Posted by: shirish January 24, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
तीस लाखको भोज

सुजाताका एक छोरा र एक छोरी छन् । छोरा आन्दर््रर्ेइ सिर्द्धार्थ जोस्ट र पति नोबर्ट अचेल जर्मनीमै बस्छन् । छोरी मेलानीको चाहि“ २००६ जुलाईमा नया“ बानेश्वरस्थित होटल एभरेस्टबाटै भव्य बिहे गरिएको थियो, भोजमा चार हजार मान्छे आमन्त्रित थिए । त्यसका निम्ति ३० लाख रुपिया“भन्दा बढी खर्च गरिएकोे थियो ।

मेलानीको बिहे बङ्गलादेशको र ाजधानी ढाकाको चिस्तिया प्यालेस र ोड नं ५/ए बस्ने सेर्रर्-इ-क्वाजा अनवरुल हक चौधरीका छोरा रुबेल चौधरी, ३१, का साथ भएको थियो । उनीहरूले ०६३ मङ्सिर १७ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौ“मा ँकोर्ट म्यारिज’ गरेका थिए ।

जन्मदर्ता नेपालमा

अनस्ट-ए-मोइन कोइराला चौधरी । नेपाली समाजमा अनौठो लाग्ने यस नामको शिशुको जन्मदर्ता काठमाडौ“ जिल्ला महाङ् काल गाविस कार्यालयमा गत असार ११ गते भएको छ । बाबुको नाम रुवेल चौधरी र आमा मेलानी रोसा जोस्ट कोइराला । बाबुको स्थायी ठेगाना ः महाङ्काल-८ । अस्थायी ठेगाना ः ऐ । नागरकिता ः बङ्गलादेशी ।

पञ्जिकाधिकारी जन्मदर्ता किताबमा पिताको थर चौधरी अनि आमा जोस्ट कोइराला लेखिएको छ अनि शिशुको थरमा कोइराला पनि मिसाइएको छ । तर, ०६३ मङ्सिर १९ गते जिल्ला प्रशासन कार्यालयमा रुबेल र मेलानीको विवाह दर्ता प्रमाणपत्रमा भने मेलानी रोसा जोस्ट मात्र लेखिएको छ, कोइराला उल्लेख छैन । अनि, बङ्गलादेशी पिता रुबेलको स्थायी ठेगाना भने महाङ्काल-८ लेखिएको छ । शिशु, प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाका पनाति अनि सुजाता कोइरालाका नाति हुन्  ।

बङ्गलादेशी पिता र जर्मन माताको नवजात शिशुको असार ११ गते दिउ“सो पिता चौधरीसमेत गाविस गई दस्तखत गरेपछि जन्मदर्ता गरेको महाङ्काल गाविस सचिव हरबिहादुर कार्कीले जानकारी दिए । चौधरीले नर्भिक अस्पतालमा जेठ १९ मा जन्मिएको शिशुको अस्पतालले 'डिस्चार्ज' गर्दा दिएको प्रमाणपत्र र 'कोर्ट म्यारजि'को प्रमाणपत्रको प्रतिलिपि पेस गरेका थिए ।

नेपालमा विदेशी र स्वदेशी नागरकिको जन्मदर्ता अलग-अलग गर्ने व्यवस्था छैन । अधिवक्ता टीकाराम भट्टर्राईका अनुसार, नागरकिता ऐन २०६३ मा जन्मका आधारमा नागरकिता दिने व्यवस्था छ । "वर्तमान ऐनले ०४६ चैत मसान्तसम्म नेपालमा जन्मेका व्यक्तिलाई नागरकिता दिने व्यवस्था गरेको छ," भट्टर्राई भन्छन्, "अहिले जन्मदर्ता गरेकै आधारमा नागरकिता पाउने कानुन भविष्यमा बन्दैन भन्न सकिन्न ।"

