Posted by: Birkhe_Maila February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
ए भउतेका काल अझ मेरै खोइरो खन्छौ हैन? स्वास्नि पाल्न तो तिम्रो बोके दारि पाल्या जस्तो सजिलो छैन, के ठान्या छौ?
नब्बे रुप्पे खन्खनि गनेर दुलईलाई किन्देको ढाकाको खास्टो तिम्ले नै बैशाख पुर्नेको जात्राँ हलहलेतिराट आम्ने कुन चइनि छँडुल्लिलाई सम्झना भनेर दियौ रे!ओखरे बजियाले देखेर भन्या मलाई!हेरि बे अर्ने बेलाँ नै " मलाई त तिम्री भदै तेति मन परेन" भनेर तिम्रा मुखाँ किरा पर्या भ'हामि नि हाउँरा भदैनीलाई कप्तान खोजेर दिन्थेम्। अइले आ'र जिम्मालले भदैनि भिडायो भनेर क्यार्न तो खबटे दाँत भा थुतुनो चलाउँछौ? " जिम्माल गोडा २ बिसेक उमेर नाघो, बाउले बे को कुरै ओकल्दैनन, क्यार्नि होला?" भनेर छड्के छड्के हाम्रि भदैनी ताक्या कुरो मलाई मात्तै हैन वरिपरिको ७ गामलाई थाहा छ!बिचरि कलकलाउँदो उमेरा थि, सात फयल भा बेला पारेर तिम्ले कुन्चाईँ पातकि मास्टरलाई तिनापनेको सुराँ पास गराइदिन लायौ, केटाकेटि मोरि पास भएसि फँसिहालि नि तिमीसित!पोर साल जलबिरेको बालि उठा'र धान बेच्न सदरमुकाम गा' बेलाँ ९० पाथि धान बेचेर २० पाथीको पैसो घराँ ल्यायौ रे? हाम्लाई नि थाहा छ, धान बेचेर के के उत्पात गर्यौ सदरमुकामाँ! घराँ, छानो चुइया परारै रे, सदरमुकामा डेरा खोजेर कुन चइनि उरन्ठेउलिलाई राख्या छौ रे हाम्लाइ पनि थाहा छ। सौता हाल्न खोज्या होलाउ, तिम्लाई गाम त के जिल्लामाइ पानी नचल्ने बनाइदिन भने जिम्माल हैन! हाउँरि बाँसकि मुना जस्ति भदैनिलाई हेलाँ अरेर दिउँसै बत्ति बाल्लि जस्ति नखरमाउलिलाई मैनै पिच्छे बाल तिरेर डेराँ राख्या छौ हेर्लान नि नायायणले!मसिने डाइबरको बास हुन्छ बुझ्यौ तिमि गामतिर भा बेलाँ तिम्ले पैसो तिरेर नखरमाउलि पोस्न राख्या डेराँ? एसो घराइसि कामाँ ध्यान दिनु,आँखाँ राखे नबिझाम्ने अंगालोभरिकि स्वास्नि छ घरमा, बाइर चुच्चो जोड्न क्यार्न जान्छौ? बेलैमा बुद्धि पुउर्याउ असत्ति नत्र भडखालाँ जाक्केलाऊ!
Read Full Discussion Thread for this article