Posted by: shirish January 24, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

ँअरू कोही सक्षम थिएनन् भन्ने होइन’


चक्रप्रसाद बा“स्तोला, काङ्ग्रेस नेता

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पछिल्लोपटक विनाबिभागीय मन्त्रीका रूपमा छोरी सुजातालाई नियुक्त गर्नुभयो । यसले काङ्ग्रेस पार्टर्ीीत्र कस्तो प्रभाव पार्छ -

कसलाई मन्त्री बनाउने भन्ने अधिकार प्रधानमन्त्रीस“ग हुन्छ । तथापि, हाम्रो परम्परा र अहिले मुलुकको राजनीतिक अवस्थाका कारण यसमा टीकाटिप्पणी गर्ने ठाउ“ छ । छोरीलाई मन्त्री बनाएकामा असन्तोष पनि होला । तर, सुजाता प्रधानमन्त्री कोइरालाको छोरी मात्र होइनन्, महिला पनि हुन् । पार्टर्ीीे सक्रिय राजनीतिमा पनि छिन् । त्यो पक्षभन्दा पनि उनले र्सार्वजनिक रूपमा दिने अभिव्यक्ति र त्यसले सरकारमा ल्याउन सक्ने असामन्जस्यताले प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्न सक्छ ।

प्रधानमन्त्री कोइराला पार्टर्ीीभापति पनि हुनुहुन्छ । के यस्तो निर्ण्र्ाागर्दा पार्टर्ीीेन्द्रीय समितिमा छलफल गरि“दैन -

हाम्रो पार्टर्ीी नेतृत्वले गरेको निर्ण्र्ाााथि प्रश्न उठाइ“दैन । गिरजिाबाबु मात्र होइन, किसुनजी अथवा गणेशमानजीमा पनि त्यस्तो प्रवृत्ति देखियो । उहा“हरूको पुस्तामा देखिएको त्यो प्रवृत्ति त्यही“ सकिनेछ । त्यसपछिको पुस्तालाई यस्तो व्यवहार मान्य होलाजस्तो मलाई लाग्दैन ।

काङ्ग्रेसको पछिल्लो निर्ण्र्ााे छ दशक लामो इतिहास बोकेको र प्रजातन्त्र स्थापनाका लागि सङ्र्घष्ाले खारिएको पार्टर्ीीत्र योग्य व्यक्तिहरूको अभाव रहेको देखिएन र -

काङ्ग्रेसमा पुरानो पुस्तादेखि नया“ पुस्तासम्मका क्रियाशील र योग्य मान्छेहरूको अभाव छ भन्ने मलाई लाग्दैन ।

दक्षिण एसियामा व्याप्त वंशवादको राजनीतिलाई प्रधानमन्त्री कोइरालाले पनि छोरीलाई मन्त्री नियुक्त गरेर निरन्तरता दिन खोजेको देखि“दैन -

दक्षिण एसियामा वंशवादको राजनीति 'हाइपोथेसिस'स“ग जोडिएको छ । राजनीतिक इतिहास, स्वभाव, प्रकृति भएका सीमित परविारहरू छन् । तिनीहरूमा चामत्कारकि नेतृत्व छ र त्यस्तो नेतृत्व परविारकै निरन्तरतातिर अग्रसर हुन्छ भन्ने धारणा छ । तर, यसको पछाडि तर्क पनि हुन्छ । परम्परागत नेतृत्वमा चामत्कारकि गुण आवश्यक हुन्छ  । कुनै परविारमा इतिहास वा व्यक्तिको चामत्कारकि नेतृत्वशैलीका कारण निरन्तरता दिइन्छ । तर, यथार्थ नै त्यही हो भन्ने छैन । त्यस्तो नेतृत्वशैली नहु“दानह“ुदै कसैलाई अगाडि बढाउन खोजिन्छ भने त्यो लथालिङ्ग हुन्छ ।

अनुभवी राजनीतिज्ञ कोइरालाले आफ्नी छोरीमा त्यही चामत्कारिक नेतृत्वको गुण देख्नुभयो कि -

