Posted by: mr.jomsom January 26, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
एक्लो सुनसान

आज किन किन,
आफूलाई एक्लो पाएको छु ।
हिमाली भेगको घर हुदाहुदै ।
माया गर्ने बुवामुवा हुदाहुदै ।
दिदीदाइ बहिनीभाइ हुदाहुदै ।
किन किन आफूलाई एक्लो पाएको छु ।

हल्लै हल्लाको यो सुनसानमा,
रूख बिनाको यो जंगलमा,
मानवता बिनाको यो समाजमा,
जति बढि अरूलाई सम्झन्छु ,
त्यत्तिनै एक्लो पाएको छु ।

भारी बर्षातको पिपल झै,
विशाल बाँढी बिचको चट्टान झै,
माऊ मरेको लैनो झै,
हजार कदमहरू बढेको बेला,
मेरो एक्लो कदम रुकेको छ ।

शोषकहरू बिचको यो खोक्रो देशमा,
हत्या, हिंसा, मानवताको नाममा,
भ्रष्टाचारीहरूको बदनाममा,
म आफू विल्कुलै रित्तिएर,
आज मेरो सुनसान एक्लो भएको छ ।
सुनसान एक्लो भएको छ ।
Read Full Discussion Thread for this article