Posted by: भउते January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

कौडा बनाउन त किराले खा'को दाँत खास्सा हुन्छ नि भाभी। कौडालाई एकातिर कालो भा'को दाँत चाहियो नि त। भने'सि दाँत झार्न त हजुरको बाटै सुरु अर्नु पर्ने भो कि के हो भन्चु र !

हजुरकोले पुगेन भने बुढाहरुकोमा अट्याक हानुम्ला।  अन्तरे दा' त उहिले नै डराएर "मेरो बङ्गारा त डाउटरले खुस्काइदियो" भनेर हात खुट्टा फालेका हैनन् र भन्चु के रे !  अब अगाडिका दाँत बङ्गाराको सट्टा हाल्न मिलेन के रे। फेरि अन्तरे दा' आज म सँ अलि डरा'छन्, आज लाई छोड्दिम के रे। बरु यो रिठ्ठेको झारम जस्तो छ। साह्रै उछुर उछुर पनि अर्याछ, मुन्छे नि साह्रै राम्रो छ, जति रिस उठाए नि हात छोड्नै मुयाँ लाग्नी। राम्रा मुन्छेको बङ्गरा नि राम्रै हुनपर्च भन्नि मानिचु के रे।

हर्क बादुर, दाँत को इन्सुरेन्स अरेर छिर्या हो कि यसै छिर्या हो चौतारीमा ?

Read Full Discussion Thread for this article