Posted by: mr.jomsom January 26, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
हिंसा अनि शान्ति... ॐ ॐ ॐ

एउटा बग्ने नदिले,
म खेत बगाउँछु,
घर डुबाउँछु,
...... त पक्कै भनेन् ।
हावा गतिहिन भएर,
म धुलो उडाउँछु,
रुख लडाउँछु,
...... त पक्कै भनेन् ।

तर पनि नहुनु पर्ने भइरहन्छ !!!
अरु ठाउँमा त भयो भयो,
नहुनु पर्ने बुद्धको भुमिमा पनि भएको छ ।
अहिंसा पाठ बिर्से जस्तो ।
शान्तिको मार्ग भुले जस्तो ॥
पल्लो पाखा पनि भत्केकै छ ।
वल्लो पाखा पनि बगेकै छ ॥

आँधिबेहरी, अनि मानव निर्मित चक्रवातले,
भुमि भिजिएर रातिएकै छ ।
अनिश्चितताको समय चलेकै छ ।
कहाँको वादल कहाँ मडारिन्छ ?
कहाँको भुमि कहाँ पुग्छ ?
आखिर......,
लक्ष सागर भेट्ने ।
प्रयास महासागर बनाउने नै हो ॥
नदिलाई माटो त चाहिदैन् होला ।
गहिराई त महासागरको विशेषता नै हो ॥

तर पनि नहुनु पर्ने भइरहन्छ !!!
जति बुझ्यो त्यति जटिल,
यी भाषाहरू प्राकृतिक हुन या मानव निर्मित ।
तर आज म,
बुद्धको देशमा बुद्धु भएको छु ।
शान्तिको ठाउँमा हिँसा देखेको छु ॥

कुरुप पार्छन् अरुलाई,
राम्रो बनाउन आफुलाई ।
नपुगे बगाउँछन् रगत पनि ।
उल्टै भन्छन्,
शान्तिको लागि यो आवश्यक छ ।
उदाहरण अनि महाभारत बन्छ ।

तर मेरो प्रश्न एउटै छ,
शान्तिको लागि हिँसा महाभारतमा भयो,
अहिले हामीले किन गर्ने ?
साक्षि त भगवान स्वयं थियो,
अहिले को नै छ र ?
त्यसैले म त भन्छु,
हिँसा हिँसा नै हो,
चाहे शान्तिको लागि नै होस् ॥
Read Full Discussion Thread for this article