Posted by: gwanche January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

सबैलाई जदौ! तथा सबैको शुक्रबार मङ्गलमया होस!

 

चौतारी स्वस्थानी व्रतकथा - ११
वाचक - गालब



यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

'हेलो कुमारजी! के छ?'
'ठिक छ हो। तिमी काँ गा' यार? म स्वस्थानी भन्नलाई कुरिरा'छु, झन सुन्नी मान्छे नै गायब भन्या!'
'हेर्नु न, हिजो राति अबेरसम्म अड्डा जमा'को; उठ्न पनि ढिलो भयो। बाहिर हेर्या, हिउँ परिरा' रच। अब फोनबाटै भएनि स्वस्थानी सुन्न पर्यो भनेर।'
'फोनबाट के स्वस्थानी सुन्छौ यार! पैसा धेरै उठ्ला नि! बरु आऊ न यतै। तिमी आउन्जेलमा एअर कन्डिसनरले कोठा तता'र राखम्ला।'
'हैन ठिकै छ। हिजोको ह्याङओभरले गर्दा हिंड्नी जाँगर नि छैन। अनि आज पुस महिनाको लास्ट दिन र'च। यो महिनामा बेसिक-चार्ज बराबरको फोन पनि गर्या रैनचु। अँझ यो पुसभित्र नचलाए ल्याप्स् हुने प्वाइन्ट पनि थुप्रो छ। आज चैं फोनबाटै चलाम् मिल्छ भने।'
'मिल्न त के नमिल्नी थ्यो र! तिमी आयौ भने स्वस्थानी सकिएसि यसो जाडो मनाम् भनेर २-४ बोतल मगाउनी बिचार गर्या थिएँ। ठिकै छ, त्यो प्लान भोलिलाई पोस्टपोन् गर्दिम्ला। बरु भन के विषयमा सुन्न मन छ।'
'कुमारजी! मलाई सधैं तपाईंकै मुखबाट सुन्न मन लाग्या' एउटा कुरा छ। त्यो के भने तपाईं र गणेशबीच कस्को पूजा पहिले गर्ने भनेर कम्पिटिसन भा' कुराको वास्तविकता के हो, यसो बयान गर्दिनुस् न।'
'ह्या के सुन्चौ यार त्यस्तो कुरा नि? मलाई मा'देउ बुढाले लास्टै -याग गरदिया हुन् नि त। मप्रति कम्ती अन्याय भा'छ? त्यो कारणले अहिलेसम्म हामी बाउछोराको बोलचाल नै बन्द छ।'
'हो र? खास भा' चैं के हो?'
'लौ अब करै गर्छौ भने भन्दिम्ला के भो र? मेरो कुरा सुन्ने तिमी बाहेक को छ र? बास्तवमा कुरा के भने गणेशे र मलाई एउटा सत्येनारायणको पूजामा निम्तो आ'थ्यो। त्यो पूजामा हामीले गर्न पर्नी भन्या' बाहिर बसेर कथा सुन्दिनी र भक्तहरुको हातको टीका र दक्षिणा थाप्नी। कुरो काँ' रड्कियो भने त्यही टीका लगाउनी बेलामा। पूजाका आयोजकहरुले इन्भाइटेड सबै देउता गेस्टहरुको नेमलिस्ट बना'रचन्। अनि त्यै लिस्टमा नाम भा' रोल क्रम अनुसार हाम्रो पूजा गर्ने, टीका लाउने कुरामा सल्लाह भा'रच। अब, यत्रो देउता छन्, कोबाट सुरु गर्ने भन्ने कुरालाई लिएर अर्गनाइजरहरुले पनि लामै छलफल गर्या' रचन्। लास्टमा केही नलागेर अल्फाबेटिकल अर्डरमा सबै देउताको नामहरु लिस्टअप गर्ने र त्यही लिस्टको रोलमा टीका लगाउनी सहमति भएच। भनेपछि, मेरो नाम 'क'बाट शुरु हुनी भा'भर, गणेशेभन्दा अगाडि परेछ। अनि त "म जेठोको पूजा नै नगरी मेरो भाइ कुमारको पूजा कसरी हुन्छ?" भनेर खोते थाप्न थाले।'
'ए! यति सानो कुरामा के माइन्ड गरिरा' होलान् त नि गणेशजीले पनि?'
'त्यही त। एकदम ठिस् छ के। जल्ले पहिले लाएनि लगाउनी त्यही टीका हो। दक्षिणामा हेरफेर हुनी हैन क्यारे! त्यै पनि खुब रडाको मच्चाउन थाल्यो। अनि त मलाई पनि झोंक चल्यो नि। अनि मैले पनि पूजा चैं मेरै पहिले हुनुपर्छ भनेर अडिग लिन थालें। आखिर कुरा हाम्रा बाको कानमा पुगेछ। अनि बुढाले हामीलाई बोला'र मार थर्काए, "दुई पैसोमा ईज्जत फाल्ने बज्जिया' हो" भन्दै। गणेशेले फेरि बाउको अगाडि पनि "मे तपाईंको जेठो छोरो हुम्। मेरो पूजा पहिले हुनुपर्छ" भन्न थाल्यो। बाले "देउतालाई जेठो कान्छोको के मतलब? म कहिल्यै मरेर जाने भए पो जेठो छोरोको भएको नाताले तैंले मेरो कार्यकाज चलाउन पर्च