Posted by: Birkhe_Maila February 1, 2008
Kathmandu re-union in SAJHA
Login in to Rate this Post:     0       ?        

केहि काठमान्डुका मजाको खानेठाउँ र खानेकुरा हरु-

१) इन्द्रचोक को आलुदम पसल (अमृत कि के रे?) बिषेशता- पोलेको सिङ्गै आलुको आलुदम!

२) बसन्तपूरको- रामदाईको म:म, बिषेशता- शब्दमा भन्न सकिन्न खाएरै हेर्न पर्छ।

३) बाङ्गेमुढाको हटलेमन- बिषेशता- ग्रेजुएट, बेरोजगार तथा जागिरेहरुले राजनैतीक गफ गर्दै चुरोट खाने बहाना।

४) पाको बाट एउटा घरमुनिबाट निहुरिएर छिरेपछि एउटा बहाल आउँछ, त्यो बहाल भित्र अर्को घरमुनिबाट अँध्यारो बाटोमा अझै निहिरिएर छिरेपछि चिसो सानो बहाल आउँछ, त्यहाँ रहेको एउटा ढोकाबाट अझै निहुरिएर छिरेपछि आउँछ लामो कपाल पालेका 'दीपक दाईको चिया पसल' ! त्यहाँको बिशेषता, दामि चिया, र अचार भन्दा तरकारी पिरो!

५) बसन्तपूरकै चटामरि छेँ- बिषेशता- नेवारि स्टाइलमा सुकुलमा बसेर चटामरी र तिनपाने लगाउन पाइने...

अरु पछि--

Read Full Discussion Thread for this article