राजनीति गररिहेकी छोरीलाई पार्टर्ीी सरकारमा अगाडि बढाउनु बाबुका रूपमा कोइरालाको कमजोरी होला तर त्यो स्वाभाविक पनि हो । त्यसो गर्दा पार्टर्ीी अरूलाई न्याय भयो कि भएन भन्ने कुरा मात्र हो । तर, काङ्ग्रेसमा अरू कोही सक्षम व्यक्ति थिएनन् भन्ने होइन ।

पार्टर्ीीेतृत्व र सरकारमा छोरीलाई ल्याएपछि पार्टर्ीीङ्क्ति ँडिमोरलाइज’ हु“दैन -

र्सवत्र नया“ नेपाल निर्माणको कुरा भइरहेको छ । गणतन्त्रको कुरा भइरहेको छ । गणतन्त्र भनेको के हो - गणतन्त्र भनेकै परविारशाहीको अन्त्य हो । आफ्नो वाणी र व्यवहारले गर्दा शैलजाले कुन हविगत बेहोर्नुपर्‍यो - तर, त्यस्तै वाणी दि“दा सुजाता पुरस्कृत भइन् । यस्तो किन भयो - यो पार्टर्ीीेत्ाृत्वलाई सोध्ने प्रश्न हो ।

विवादास्पद विगत

माधव ढुङ्गेल

एक साताअघि बिनाविभागीय मन्त्री नियुक्त सुजाता कोइराला काठमाडौ“को मण्डिखाटारमा झन्डै अढाइ रोपनीको कम्पाउन्डसहितको

महलमा बस्िछन् । तर, त्यो उनको होइन रे † सरकारी कागजात पल्टायो भने उक्त घरजग्गा शशि अग्रवालका नाममा रहेको देखिन्छ, जो शशिविनोद अग्रवाल -चैनवाला)की पत्नी हुन् । पा“च वर्षघि गठित सम्पत्ति आयोगलाई उनले आफू त्यहा“ भाडामा बसेको जवाफ दिएकी थिइन् ।

सुजाताले पहिले चढ्ने गरेको स्यान्ट्रो कारसमेत किशोर खनाल भन्ने युवाको नाममा भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका बारेमा छानबिन नै स्थगन गर्‍यो । उक्त गाडी किन्न हिमालयन ब्याङ्कबाट तिनै किशोरका नाममा ऋण निकालिएको समेत भेटियो । त्यसयता सुजाताले दुइटा मोटर फेरसिकेकी छन् । सम्भवतः ती मोटर पनि अरूकै नाममा छन् ।

एउटा पर्स किन्नका निम्ति ३४ हजार रुपिया“, चस्माका लागि ६० हजार र हाते ब्यागका निम्ति एक लाख ३४ हजारसम्म खर्चिन्छिन् सुजाता - हर्ेर्नुस्, गत असार ३ गतेको नेपालमा बिलसहितको रपिोर्टिङ्)  । सामान्य चीजबिजमा त्यति धेरै रकम बगाउने सुजाताको दैनिक जीवनयापन झन् कति खर्चिलो होला, सहजै अनुमान लगाउन सकिन्छ । फेर िकाङ्ग्रेसका कोही तरुण विदेश जानु परोस् वा कोही बिरामी होस्, जोकोहीले आर्थिक सहयोगको सजिलो स्रोतका रूपमा सुजातालाई नै सम्झन्छन् । रोचक के छ भने त्यत्रो रकम खर्च गर्ने सुजातास“ग वैधानिक रूपमा न आफ्नो घर छ, न त अथाह सम्पत्ति ।

व्यक्तिगत सम्पत्ति नदेखाउने सुजाताको आर्थिक स्रोत के हो त - मन्त्री भइसकेपछि पनि उनले प्रस्ट पारेकी छैनन्, न त प्रधानमन्त्री-पुत्रीलाई कुनै निकायले सोध्ने आ“ट गरेको छ । तर, सरकारी नियुक्ति, सरुवा-बढुवा होस् वा सरकारी ठेक्कापट्टा, सबैमा उनको रुचि देखि“दै आएको छ  । विदेश पठाउने र धर्मपुत्र-पुत्री बेचबिखन गर्नेदेखि रक्तचन्दनको व्यापारसम्मका धन्दामा उनको नाउ“ जोडिन्छ ।

