Posted by: Birkhe_Maila January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

सुचना:

आज चौतारी रसरंग प्रधानमा पुन: नियुक्ती पाएका श्री लहरेकान्त लाकौले टाँसेका गित संगीत र रसरंगलाई लिएर, चौतारीकै केहि व्यक्तीहरु द्वारा, निज लाकौललाई दुरोत्साहन गर्ने, मर्यादा हनन गर्ने, होच्याउने, दिगभ्रमीत तुल्याउने तथा जोश जाँगर खोसिदिने अबांछनिय, पूर्वाग्रही र बिरामी प्रयास भएको सन्दर्भमा, श्री लाकौललाई निजले देखाएको जोश तथा जाँगर चौतारी रसरंगको लागी अति नै प्रेरक, उत्साहवर्दक र रमणिय भएको कुरा जानकारी गराउन चाहन्छौँ। साथै, यस्ता बेला बेलामा आइपर्ने झटारो तथा छुच्चो मुखहरुबाट नडराइ, नअलमलिइ आफ्नो कर्तव्य पालना गर्न हामि हौसला दिन चाहन्छौँ! श्री लहरेकान्त लाकौलको निरन्तर चौतारी रसरंग सेवा पछि सम्म रहिरहोस हाम्रो शुभकामना छ!

धन्यवाद्

चौतारी मन्त्रिपरिषद्

Read Full Discussion Thread for this article