Posted by: manang February 1, 2008
missing nepalis in AL
Login in to Rate this Post:     0       ?        


सयभन्दा बढी नेपाली कामदार अलाबामा राज्यबाट भागे


नेपालीपोष्ट प्रतिनिधि

अलावामा, जनवरी २९

अमेरिकाको अलावामा राज्यको हन्स्िभलस्थित  CINRAM INC  नामक डीभीडी कारखानामा काम गर्ने एक सयभन्दा बढी नेपालीहरु एकाएक उक्त कम्पनी छाडी भागेको समाचार एसोसिएट प्रेसले दिएको छ ।

नेपालीपोष्टका लागि स्थानीय सहयोगीले दिएको जानकारी अनुसार उक्त डीभीडी कारखानामा कामगर्नका लागि सात महिने भिसा लगाएर नेपाल र अमेरिकाकाकै दलालमार्फत् गत डिसेम्बरमा तीन सयभन्दा बढी नेपालीहरु उक्त स्थानमा आइपुगेका हुन् ।

त्यसरी सात महिने भिसामा आइपुगेका ती नेपालीहरुले दलाललाई बाह्र लाख नेपाली रुपैयाँदेखि २५ लाखसम्म तिरेर आएको थाहा भएको छ ।

कारखानादेखि झण्डै १२ देखि १५ माइल टाडा अपार्टमेन्टमा राखिएका ती नेपाली कामदारहरुलाई स्थानीय दलाल कम्पनीले नै स्कुलबसमार्फत् कम्पनीमा ल्याउने र लैजाने काम गर्दै न्युन दरमा काम लगाएर सम्बन्धित कम्पनीबाट समेत दलालहरुले कमिशन खाने भएतापनि ठगिएका नेपालीहरु आफू ठगिएको कुरा भने भन्न नचाहने र केही दिनपछि कोही न्युयोर्क कोही बाल्टिमोरतिर जाने कुरा त्यहाँ काम गर्ने केही नेपालीले आफूलाई जानकारी दिएको हाम्रा नेपालीपोष्टका सहयोगीले बताएका छन् ।

दुइ तीन महिनाको काममा लागि स्थानीय कामदारहरु त्यस्ता कम्पनीमा काम गर्न नचाहने भएका कारण ती डीभीडी उत्पादक कम्पनीले भने बाहिरी मुलुकबाट सस्तो कामदार ल्याउने गर्दै आएको हो ।

यसरी काम गर्न आउनेमा यसपटक धेरै नेपालीहरु स्थानीय दलाल र नेपाली दलाललाई सात महिनाको भिसाका लागि मोटो रकम खर्च गरेर आएका र कम्पनीले क्रिसमस र नयाँ वर्षपछि काम दिन छाडेपछि  सो ठाउँ छाड्न बाध्य हुनुपरेको र सोही शिलशिलामा सो स्थान छाडेका थाहा भएको छ ।

अपार्टमेन्टका फर्निचरसहित भागेका भनेर जसरी एसोसिएट प्रेसमा समाचार आएको छ त्यो एउटै अपार्टमेन्ट कम्प्लेक्समा एक डेढ सय नेपाली बस्ने र विदाको दिन पार्टी गर्दा फर्निचरहरु एक अर्का कोठामा पुगेका कारण त्यो समाचारमा आएको हुन सक्ने कुरा पनि हाम्रा सहयोगीले नेपालीपोष्टलाई जानकारी गराएका छन् ।

सो राज्यमा रहेका स्थानीय मानवअधिकारवादी संघसंगठनहरुले समेत यस्ता कामदारका बारेमा सम्बन्धित व्यक्तिहरुलाई सोधपुछ गर्दा ती नेपालीहरुले भिसाका लागि आफूहरुले जम्मा सात सय डलरमात्र तिरेर आएको कुरा बताउने गरेका थिए ।

त्यसो त यसरी तीन महिनाका लागि काम गर्न आउनेमा केही युरोपियन मुलुक र केही अप्रिmकन मुलुकका कामदारहरु समेत आउने र काम पछि फर्किने प्रचलन नै त्यहाँ बनिसकेको भए पनि नेपालीहरुको हकमा भने कमाउनका लागि त्यहाँबाट भाग्नु आफ्नो बाध्यता भएको ठानिन्छ ।

आहिले आएर स्थानीय अध्यागमनले समेत हराएका नेपालीहरुलाई खोजी गरिरहेको थाहा भएको छ ।

यस सम्बन्धमा डीसीस्थित नेपाली राजदूताबासका उपनियोग प्रमुख कालीप्रसाद पोखरेलसँग बुझ्दा आफूलाई यसबारे कुनै जानकारी नआएको नेपालीपोष्टलाई बताउनुभयो ।

Last edited: 01-Feb-08 06:02 PM
Read Full Discussion Thread for this article