विश्लेषण


भरत दाहाल
सुजाता परिघटनाले दिएको सङ्केत

के छोरी भएकै कारण मात्र गिरजिाप्रसाद कोइरालाले सुजातालाई मन्त्री -अथवा भनौ“ छाया प्रधानमन्त्री) बनाएका हुन् - छोरी भएकीले उनी प्रधानमन्त्री कोइरालाको सबभन्दा भरपर्दो हुनसक्नु त स्वाभाविक छ तर अहिलेको विस्फोटक अवस्थामा नकारात्मक छवि बोकेकी छोरीलाई पारविारकि कारणले मात्र यस ठाउ“मा ल्याउने आ“ट गर्न कोइरालालाई समेत गाह्रो छ ।

सेना र वंशवाद

सुजाता नियुक्ति प्रकरणको तथ्यपरक विश्लेषण गर्न केही घटनाक्रमहरूलाई हर्ेर्नुपर्छ । यसबीच देशमा संविधानसभाको निर्वाचन दर्ुइपटक सरेको र संविधान तीनपटक संशोधन भइसकेको छ । तैपनि, न निर्वाचन हुनसक्ने वातावरण बनेको छ, न त अन्तरमि संविधानसम्बन्धी विवाद नै कम भएको छ । सात दलभित्रको कचिङ्गल, जातीय-साम्प्रदायिक द्वन्द्वहरू, आपराधिक घटनाहरू, सरकारको अक्षमता र दलहरूविरुद्धका आक्रोश गुणात्मक रूपमा बढिरहेका छन् ।

यस स्िथतिले गर्दा हालसम्म सात दलवरपिर िकेन्द्रित रहेको शक्तिसन्तुलन र राजनीतिक समीकरण विस्तारै नेपाली सेनाको वरपिर िकेन्द्रित हुन थालेको छ । विशेषगरी नेपालको राज्यसत्तालाई आफ्नो हितका पक्ष्ँमा राख्न प्रयत्नरत् देशी-विदेशी शक्तिकेन्द्रहरूले सेनालाई भरोसा गर्न सकिने स्िथर शक्तिका रूपमा देख्न थालेकाले अहिलेको राजनीतिमा सेनाको महत्त्व ह्वात्तै बढेको हो ।

नेपालको राजनीतिमा निर्ण्ाायक स्थान लिएका विदेशी शक्तिहरूले सेनालाई र्सवाधिक महत्त्व दिएको खण्डमा त्यसैस“ग अभिन्न रूपमा जोडिने राजनीतिक नेतृत्वको समस्यालाई पनि हल गर्नुपर्ने हुन्छ  । मुख्य गरी सेनाले पछिल्तिरबाट सहयोग गर्ने गरी राज्य चलाउने हो र सैनिक शासनको प्रत्यक्ष दिशाबाट पनि नजाने हो भने नया“ राजनीतिक नेतृत्व स्वाभाविक रूपमा आवश्यक हुन्छ । यो आवश्यकता पर्ूर्ति गर्ने केही सम्भावनाहरूमध्ये एक सुजाताको उत्थान पनि हुनसक्ने आकलन बढी भरपर्दो देखिन्छ ।

यो सम्भावनास“ग जोडिएको पहिलो वास्तविक तथ्य सुजाता र सेनाका जर्नेलहरूको सोचाइमा देखिएको समानता हो । माओवादी र सेना समायोजनको विरोध, संविधानसभाप्रतिको अरुचि, राजसंस्थाको पक्षधरताजस्ता अहिलेका चर्चित विषयहरूप्रति दुवैको समान धारणा छ । यस कोणबाट हर्ेदा सेना र सुजाता 'ब्रान्ड'को राजनीतिक नेतृत्वबीच सन्तुलन मिल्ने देखिन्छ ।

दोस्रो वास्तविकता के हो भने काङ्ग्रेसभित्र हिजो शेरबहादुर देउवाको सेनास“ग जस्तो घनिष्ठता थियो, त्यो ठाउ“ अहिले सुजाताले लि“दै गएकी छन् । रुक्माङ्गद कटवाललाई प्रधानसेनापति बनाउन सबभन्दा बढी दौडधुप गर्ने सुजाता काङ्ग्रेस र सेनाबीच रहेको परम्परागत अविश्वासलाई पर्ुर्ने र मित्रताको कडी जोड्ने विश्वसनीय माध्यम हुन सक्छिन् ।

