Posted by: dipika02 January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

urfrenrites jyu ra ritthe

म पनि यो शब्द प्रयोग गर्न धेरैनै हिचकिचाएकी थिए। अली मजाक बन्ने हो  कि भनेर डराएकी थिएँ। मैले पोस्ट गर्नु अघी धेरै नै सल्लाह गरेर पोस्ट गरेकी हुँ। लाटो शब्द आँफैमा नराम्रो होइन। तर कुन ढंगले प्रयोग गरेको छ तेस्मा भर पर्छ। मैले उनिहरु सँग धेरैनै मित्रता गाँसेकी थिएँ। उनिहरुको बोर्डमानै "लाटा बहिराको संगठन" लेखेको थियो।लाटा लाई संस्क्रितमा मुका भनिन्छ तर त्यो शब्द त्यती प्रयोग नहुने भएको ले बुझ्न गाह्रो पर्ला भनेर मैले ठेट शब्दनै प्रयोग गरेकी हुँ। लाटो शब्द को नेपालिमा समानार्थी शब्द खोज्ने प्रयास त मैले गरेकी हो। तर बिकलाङ वा अपाङ जस्ता शब्द ले ठ्याकै त्यही अर्थ दिने न भएको ले वाध्य भएर लाटो शब्द नै प्रयोग गर्नु पर्‍यो। तर मेरो मनसाय उनिहरुको कम्जोरी औल्याउने होइन। त्यो कुरा चैँ म प्रस्ट पार्न चाहन्छु। धन्यवाद

Last edited: 28-Jan-08 09:09 PM
Read Full Discussion Thread for this article