Posted by: Amazing January 27, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
हाम्रो पनि मनै त हो पार्वती - ७

बिहानको ४ बजिसकेको थियो, झिसमिसे उज्यालो थियो, मैले आफ्नो आग्रह राखे

‘I wanna kiss you’ शरिरभरिको ताकत एक ठाउमा जम्मा गरेर मैले भने,

मैले यो कुरा अघि नै किचनमा भन्न सक्थे तर उसलाइ अप्ठेरो नहोस् र अर्कै अर्थ नलागोस् भनेर बाहिर खुला आकाश मुनि भनेको थिय।

‘Naughty Boy’ भन्दै उसले ढोकाबाट बाइ भनि

सम्बन्धहरु बढ्दै छ।

कोठामा फर्के निद्रा लाग्ने कुरै भयन, मनमा धेरै कुराहरु खेलिरहयो, रोजको बारेमा, उसको सुन्दरताको बारेमा, अनि उसका आफ्ना भावनाहरु, उसको त्यो अस्ट्रियाको ठाउ, स्विट्जरल्यान्ड अस्ट्रियाको बिचमा पर्छ रे, नाम चाइ इन्स्बर्क हो, त्यो बिचमा एुटा सानो तर सफा खोला , अनि साना साना पहाडहरु, वरिपरि हरियो जङगल, फराकिलो रोड, अनि फेरि जाडोमा सबै जमेर हिउ हुन्छ रे। उसले सबै भनेकि थीइ केहि बेर अगडि।

त्यति रमाइलो ठाउमा पनि मेरो मन रम्न सक्दैन, उसले अलि भावुक हुदै नशामा भनेकि थीइ। मलाइ उसको पारिवारिक या ब्यक्तिगत कुराहरु थाहा भैसकेको थियो, सायद मैले चाहिने भन्दा बढि नै सोधेछु जस्तो पनि लाग्यो। तर उसले नै होस्टेमा हौसे थप्दै कुरा गरेकि थीइ, ‘You guys care so much about others, I like that culture’ त्यो रात उसले आफ्ना मनका बेदनाहरु धेरै नै पोखेकि थीइ सङ्ग। खै किन हो, के कारणले हो, हामि बिच अति नै आत्मियात बढिसकेको थियो, अर्थात मलाई मात्र त्यस्तो भान परेको थियो कियस्तै यस्तै नानाथरिका कुराहरु खेल्दा खेल्दै कति बेला सुतेछु थाहै भयन, सपनामा पनि रोज नै देखेछु।

निद्रामै थिय, कसैले का Knock गरे जस्तो लाग्यो, बाहिर बाट डिम्पल चिच्याउदै थीइ, ‘Wake up, Mr Lazy’ यसो घडि हेर्छु साढे बार बजिसकेछ अबको १५ मिनेटमा ready hunu chha. हतार हतार उठे, थ्यान्क्स् डियर, यो सुनेर डिम्पलको डिम्पल अझै सुन्दर देखियो। भने अलि झर्के जस्तो गरेर भन्दै थीइ ‘You r always late’ उसको त्यो बोलिमा अलि अलि रवाफ धम्किको सकेत थियो, स्रीमतिको जस्तै तर मलाइ अति नै मन पर्ने भन्या, किचनमा सबै जना जम्मा भैसकेका थिय, आज पनि मैले ब्रेक्फास्ट गर्न नभ्याउने भय, 'हाइ गाइज, मर्नीङ्' सबैलाइ एकैपटक दर्शन गरे, रोज पनि त्यहि भिडमा थीइ 'हेय् रोज, डिड् यु स्लीप् वेल्' मेरो प्रश्नको जवाफ उसले टाउको हल्ल्यार दीइ


आज तेस्रो दिन थियो तर यति छिटै सबै सङ्ग यति राम्रो सङग घुल्मील होला भनेर सोचेको थीइन,मेरो सबै भन्दा मिल्ने साथि डिम्पल थीइ, सर्बियन पनि सङ्ग अति नै क्लोज हुन खोज्थि तर खासै कुरा हुन पायको थियन, अनि रसियन, स्रिलन्कन सङग पनि एक्दम खुलेर कुरा हुन्थ्यो अब रोज रोज भै हालि. अरु बाकि हरु सङ्ग हाइ हेल्लो मै सिमित थियो, आज एूट Cathedral जाने घन्टा जति पेन्टिङ् गर्ने, अनि प्रेयर सुन्ने हाम्रो लागि लन्च पनि त्यहि ब्वस्था गरियको थियो। त्यसै अनुरुप हामि एक् हुल भयर ग्रुप लिडर Oliver को पछि पछि लाग्यो, हामिहरु Newark Street मा बसेका थियो, त्याहा बाट Market Street , Hotel Street हुदै Leicester Cathedral पुग्योउ, १० मिनेट मात्र लाग्ने रहेछ।

समयमै पुगियो, लेस्टर सिटिको प्रमुख आक्रशक मध्य एक रहेछ त्यो Cathedral तर मलाई भने मन्दिर मस्जिद सङ्रालय्हा चर्च स्तुपा यस्ता चिजले कहिल्य पनि मन लोभ्यान। काठमाडौंमा छ्दा पनि कहिल्यै मनले चाहेर पशुपती गैयन, बरु बिहान बिहान कहिलेकही त्यो बाटो हिड्दा - रुपैयाँ माग्नेलाई दिन्थे, मन त्यसइ हलुका हुन्थ्यो, जे होस् बन्काली जङल त्यो पशुपती डाँडाको भने आफ्नै कहानी , फुर्यो भने कुनै दिन साझामा लेख्नु पर्ला।

अहिले दिउसोको एक बजेको , सिमिसिम पानी अनी आकाशमा कालो बादल , इङ्ल्यान्डमा पानी नपर्ने दिन नै हुँदैन क्यारे, मलाई भने पानी परेको मौसम अतिनै रोमअन्चक लाग्छ, जब जब पानी पर्छ तब तब मलाई मेरो बाल्यकाल्को सम्झना आउछ, घरमा सिरक ओडेर बस्यो अनी त्यो पानिले जोड जोड सँग टिनको छानोमा हान्दा अनौठो किसिम्कको आवाज अऔथ्यो, साथीहरु छम्मा छम्मा छैया छैय..’ सुन्दै बस्थे भने अल इन्डिया रेडियोमा तेरी आन्खो कि सिवा दुनियाँमे रखा क्या है ……..’भन्ने जस्ता Oldies आँफैलाई हराउथे.. स्कुल जान पनि नपर्ने, के गर्ने घरमा छाता पनि थियन, एक दिन भिज्दै भिज्दै स्कुल गयको, स्कुलको स्थिती पनि त्यस्तै फेरी हाहा हा

, पानी Read Full Discussion Thread for this article