Posted by: Birkhe_Maila January 31, 2008
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        

नेपाली रचना बाट २ गजलहरु-

प्रेमप्रकाश मल्ल 'महेन्द्र मधुकर'

अशक्त छु म, सडक ममाथि हिडोस्

अपाङ्ग छु म, सडक ममाथि हिडोस्

 

जिन्दगीको तडक भडकदेखि अलग

विरक्त छु म, सडक ममाथि हिडोस्

 

उपयुक्तताहरू ती कता गए कता-

अनुपयुक्त छु म, सडक ममाथि हिडोस्

 

अभिनन्दित सम्मानित तर अन्ततोगत्वा

अतिरिक्त छु म, सडक ममाथि हिडोस्

 

तप्त छु सन्तप्त छु परितप्त छु

अभिशप्त छु म, सडक ममाथि हिडोस्

 

मबि सिंह

आफ्ना टुक्राहरू टिप्नमै कति व्यस्त छौ !

खुलासा भयो होला तिमी ध्वस्त छौ !

 

घातक नतीजा चुम्न माहीर बनायौ,

मायाको सानो माग राखे देखि त्रस्त छौ !

 

नजानी भएका गल्तीमा माफी पाईन !

आफू चाहिं जानी जानी घोप्न अभ्यस्त छौ !

 

जगको इंटा चोरिएको होस गरेनौ,

अझै छाना अडाउने कुरामा विश्वस्त छौ !

 

बलात्कार भएन निर्वस्त्र हुँदा समेत

ऐना सित यौवनको बयानमा मस्त छौ !

 

खुइलेको रङ्गलाई परिवर्तन भन्दै

हरिया पातका नशा काट्न सिद्धहस्त छौ !

Last edited: 31-Jan-08 11:19 AM
Read Full Discussion Thread for this article