Posted by: Birkhe_Maila February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

जदौ!

ब्यान ब्यानै नानाथरी कच्याककुचुक भ' र निद्रा खुल्या थो, "के अलच्छिना लाओ दैव!" भन्दै चौतारी आ' त गोताएँ बुडा बार बर्खपछि झिसमिसेमै चौतारी छिरेर ठुल्दाईलाई पितृ बना'र मलाई र भउतेलाई सरापेर गएछन त पो त! यिनी बुडा नि काइताका छन छन चाइँ, कइले एका बिहानै अन्मरिन्छन बत्तिसवटा दाँत देखाम्छन र हराम्छन, कइले आधा राताँ भूतले खाजा खाने टेममा इनलाई विर चड्दो रेछ कि के हो चौतारीमा अन्मरिएर एकछिन सुरुसुरु ३-४ वटा पोस्ट गर्छन र हराम्छन्। भउते बजियाले कुन दिन हो आँधिको बगराँ हरिया बुट्यानले छोपेर धुवाँ पुत्पुताम्दै पिल्स्यार जिम्दै जलाउने कुरो अरे देखुन बुडा भउते नभा बेला पारेर आम्छन!

Read Full Discussion Thread for this article