Posted by: mr.jomsom January 26, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
लम्ब कर्णको समय

जीवनको प्रश्नले, एउटा उत्तर माग्यो ।
कस्तो अनौंठो चित्र बिचित्रको लाग्यो ॥
खोज्छु कतैं, देख्दिन प्रश्न चिन्ह ।
अहो एऊटा कणको अर्थ भिन्न भिन्न ॥
हाँसेको देख्छु गम्भिर छ रहस्य ।
आश्चर्य मान्छ, हो कि होइन मनुष्य ॥

घरकै हो यो तराजु , किन बराबर छैन् ।
कतै त्यो ढक दुई किलोको त होइन् ॥
पल्टाएर हेर्छु कालो पर्दा लाग्छ ।
हरे यो के गरे चाँडै घाम भाग्छ ॥
लेखा जोखा यो अब कहाँ पो गरुँ ।
रातदिन कुन पलको भेट कसरी कहाँ भनुँ ॥

अरे कुन समय यो, त्यो त अदृश्य ।
भाइ दाइ कुन भनुँ स्वरुप नै रहस्य ॥
बासना यो अत्तरको त्यो त निश्चल ।
प्रतिबिम्ब पनि देख्दिन यो कस्तो हलचल ॥
बिछोड गरायौं तिमीले अब कहाँबाट लडुँ ।
भरोसा त्यो कहाँ भाग्यो आँशालाई कहाँ बोलाऊ ॥

प्रश्नहरु यस्तै थियो टुंगिएको अझैं होइन् ।
कुन उत्तर कुनको छुट्टयाउन सक्ने भइन् ॥
झरेको पात म कुन हावाले उडाऊला ।
छहारी नपाए कुन भूमिमा बिलाऊला ॥
पग्लनु, बग्नु र थुप्रनु अब कसरी सकुँ ।
हराएको एक भुजा त्यो म कहाँ खोजु ॥

ओह यो कस्तो बिडम्बना प्रश्नले प्रश्न उठायो ।
खड्कीएको उत्तरहरूले आज यो के गरायो ॥
Read Full Discussion Thread for this article