प्रधानमन्त्री कोइरालाले समेत पार्टर्ीीे सबै आर्थिक कारोबार कोषाध्यक्षमार्फ नभई सुजाताकै हातबाट गर्ने-गराउने अघोषित व्यवस्था मिलाएका छन् । पिताको शक्ति र अपारदर्शी ढङ्गबाट आर्जित अर्थ-बलका आडमा पार्टर्ीीै कब्जा गर्ने अभियानमा सुजाता लागेको उनका विरोधीहरूको आरोप छ, जसको पत्यारलाग्दो खण्डन उनको मुखबाट सुनिएको छैन ।

विगत र आगत

गिरजिाप्रसाद कोइरालाकी एक्ली सन्तान हुन् सुजाता । २०११ असोज ९ गते जन्मेकी उनले भारत, कोलकाताको शान्ति निकेतन स्कुलमा पढिन्  । नोबेल पुरस्कारविजेता कवि रवीन्द्रनाथ टैगोरद्वारा स्थापित शान्ति निकेतन आदर्श शिक्षा दिन कहलिएको छ । सानी छ“दा सुजाता पनि फुइ“ नगर्ने र शालीन स्वभावकी भनेर चिनिन्थिन् । उनको उच्चशिक्षाचाहि“ त्यति राम्रो हुन सकेन । भारतमा टेक्सटाइल डिजाइनिङ्को छमहिने डिप्लोमा गरेकी उनले केही समय यसैसम्बन्धी काम गरनि् ।

३० वर्षघि जर्मन नागरकि नोबर्ट जोस्टस“ग विवाह गरेपछि सुजाता जर्मनीमै बस्न थालिन् । उसबेला पिता प्रवासमै भएकाले फुपू इन्दिरा आचार्य -शैलजाकी आमा) ले काठमाडौ“बाटै उनको बिहे गरििदएकी थिइन्  । कृषिर्-अर्थशास्त्री नोबर्ट राष्ट्रसङ्घीय विकास कार्यक्रम -यूएनडीपी) अर्न्तर्गत भारतमा काम गर्थे ।र्

जर्मनीको बर्लिनस्िथत इर्‍यासमस रोडमा रहेको एकतले घर सुजाता-नोबर्टको स्थायी थलो थियो । ०४८ सालको चुनावअघि एकपटक नेपाल आएकी सुजाता करबि १५ दिनमै जर्मनी फर्किइन् । पिता गिरजिाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि पनि उनी बेलाबखत मात्र आउ“थिन्, पिताको साथ लागेर विदेश भ्रमणमा जान्थिन् अनि जर्मनी नै र्फकन्थिन्  ।

-अहिले नोबर्ट जोस्टस“ग सुजाताको औपचारकि सम्बन्ध के-कस्तो रहेको छ, त्यो त प्रस्ट छैन तर जानकार स्रोतहरूको भनाइमा जर्मनी सरकारका लिखतहरूमा हालसम्म उनी जर्मन नागरकि नै रहेको देखिन्छ  । कतिसम्म भने राजा ज्ञानेन्द्रले सत्ता हत्याएलगत्तै ०६१ माघ २३ गते बिहान भारततर्फलुकेर भाग्नुअघि उनले आफ्नो जर्मन पासपोर्ट आफूले 'सेल्टर' बनाइआएको प्रहरीका एक र्सइको मैतीदेवीस्िथत घरमा जलाएकी थिइन् ।)

