Posted by: Birkhe_Maila January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

मन्त्रिपरीषद्को आकस्मिक बैठकमा गरिएको निर्णय सार्वजनीक

हालै चौतारीमा देखिएका बिभिन्न सदस्यहरुको गतिबिधी नियाल्दा, चौतारीका पदहरुमा केहि हेरफेर गर्नु परेको जानकारी मन्त्रिपरीषदले दिएको छ। यसै सिलसिलामा,  चौतारी गीतसंगीत टाँसटुस महाशाखाको अध्यक्ष पद खाइपाइ आएका श्री लहरेकान्त लाकौललाइ उक्त पद दिइरहने वा नदिने भन्ने विषयमा आज मन्त्रिपरीषदको आकस्मिक बैठक बसेको थियो। हालै चौतारीमा झिल्के मान झा ले बिभिन्न किसिमका विवीध गीत संगित टाँस्ने कार्यहरु गरेको तथा उनले गीत टाँस्दा गीतको बारेमा रमाइको कुराहरुका साथसाथै गीतको बोल पनि लेख्ने गरेकोले, सम्पूर्ण चौतारीबासिलाई उक्त तरिका मन परेको कुरा खुल्न आएको परिप्रेक्षमा लहरेकान्त लाकौलले बिना सूचना, बिना भुमिका सुरुसुरु झ्याप झ्याप गीत टाँसेको भन्दा झिल्के मान झा ले टाँस्ने तरिका उत्तम देखिन आएकोले, उक्त बैठकले आजका मिती देखि लागु हुने गरि,  अक्षम श्री लहरेकान्त लाकौललाई, गीत संगीत टाँसटुस महाशाखाको अध्यक्ष पद बाट बर्खास्त गरि, झिल्केमान झा लाई नियुक्त गरेको छ। चौतारीको मान मर्यादा तथा गरिमालाई कायम राखि निमकको सोझो गरेस।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद् 

Last edited: 31-Jan-08 05:12 PM
Read Full Discussion Thread for this article