Posted by: mr.jomsom January 25, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
मेरो कलम देवकोटालाई .........

 एउटा कलमले
आफूले चाहेर लेख्ने भए ।
एउटा पानाले
आफूले चाहेर लेखाउने भए ।
आज यहाँ,
नराम्रो जन्मन नपाउदै; राम्रो हुर्की सक्थे होला ।
अश्लिलको तलाऊ नबन्दै; श्लिलको महासागर बन्थे होला ।
बगेको रगतले आफ्नो गन्तब्य भेटाउथे होला ।

तर बिडम्बना,
इश्वरको भेदभाव,
उभिन उनीहरूले सकेन ।
आफ्नै पाऊ पाउन सकेन ।
पाऊको महत्व भुल्नको लागि
हातको सहारामा बस्नु परेको छ ।
तर दु:खको कुरा,
हात पनि आफ्नो हैन ।
जबर जस्ती ल्याईएका हातहरू छन् ।
इच्छा नलागि नलागि,
उभ्याउन लगाउनेहरू,
बढि भन्दा बढि छन् इच्छाएको भन्दा ।

अरु त अरु
हेरन !
प्रतिकार गर्ने क्षमता पनि छैन् ।
ती कलम र पानाहरूमा ।
प्रकृतिबाट पनि ठगिएको छ ।
प्राण धान्ने श्वास पनि दिएको छैन् ।
यदि हावाको एउटा सानो
अंशमात्र पनि पाउने भए
उनिहरूले
बोलेरै देखाई दिन्थे होला ।
जिउँदै मरेकाहरूलाई
जगाई दिन्थे होला ।

अब,
एउटा सानो कल्पना गरौ ।
एउटा जालि जमिन्दारको
तमसुक लेख्ने कलम र पानालाई ।
एउटा निरर्थक समाचार लेख्ने
पत्रकारको कलम र पानालाई ।
कति पिडाँ बढेको होला ।
कति आँशु झरेको होला ।
लेख्न मन नलागि नलागि लेखेको होला ।
त्यसैले त
कहिले काहि
कलमले मसी ओकेलेर
आँशु झार्ने गर्छ ।
पाना च्यातिएर
पिडाँ दर्शाउने गर्छ ।
तर,
ओकेलेको मसी भित्र
डुबेको आँशु कसले देख्छ ।
च्यातिएको पाना भित्र
लुकेको पिडाँ कसले बुझ्छ ।
उनीहरूलाई पनि
कति छटपटि हुन्थ्यो होला ।
निर्दोष बर्षाले
जन्मदिनको दिन छटपटाउनु परेकोमा ।
उच्च अभिलाषा लिएको कर्माले
स्कूलबाट फर्कदा
गोली खाई लड्नु परेकोमा ।

त्यसैले हे प्रकृति,
मैले तिमीलाई केहि गुण लगाएको भए,
वजनपूर्ण बोल्ने शक्तिको साथ
बलियो प्रतिकार गर्ने क्षमता
ती कलम र पानालाई
बाँडि चुडिँ देऊ ।

बिचार गरौं न,
यी कलम र पानाहरू
इच्छा अनुरूप जब चल्न पाऊँदा,
इच्छा अनुसार कसैंले चलाई दिदा,
फैलिएको हर्षको सगरमाथा
नाप्न कुनै उपकरण छैन भनि
विज्ञानले पनि भन्थे होला ।

जब,
यो कलम र पानाहरूलाई
देबकोटाको अगाडि फिजिएर बस्न पाउँदा
कति आनन्द लाग्थ्यो होला ।
थकित अनुहार देखिएन होला ।
महान महाकोब्यहरू रच्न पाउँदा,
मदनसँग भोटको उकालो लाग्दा,
मुनाको आँखाको आँसुसँगै बग्दा
कुन बिस्मातमा
कुन आनन्द लियो होला ।
यी कलम र पानाको
आफ्नै इच्छाले पनि साथ दिएर त होला ।
सायद,
शंकर लामिछानेको
निबन्धमा दरिलो भाव भएको ।
संस्मरणहरू ओझपूर्ण भएको ।
भूपि शेरचन
अर्थपूर्ण कविताको कवि भएको ।
त्यसै त्यसै गरि
राम्रा राम्रा
गहकिलो,
संवेदनशिल,
ज्ञान बर्धक,
साहित्यहरूले
परिचय दिएको छ साहित्यकारहरूको ।

त्यसैले पनि
हे इश्वर
तिमी मलाई केहि दिन चाहन्छौ भने
मेरो सट्टा
त्यी महान साहित्यकारहरूलाई
कलम र पाना देऊ ।
मिलन गराई देऊ उनीहरूलाई ।
एउटा खण्डकाब्यको सिर्जना होस् ।
जसमा वास्तविक कर्म गुञ्जियोस ।
अनि भावि पिढीले राहत पाऊन ।
यदि तिमीसँग छैन भने,
लिऊ यो कलम देवकोटालाई देऊ
भोकाएको पानाहरूलाई शंकर देऊ ।
Read Full Discussion Thread for this article