जब सुजाता नेपालमै बस्ने उद्देश्यका साथ बालुवाटार भित्रिइन्, उच्चपदस्थ कर्मचारीहरूको सरुवा-बढुवा, राजनीतिक नियुक्ति र व्यापारीहरूस“ग लेनदेनको काममा रुचि देखाउन थालिहालिन् । त्यतिञ्जेल उनमा राजनीतिक महत्त्वाकाङ्क्ष्ँाचाहि“ खासै नदेखिएको एक निकटस्थ बताउ“छन्  । उनका अनुसार, पञ्चायतकालमा प्रवासमा बस्दा कोइराला परविारका थुप्रै सदस्यहरूले राजनीतिमा चासो देखाए पनि सुजातामा त्यस्तो रुचि पटक्कै देखिन्न थियो । जर्मनीबाट आक्कलझुक्कल नेपाल आउ“दासम्म महेश आचार्यस“ग सुजाताको राम्रै सम्बन्ध थियो । प्रधानमन्त्री पितास“गै पहिलोचोटि विराटनगर विमानस्थलमा उत्रि“दा उनले महेशस“ग भनेकी थिइन्, "मलाई त भीडदेखि नै डर लाग्छ । "

बालुवाटारमा राजनीतिक मान्छेहरूस“ग उठ् बस बढ्दै जा“दा त्यो 'डर' विस्तारै हराउ“दै गयो । राजनीतिबाट पैसा र शक्ति दुवै आर्जन हुने उनले बुझ्दै गइन् । त्यो महत्त्वाकाङ्क्षा पलाउ“दासम्म उनले आफ्नो नामका पछाडि पतिको थरबाट जोडिएको 'जोस्ट'समेत लेख्न छाडिसकेकी थिइन् । त्यसस“गै उनले आफूलाई नोबर्ट जोस्टकी पत्नी होइन, प्रधानमन्त्री गिरजिाप्रसादकी छोरी सुजाता कोइराला भनेर चिनाउन थालिन् ।

सम्भवतः पिता कोइरालामा पनि उसैबेलादेखि आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने सोच आइसकेको थियो । जानकारहरूका भनाइमा पिताकै सल्लाह अनुसार उनले राजनीतिक छवि निर्माण गर्न समाजसेवामार्फ सक्रियता बढाइन् । त्यसको माध्यम बन्यो, आफ्नी दिवङ्गत आमाको स्मृतिमा खोलिएको सुष्मा कोइराला मेमोरयिल ट्रस्ट ।

सुजाता स्वयम् अध्यक्ष रहेर ०५० पुस १८ गते काठमाडौ“ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरएिको ट्रस्टमा स्वदेशी-विदेशी दाताबाट पैसा बटुल्न पिताको पद गतिलो आड बन्यो । पिता प्रधानमन्त्रीले पनि आफूनिकटका व्यक्तिहरूलाई ट्रस्टमा बसिदिन आग्रह गरे । हुलासचन्द गोल्छा, विनोदकुमार चौधरी, चण्डीराज ढकाल, पीयुषबहादुर अमात्यलगायतका उद्योगी-व्यापारीहरू र राष्ट्रिय वाणिज्य ब्याङ्कका तत्कालीन अध्यक्ष तिलक रावललाई समेत प्रतिव्यक्ति एकदेखि १० लाख रुपिया“सम्म लिएर आजीवन सदस्य बनाइयो । ट्रस्टको घुमाउरो बाटोबाट राजनीतिमा छलाङ हान्ने सुजाताको कोसिस अन्ततः अहिले आएर प्रभावी देखियो  ।

आकाशतिर आ“खा

वास्तवमा ०४८ सालमा गिरजिाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि जब सुजाता नेपालमै बस्ने गरी जर्मनीबाट फर्किइन्, त्यसैको सेरोफेरोमा कोइराला परविारका थुप्रै नातेदार र साथीभाइहरू पनि स्वदेश आउने क्रम बढेको थियो । अमेरकिा बस्ने नोना-पुत्र निरञ्जन कोइराला, भाञ्जा शैल उपाध्याय, निरञ्जनका वकिल साथी प्रभाकर अधिकारी, जयराज आचार्य, डा शशाङ्क कोइरालाका सहपाठी डा रामानन्द सिंहलगायत विदेशमा जागिर-पेसा गरेर बस्नेहरूको ठूलै समूह नेपाल फर्कियो  । आफूलाई विज्ञ ठान्ने यो समूह राजनीतिक नियुक्तिमा लालायित भयो ।