भनेर तलाई बढ्ता ईज्जत र जिम्मेवारी दिने कुरा आउँछ। मलाई यो जेठो-कान्छोको कुराले कुनै डिसिजन दिन मन छैन" भने। त्यो गणेशे पनि हात्तीको टाउकोभित्र भेडाको गिदी भरिएको; ज्यान गए मानेन। अनि बालाई पनि झ्याउ लागेछ, गणेशेलाई मोरालाई हराइदिन्छु भनेर "यो पनि कति टेन्सन् दिन सक्दोर'छ? ल, जो सुमेरु पर्वत घुमेर पहिले आइपुग्छ, त्यसको पूजा पहिले हुन्छ। ल जाओ अहिले नै" भनेर कम्पिटिसन गर्न लगाए। त्यो गणेशे चैं के गरम् के गरम् भएर बसिरा'थ्यो। अब ज्यान हेर्यो भक्तहरुले चढा'को हाई-फ्याट् दूध पिई पिई भुँडी लागेर त्यस्तो छ। त्यसमाथि पनि मुसोमा चढेर कहिले रेस् पुरा गर्नी? अनि म त हिंडे क्यारे। फर्केर आउँदा त आफ्नो सत्यानास। मुलाले बाउलाई गाँजा र छ्याङ् ल्याएर दिएछ। हाम्रो बाउ सुड्डो पनि गाँजा भनेसि हुरुक्कै। मख्खै परेचन् नि! गणेशेले रेस् हापेर ठेगान लागेछ भन्ने सोचेचन्। अनि, "ल गणेश तैंले रेस् रिटाएर् गरिस् जस्तो छ। गाँजा र छ्याँङ् पनि खुवाइस्। मलाई खुसी लाग्यो। ल वर माग्।" भनेचन्। कस्तो रयागिस्ट् भने, कमसेकम रेस् सकिएसि वरदान दिया भए नि हुन्थ्यो नि। गणेशेले के मागुँ के मागुँ भइरा' बेलाँ मुसोले "देउताहरुमा सबभन्दा पहिले पूजा मेरो होस्।" भनेर माग भनेर आइडिया दिएछ। अनि त कुरा त्यही त हो नि! उसले रेस् नदौडिकन खोज्या कुरा पाइहालो। म फर्किंदा त म चैं हेर्या हेर्यै। त्यही भ'र हेर अगस्त्य, यो हाम्रो संस्कार भनेको देउतादेखि दानवसम्म, दानवदेखि मानवसम्म सबै मतिभ्रष्ट छन्। चाकडी गरे जे पनि पुग्छ। कहाँ कति बेला षडयन्त्र हुन्छ थाहा छैन; होस गर है!'
'तर कुमारजी, तपाईंलाई घाटै मात्रै भा' त छैन नि! रम्भाजीलाई त्यही बेलाँ सुमेरु पर्वतमा भेटा'र ल्या' हो रे नि त!'
'हाहाहा! काँबाट थाहा पाउँछौ यार? हेहेहेहेहेहेहेहे! तिमीपनि जासुस रहेछौ।'
'अस्ति, "अप्सरा मासिक"मा पढ्या थिएँ तपैंको लभस्टोरी!'
'हाहहा! मैले सुमेरु पर्वतमा रम्भालाई भैटेर पट्याएको कुरा कष्यप ऋषिलाई बाहेक अरुलाई भन्या थिइन। कसरी त्यो पत्रिकामा पुगेछ?'
'तपाईंलाई थाहा छैन? कष्यप ऋषि त हुन् नि अहिलेको "अप्सरा" को प्रधान सम्पादक भा'छन्। २ महिना भो नियुक्ति भा'।'
'ए बरबाद पारेछ नि! साँच्ची आजभोलि त्यो पत्रिकाको कभरमा कसको फोटोहरु आउँछ? हाम्रा पालामा त उर्वर्शी थिइन् क्यारे टप मोडल। अब, अहिले बुढो भइयो। त्यो पत्रिका पनि पढ्नै छोडियो।'
'नयाँ परीहरु आइरा'छन्। अलि नयाँ खालको मोडल चाहियो भने त्यही उत्पत्ति गराइदे भइगो। सजिलो छ नि त स्वर्गबाट पत्रिका निकाल्न।'
'ए रम्भा!!! हेलो!! तिमी पल्लो कोठाको सेटबाट हाम्रो कुरा सुनिराख्या हो?'
(महिलाको स्वर) 'हजुर! कोसँग यति लामो समयसम्म गफ गर्नुभा' होला भनेर सुनिहेर्या नि!'
'हेत्तेरिका! यो घरमा प्राइभेसी भन्नी कुरै छैन्। आर्काको फोन कन्भर्सेसन् पनि लुकीलुकी सुन्नी हो? देउता त यस्ता असभ्य छन् भने यो देशका मान्छे कस्ता हुनी भन्या ??!! खाली नचाहिंने कुरा गरेर रिस उठाइदिन्छन्'
(क्लिक्क)
'हेलो कुमारजी!! हेलो! हेलो!!! फोन राख्देचन्। रिसाए जस्ता छन् बुढा। बल्ल रोमान्टिक कुरा आइरा'थ्यो; भाउजूलाई पनि यै ट्याममा फोन सुन्न आउन पर्नी भन्या'
(अगस्त्यमूनितिर क्लिक्क)


इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकादशम् अध्याय॥११॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।

 


 

 

 

जय राम जि की

 

 

 

 

 


Read Full Discussion Thread for this article