Posted by: Birkhe_Maila February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

देशबासिलाई सम्बोधन

प्यारा चौतारीदेशवासीहरु,

हालै चौतारी मुलुकलाई छिन्नभिन्न बनाउने, अराजकता फैलाऊने, भ्रामक तथा अतिरंजित समाचार सम्प्रेषण गर्ने, लुटपाट, आगजनि र हत्या जस्ता जघन्य अपराध गर्ने बिभिन्न अराष्ट्रिय तत्व तथा अराजकतावादीहरुले, चौतारीका प्यारा जनतालाई बहलाउने फुसलाउने तथा आफ्नो पूर्वाग्रही सोचाई तर्फ मोड्ने प्रयासमा, चौतारी मुलुक अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको समय पारेर कथित निर्वाचन गराएकोकुरा सर्वविदितै छ। हामि उक्त निर्वाचन तथा सम्पूर्ण उम्मेदवारहरुलाई यसै सम्बोधन मार्फत प्रतिबन्धित भएको घोषणा गर्दछौँ! शान्ती सुव्यव्था, अमन चयन तथा बाँच्न पाउने अधिकारलाई कायम राख्न हामि चौतारीमा संकटकालको घोषणा गर्न बाध्य भएका छौँ। यहि सम्बोधन आएको घडि बाट अनिश्चित कालको लागि उक्त संकटकाल लागु हुने छ। केहि समय पछि अमन चयन राम्रो भएको स्थिती पारेर पूर्णतया प्रजातान्तृक प्रकृयाबाट हामि आगामि मंसिर सम्ममा चुनाव गराउने छौँ। संकटकालमा कसैले पनि कुनै पनि रुपमा चौतारीको राष्ट्रपती वा अरु कुनै पनि शक्ती व्यायाम गर्ने  पदको बारेमा विकल्पको चर्चा, खोज वा सल्लाह गरेमा चौतारी राज द्रोहको मुद्दा लगाएर हदै सम्मको कार्वाही गरिने छ।

श्री चौतारिनाथले हामि सबैको कल्याण गरुन

जय चौतारी

Last edited: 01-Feb-08 03:23 PM
Read Full Discussion Thread for this article