सबभन्दा पहिले निरञ्जन पर्यटन मन्त्रालयको सल्लाहकार बनाइए, जतिबेला पर्यटनमन्त्री रामहर िजोशी थिए । डा सिंहले नारायणसिंह पुनलगायतस“ग मिलेर डाइनेस्टी एभिएसन नामको निजी हवाई कम्पनी दर्ता गरे । त्यसबेला नेपाल र जर्मनीबीच लुफ्थान्सा एयरलाइन्स चल्थ्यो । यो प|m्याङ्कर्फट हु“दै सीधै युरोप जोड्ने एक मात्र विदेशी विमानसेवा थियो । त्यतिखेर प|m्याङ्कर्फट र लन्डनसम्म तत्कालीन शाही नेपाल वायुसेवा निगम पनि चल्थ्यो । निगमको छुट्टै अन्तर्रर्ााट्रय उडान विभाग बनाउने र त्यसलाई लुफ्थान्साले चलाउने प्रस् ताव त्यसबेला आएको थियो । त्यसका पछाडि जर्मनकी बुहारी सुजाता नै थिइन् । त्यही“बाट निगमको कारोबारस“ग उनको साइनो गा“सिएको हो । त्यसयता धमिजा काण्ड, बोइङ्-७२७ को बिक्री, लाउडा आदि प्रकरणमा उनको नाम मुछि“दै आएको छ ।

सुजाता नेपाल आएलगत्तै ०४९ चैत १८ गते शानेवानिको युरोप क्षेत्रका लागि जनरल सेल्स एजेन्ट -जीएसए) नियुक्त गर्ने सम्झौता गरएिको थियो । त्यस अनुरूप सुजाता र उनका जर्मन पति नोबर्टले गरेको सिफारसि अनुसार भारतीय मूलका बेलायती दिनेश धमिजाको फेयर कम्पनीलाई जीएसए बनाइएको थियो । तर, त्यो रहेछ फर्जी कम्पनी । धमिजा प्रकरणबाट निगमलाई ३९ करोड ५० लाख रुपिया“ नोक्सानी भएको ०५८ सालमा दामोदर गौतमको अध्यक्ष्ँतामा गठित उच्चस्तरीय सुझाव प्रतिवेदनमा उल्लेख छ ।

धमिजास“ग सम्झौता भएको करबि एक वर्षछि निगमस“ग रहेका दुइटा बोइङ्-७२७ विमान जर्मनीमा लगेर बिक्री गरयिो । त्यो पनि अत्यन्त कम मूल्यमा । ती दर्ुइ विमान बिक्री गरेदेखि नै निगमको दुरावस्था आरम्भ भएको हो । त्यसयता निगमको अन्तर्रर्ााट्रय उडानमा दुइटा विमान मात्र छन् । करबि १४ वर्षो यस अवधिमा निगमले अझै विमान थप्न सकेको छैन । उडिरहेको विमान बिक्री गर्ने त्यसबखतको निर्ण्र्ााा पछाडि पनि प्रधानमन्त्री-पुत्रीको नाम जोडियो ।

०५६ सालको अन्त्यमा कृष्णप्रसाद भट्टर्राईको सरकार हटाएर गिरजिाप्रसाद तेस्रोपटक प्रधानमन्त्री बनेपछि सुजाता काङ्ग्रेसभित्र नया“ शक्तिकेन्द्रका रूपमा देखिन थालिन् । उनको हैसियत मन्त्री र सांसद बनाउन सक्नेसम्म बन्यो । काङ्ग्रेस वृत्तमा चलेको चर्चा अनुसार उसबेला तारण्िाीदत्त चटौतलाई पर्यटनमन्त्री बनाइनुका पछाडि पनि सुजाताकै रुचिले काम गरेको थियो ।