लक्षणहरू देखिए अनुसार यदि काङ्ग्रेस, सेना र बाह्य शक्तिहरूबीच सम्भावित राजनीतिक मोडबारे ठोस सहमति भएको हो भने त्यसलाई कार्यान्वयन गर्न सेनालाई स्वीकार्य हुने राजनीतिक नेतृत्व अगाडि र्सार्न काङ्ग्रेस बाध्य हुनेछ । आउ“दो चैतमा संविधानसभा निर्वाचन नहुने र सातदलीय गठबन्धन औपचारकि रूपमै भङ्ग हुने स्िथतिमा आफ्नो अस्ितत्व र सत्तँरक्षाका लागि काङ्ग्रेसस“ग यसभन्दा राम्रो विकल्प रहने पनि छैन ।

संसद्वादी दलहरूले माओवादीको पेलानमा परेर काम गर्नु पररिहेको भन्ने बाह्य राष्ट्रहरू र सुजाताको चित्त दुःखाइ पनि उस्तै छ  । तर्सथ, अब सेनाको साथ लिएर सुजाता वा यस्तै कुनै ब्रँन्डको 'लोकतान्त्रिक नेतृत्व' अगाडि सार्दा अन्तर्रर्ााट्रय र्समर्थन हासिल गर्न सजिलो हुन्छ र काङ्ग्रेस-सेना-दरबारबीच टुटेको कडी पनि जोडिन्छ । त्यो सम्भावित 'राष्ट्रिय मेलमिलाप'को राजनीतिक आधारचाहि“ २०४७ सालको संविधानको पुनःबहालीसमेत हुनसक्छ । त्यो संविधान खारेज गर्नु गल्ती भएको र अन्तरमि संविधान घा“डो हुन पुगेको अनुभूति र अभिव्यक्ति सुजाताबाट मात्र होइन, पिता-प्रधानमन्त्रीबाट समेत आइसकेको छ ।

सुजाताको उत्थानको तयारीका आधारभूत कारण यिनै देखिन्छन् । तर, कोइराला खानदानभित्र एकसेएक व्यक्तित्वहरू हु“दाहु“दै छनोटमा सुजाता नै पर्नुको अर्को महत्त्वपर्ूण्ा कदमतर्फपनि ध्यान जानर्ुपर्छ  । त्यो हो, दक्ष्ँिण एसियाली राजनीतिमा वंशवादको प्रभाव । यस क्ष्ँेत्रमा कायम रहेको कविला संस्कृति र न्यून चेतनास्तरका कारण राजनीतिमार् इष्र्या र द्वेषको गहिरो छाप देखिने गर्छ । तर्सथ, वंश परम्पराभन्दा बाहिरबाट निर्माण भएका शक्तिहरू राजनीतिमा विरलै सफल भएका छन् र अपवादका रूपमा मात्र स्थायित्व हासिल गर्न सकेका छन् ।

भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, भुटान सबै वंश परम्पराको प्रभावबाटै चलिरहेका छन् । भारतमा नेहरू-गान्धी परविार, पाकिस्तानमा भुट्टो परविार, बङ्गलादेशमा शेख हसिना र खालिदा परविार, नेपालमा कोइराला परविार, भुटानमा जिग्मे परविार आदि यसका उदाहरण हुन्  । बर्माकी आङ् सान सुकी र श्रीलङ्काकी चन्द्रिका कुमारातुङ्गा पनि पारविारकि राजनीतिबाटै आएका हुन् । सुजातालाई अहिलेको विशिष्ट मोडमै स्थापित गर्दा प्रस्तावित समीकरणका सहयोगी सबै देशी-विदेशीको मद्दतले पार्टर्ीीत्रको असन्तुष्टिलाई साम्य पार्न सकिने निष्कर्षकोइरालाले निकालेजस्तो देखिन्छ । यसो हु“दा राजनीतिको लगाम वंशभित्रै रहन पाउने पनि भयो ।

Read Full Discussion Thread for this article