Posted by: fucheketo January 27, 2008
म भित्रका महरु
Login in to Rate this Post:     0       ?        

भाग-२ 

काठमाण्डौ ,बानेश्वर

बिहानको -९:३०

मोबायल भाईब्रेट हुँदापनि मैले गोजिसम्म हात पुर्याउन सकिन ।त्यति भिड थियो नेपाल यातायात ,कल पक्कै पनि सुमनको नै हुनुपर्छ बल्ल आइपुगेछ ,म भने त्यत्रो बेर पर्खे ,कल लागेन अनि आज नआउने होला भनेर न हिँडेको हुँ । जोशका साथ कन्डक्टर भिँड चिर्न खोज्दै थियो । "उसको पेटमाँ माड छिराउने" भीड ।

"ए भाइ त्यो दुईवटै खुट्टा मेरो हो ।" मेरा दुई खुट्टाको बिचबाट उसले बाटो बनाउन खोजेपछि म आत्तिदैँ कराएँ ।

"चप्पल खस्यो क्या" मैले सोचे जस्तो होइन रहेछ ।

 

"कल उठाउँदा पनि नउठाउने हाम्रो त यार ,बिराटनगर माँ ट्रेनिङमा कोहि भेटिस् कि क्या हो?"

"नेपाल यातायतको भीँड देखेको भए भन्दिनथिस्"

"प्रतिकले को भेटेको अरे ?" शर्मिला पनि मेरै टेबल अगाडी आइ ।

"के मतलब जो भेटे पनि ,यस्ले गफ गर्ने होइन क्यारे "

मलाई झल्याँस्स निशा अनि ऊसले "तिमी असाध्यै कम बोल्छौ ।"भनेको याद आयो ।यसपालि बिराटनगरबाट धेरै याद बोकेर आएँ म ।यस्ती केटि भेट्टाएँ जस्ले बिजुलीको गतिमाँ मनमा छाप छोडी । के निशासँग फेरि भेट होला ? थाहा छैन , सन्सार सानो छ भन्छन् ।

"होइन यो त टोलायो त !"सुमनले मेरो तन्द्रा भङ्ग गर्यो ।

"काम गर न गएर ,खालि मेरो टेबल अगाडी गफ चुटेर बसिरहन्छ ।"

मेरा शब्दहरुले दुवैलाई काम गरे ।दुवै आ-आफ्ना टेबलमाँ ब्यस्त भए।

 फेरि उठेर शर्मिला सँग गफ गर्दै थियो सुमन ,एकछिन मात्रै हो सुमन एक ठाउँमा बस्न सक्ने , धैर्यता बाँड्ने बेलामा अलिकति कन्जुसि गरेछन् भगवानले ,साथि भनेपछि मरिमेट्छ । तिनजनाको च्याम्बर टाँसिएको छ , उ साधारणत: कुहिनो स्पेसिङको माथि राखेर बोलीराखेको हुन्छ ।हामी तिनै जना "IOE" माँ सँगै पढ्यौँ ,शर्मिला भने फ्र्याङ्क मलाई दुवैजना कम बोल्छस् भन्छन ।

"थाहा पाइस  बन्द भएछ ?"

"हो र ? तेरो बाइक छँदै छ नि !"

म शर्मिलालाई पुर्याएर आउँछु तँ कृष्णमन्दिर अगाडि बस ल ।

"ल ल जा"

आजको यो अचानकको काठमाण्डौ बन्दले म कृष्णमन्दिर तिर लागेँ ।

 

कृष्णमन्दिर ,सँधै जस्तै भिँड थियो । बन्द बाट अनभिग्य थियो । अचानक पर मैले चिनेको आकृति देखेँ । "निशा"

के म नजिक गएर बोलौँ ?यो भन्दा अगाडी एकचोटि त हो भेट भएको , तर हरेक भेट कुनै न कुनै बेला त पहिलोपटक नै हुन्छ ।"Is this the frequency or depth in the talk that matters?"

 

"अरे प्रतिक तिमी ?come on lets have some spice there "उसको ईशारा छेवैको पसलको पानीपुरि तिर थियो । उस्को बोलिमा परिवर्तन थिएन ,मानौ हामीले जहाँ बाट यात्रा टुंग्याएका थियौँ उ त्यहिँबाट शुरु गर्न चाहन्थी ।उस्ले यसपाली पनि मलाइ रिएक्ट गर्ने मौका दिइन ।

"सरि , मलाइ कोल्डको एलर्जि छ ।"

"केटी सँग हिड्न डराएको ?"

"होइन ।"

"I am masters in psychology ,बिर्सेको त छैनौ नि?" उ हाँसी ।

"साँच्चै , मलाइ कोल्डको एलर्जि छ ।"

"come on ,एक चोटी पानीपुरि खाएर तिम्रो जात भ्रष्ट हुँदैन के " उस्ले अझै जिद्दी गरी । त्यस्पालि भने  मैले त्यो आग्रह टार्न सकिन ।

"अनि तिमी कसरि नि यहाँ " मैले प्रश्न गरे ।

"बिराटनगरको काम सिद्दियो ,  so back to home .तिमी नि?"

"अफिस बाट फर्केको ,बन्दले गर्दा यता बाट हिँडेको ।"

"बन्द ,for good reasons."

"किन?"

"नत्र तिम्रो र मेरो भेट हुन्थ्यो त ? See , I have added spice in your tongue ,त्यसको बदला तिमीले मलाई खाजा खुवाउनु पर्छ ।"

म आज बिहानको सोच , काठमाण्डौ बन्द , कृष्णमन्दिर र  मेरो भाग्य सम्झेर हैरान भइरहेको थिएँ । हात कमाउँदै , कमाउँदै मैले मोबायलको स्वीच अफ गरेँ ,नत्र सुमन फर्केर नभेटेपछि त कल गरि हाल्थ्यो ।तर मैले किन त्यस्तो गरेँ  आफैलाई थाहा हुन सकेन । अनि हामी दुवैजना खाजा खाने ठाउँको खोजिमाँ लाग्यौँ ।

क्रमश:

 

 

 

 

 

 

Read Full Discussion Thread for this article