लाउडा विमान भाडा प्रकरणमा पर्यटनमन्त्री चटौत जति सक्रिय थिए, त्यसभन्दा बढी सक्रियता मन्त्रिपरष्िाद्का अर्का सदस्य सुरेश मल्लको देखिन्थ्यो । लाउडा एयरबाट विमान भाडामा लिने निर्ण्र्ाागर्न ०५७ असोज १६ गते पर्यटन मन्त्रालयमा बसेको शानेवानि सञ्चालक समितिको बैठकमा मन्त्री मल्लसमेत उपस्िथत थिए । त्यसरी भाडामा लिने क्रममा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपिया“ अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

स्रोतका अनुसार, लाउडा विमान भाडा सम्झौता गर्नुअघि सुजाताले चटौत-पत्नीलाई किनमेलका लागि सिङ्गापुरसम्म लगेकी थिइन् । स्रोत दाबी गर्छ, "विमान भाडा प्रकरणबापत मन्त्री चटौतलाई हरभिक्त श्रेष्ठमार्फ पा“च लाख रुपिया“ मात्र दिइएको थियो । त्यो पनि छोरी लतालाई डेन्टल कलेजमा पढ्न भारतको बैङ्गलोर पठाउ“दा चटौतलाई निकै खा“चो परेका कारण ।" बा“की रकम कसको खल्तीमा पुग्यो, अनुमान लगाउन गाह्रो छैन ।

पेजरदेखि अस्पतालसम्म

सरकारी ठेक्का, नियुक्ति र सरुवा-बढुवा मात्र होइन, पिता शक्तिमा भएका बेला विदेशी कम्पनीहरूलाई नेपालमा कारोबार गर्ने वातावरण मिलाएर ठूलै सेयरसमेत हात पारनि् सुजाताले । जस्तो, नेपाल रेडियो पेजिङ्  । चिनिया“हरू नेपालमा पेजर सेवा चलाउन चाहन्थे तर सरकारले स्  वीकृति दिएन । त्यसैले मेयान जे भन्ने चिनिया“ दूतावासका द्वितीय आर्थिक सचिवले सुजातास“ग सर्म्पर्क गरे । सबै लगानी चिनिया“ पक्षले गर्ने र कम्पनीको संरक्षण गरेबापत भनेर २० प्रतिशत सेयर उनलाई दिने सहमति भयो । तर, कम्पनीले कमाएको नाफाबाट २० प्रतिशत हिस्सा खान सबै काम मिलाउने सुजाताले नाफा भने हात पार्न सकिनन् किनभने नेपाल पेजिङ्ले नाफा कमाउनुअगावै नेपालमा मोबाइल फोन र्सवसुलभ भइहाल्यो । नेपाल पेजिङ् धराशयी हुन पुग्यो ।

पिता प्रधानमन्त्री भएकै बेला ०५७ सालमा सुजाताले नेपाल इन्फर्मेसन टेक्नोलोजी -एनआईटी) नामको कम्पनी खोलिन् । त्यसमा कुल २१ लाख रुपिया“ लगानी भएको थियो । विराटनगरमा रहेको उनको नामको १२ बिघामध्ये चार बिघा जग्गा पनि त्यही कम्पनीको नाममा हालिन् । भारतको डिपार्टमेन्ट अफ इन्फर्मेसन टेक्नोलोजी -डोयक)स“ग सम्बन्धन लिइयो । भारतको डोयक सोसाइटीस“ग मिलेर सूचनाप्रविधिसम्बन्धी शिक्षा दिने त्यो कम्पनीले जनाएको थियो । कम्पनीका नाममा ग्यारेन्टी निकाल्न खोजे पनि कृषि विकास ब्याङ्कले दिएन । करबि छ वर्षम्म चलेको एनआईटी ०६३ सालमा २० लाख रुपिया“मा अनिल केडियाले किने ।

अहिले काठमाडौ“को बत्तीसपुतलीमा सुष्मा कोइराला मेमोरयिल ट्रस्टले नर्सिङ् क्याम्पस चलाइरहेको छ भने नेपालगन्जमा सीएमए/अनमि क्याम्पस सञ्चालनमा छन् । धरानमा पनि इन्जिनियरङि् क्याम्पस छ । सा“खुको सुष्मा कोइराला मेमोरयिल अस्पतालको आर्थिक व्यवस्थापनलगायत सम्पर्ूण्ा जिम्मेवारी जर्मनहरूले नै बहन गर्दै आएका छन् ।

