाई मुर्ख सम्झे, धत लाटा, यती पनि बुझ्न सकिनस?

‘You can sleep in my room’ मुखबाट निस्की हाल्यो। 'I will sleep on the floor’ जोडी हाले

यतिबेला उसको हात मेरो हातमा थियो, मैले बिस्तारै भने ' कमन, लेस गो'

उस्को स्वरमा ठुलै परिवर्तन आयो ' Thanks but I will go to my room’ मनमा चिसो पस्यो, उस्लाई ठुलै चोट पारे जस्तो लाग्यो , शायद भन्न नहुने थियो होला

तर पुरुश्को लागि अग्नीपरिक्षा नै त्यही बेलामा हुन्छ, त्यसतो बेलामा हड्बडाउनु भनेको आफु गलत छु भाने प्रमानित गर्नु हो त्यसैले मैले पनि स्वभविक तरिकाले भने ‘If you don’t take it otherwise, you can sleep’ हुन पनि कुरा उसलिए शुरु गएकी थी। ‘Oh its alright’ कुरा कन्ट्रोल हुँदै थियो।

फेरी पनि मैले उसलाई आग्रह गरे ' Rose, you can really sleep here’ u फ्र्यान्क्ली भन्नु पर्दा ‘आए आप गये झटरो जस्तो थियो त्यो बेलाको situation

‘Amazing, do u know one proverb’? उ ठीक ठाउमा अैइसकेकी थिई,

‘Proverb, what’? मलाई सुन्न मन लाग्यो

'Women need reason for sex but men need just place ' उसको त्यो डाइलग्ले झट्का हान्यो

‘You are wrong, I think men even don’t need place’ मनमा जे आयो त्यही प्वाक्क बोल्ने

हामी दुबइ जना हास्यो, ‘I really like your sense of humour’ उसले खुलेर प्रशन्ससा गरी

‘Ok, I am goin to my room’ उ आफ्नो कोठातिर लागि

‘Why not here?’ अब यो अन्तिम आग्रा थियो मेरो

मेरो हात बिस्तारै छोड्दै भनी

‘Frankly, you don’t appeal me’

----

शायद त्यो उसको honest जवाफ थियो

---------Slow and steady LOL-----------


--------------To be contd----------------------Thanks for reading

Your comments highly appreciated

Last edited: 02-Feb-08 09:09 PM
Read Full Discussion Thread for this article