सुजाताको द्रव्य-मोह कति छ भन्ने उदाहरण कोइराला परविारकै एक नातेदार सुनाउ“छन् । जब ०५७ सालताका सुजाताका एक देवरको काठमाडौ“मा मृत्यु भएको थियो । उनका पति नोबर्टका सात दाजुभाइमध्ये एक, ती बौद्ध धर्मावलम्बी भाइको शव जर्मन दूतावासमा राखिएको तीन दिनपछि थाहा भयो । तर, सर्म्पर्क गर्दा पनि सुजाता गइनन् । दूतावासकै पहलमा उनको स् वयम्भूमा दाहसंस्कार गरयिो । उनको काजकिरयिामा संलग्न भिक्षुलाई दिन भनेर दूतावासले सुजातालाई दिएको एक लाखमध्ये २५ हजार मात्र खर्च गरनि् । मृतकको पर्समा फेला परेको ८ सय ३७ अमेरकिी डलर पनि उनको चिहानमा स् तुपा बनाउन भनेर दूतावासले उनैलाई जिम्मा लगायो । तर, त्यस्तो कुनै स्तुपा बनेन ।

कालोसूचीमा राख्ने चेतावनी

सुजाताको अगुवाइमा सञ्चालित सुष्मा कोइराला मेमोरयिल ट्रस्टका गतिविधि पनि विवादरहित छैनन् । काठमाडौ“कै सा“खुमा देखिएको एउटा विवादलाई हेरौ“ । त्यहा“ अस्पतालका लागि भनेर कित्ता नम्बर १८२ अर्न्तर्गत रहेको १ सय १६ रोपनी १० आना र्सार्वजनिक जग्गामध्ये ८२ रोपनी ट्रस्टलाई प्रयोग गर्न दिने निर्ण्र्ाा०५३ पुस २५ गते मन्त्रिपरष्िाद्बाट गराइयो । त्यसबाट स्थानीय बासिन्दाको गौचरण, खेलमैदान, पानीघाटदेखि चिहानसम्म ट्रस्टमा पर्न गयो ।

ट्रस्टको इन्टरप्लास्ट जर्मनी इभीस“ग ०५३ भदौ २४ गते भएको सम्झौता अनुसार सुरुमा सरकारकै स्वामित्वमा रहने गरी कोषलाई अस्पताल निर्माण गर्न उक्त र्सार्वजनिक जग्गा प्रयोग गर्न दिइएको थियो । तर, ०५७ जेठ ३० गतेको मन्त्रिपरष्िाद् बैठकबाट ४९ वर्षा लागि निःशुल्क भाडामा प्रयोग गर्न दिने अर्को निर्ण्र्ाागराइयो  । त्यतिबेला प्रधानमन्त्री गिरजिाप्रसाद नै थिए ।

सा“खु गाउ“ विकास समितिले त्यस निर्ण्र्ाावरुद्ध मुद्दा हालेपछि आठ वर्षलामो कानुनी लडाइ“बाट ०६१ जेठ २७ गते सर्वोच्च अदालतले सरकारी निर्ण्र्ााउल्टाइदियो । 'र्सार्वजनिक जग्गा छोरीलाई दाइजो दिन पाइ“दैन' भनेर गाविसले गरेको दाबी अदालतले सही सावित गरििदयो  ।

लाउडा विमान प्रकरणमा सुजाता संलग्न रहेको भन्ने समाचार जर्मन पत्रपत्रिकामा समेत प्रकाशित भएपछि जर्मन पक्षले अस्पताल परयिोजना नै स्थगन गर्न खोजेको थियो । तर, पछि रमेश पौडेललाई 'कन्सल्ट्यान्ट' बनाएर प्रोजेक्टलाई निरन्तरता दियो । प्रोजेक्ट व्यवस्थापनले बदमासी गरेपछि भारतको पुनाबाट अन्तर्रर्ााट्रयस्तरका आफ् नै लेखापरीक्ष्ँक झिकाएर लेखापरीक्षण गराइयो, जसका लागि पटेल थरका एक लेखापरीक्षक नेपाल आएर काम गरेका थिए । "सन् २००६ सम्मका लागि पहिले सम्झौता भएको प्रँेजेक्ट सकियो, त्यसपछि सम्झौता नवीकरण गरएिन," ट्रस्टमा कार्यरत एक अधिकारी भन्छन् ।

ट्रस्टबाट कतिसम्म अनियमित कामहरू हुने गरेका छन् भन्ने एउटा नमुना एसियाली विकास ब्याङ्क -एडीबी)ले तीन वर्षा लागि सुष्मा ट्रस्टलाई 'कालो सूची'मा राखेबाट प्रस्ट हुन्छ । स्वतन्त्र कन्सल्ट्यान्सी गर्ने मैतीदेवीनिवासी इनु अर्यालस“ग ट्रस्टले 'स्मल टाउन वाटर सप्लाई एन्ड सेनिटेसन सेक्टर प्रोजेक्ट'मा कन्सल्ट्यान्सी गर्न भनेर व्यक्तिगत विवरण मागेको थियो । उनलाई एक वर्षघिदेखि ट्रस्टको कर्मचारी भएर काम गरेको नक्कली विवरणसहितको प्रस्तावमा हस्ताक्षर गर्न भनियो तर उनले अस्वीकार गरनि् । त्यसपछि किशोर खनाल भन्ने युवाले इनुको नक्कली हस्ताक्षर गरेर 'प्रपोजल' बुझाएको एडीबीको 'एन्टी-करप्सन युनिट'ले पत्तँ लगाएको छ ।

१५ लाख रुपिया“को उक्त प्रस्तावबारे थाहा पाएकी इनुले मनिलास्िथत मुख्यालयमा त्यसबारे जानकारी गराएपछि एडीबीले छानबिन गरेको थियो  । एन्टी-करप्सन युनिटका तर्फाट ०६१ वैशाख ९ मा एडीबीका पिटर इगेन्स पेर्डर्सर्ेेे ट्रस्टका अध्यक्ष्ँ सुजातालाई सम्बोधन गरेर लेखेको पत्रमा इमानदारीपर्ूवक गल्ती महसुस नगरेमा घटना र्सार्वजनिक गरििदने धम्कीसमेत दिइएको छ । उनले गल्ती महसुस गरनि् कि गरनिन्, त्यो त थाहा भएन तर कालोसूचीमा राख्न लागिएकी महिलालाई देशको प्रधानमन्त्री कार्यालय हर्ेर्नेगरी मन्त्री नियुक्त गरएिकामा चाहि“ एडीबीका अधिकारीहरू पनि छक्क परे होलान्  ।

तीस लाखको भोज

सुजाताका एक छोरा र एक छोरी छन् । छोरा आन्दर््रर्ेइ सिर्द्धार्थ जोस्ट र पति नोबर्ट अचेल जर्मनीमै बस्छन् । छोरी मेलानीको चाहि“ २००६ जुलाईमा नया“ बानेश्वरस्थित होटल एभरेस्टबाटै भव्य बिहे गरिएको थियो, भोजमा चार हजार मान्छे आमन्त्रित थिए । त्यसका निम्ति ३० लाख रुपिया“भन्दा बढी खर्च गरिएकोे थियो ।

मेलानीको बिहे बङ्गलादेशको र ाजधानी ढाकाको चिस्तिया प्यालेस र ोड नं ५/ए बस्ने सेर्रर्-इ-क्वाजा अनवरुल हक चौधरीका छोरा रुबेल चौधरी, ३१, का साथ भएको थियो । उनीहरूले ०६३ मङ्सिर १७ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौ“मा ँकोर्ट म्यारिज’ गरेका थिए ।

Read Full Discussion Thread for this article