Posted by: mr.jomsom January 23, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
मलामी नपाएका लास

एकपलको मेरो तृष्णा,
चाहनाले भरिएको मेरो अठोट,
हृदयको कुना कुनामा गुञ्जने,
कर्णप्रिय ध्वनिहरूमा,
उ प्रति केहि गर्ने सोचमा,
मेरो आफ्नै अर्थ खोज्ने स्वार्थ बोकेर,
फेरि एकपटक जब उसलाई खोज्छु ।
अनि म उसको स्पर्शमा झस्कन्छु ।
किनकि उ त पहिला नै मरिसकेछ ।

चिथोरेर छियाँ छियाँ परेको शरिरमा,
न त धड्कन मुटुमा थियो,
न त नशामा ।
केवल एकटक हेरिरहेका,
प्यास नबुझेका आँखाहरू,
केहि पाउने आशमा लोलाएको पाए ।
सायद,
मलाई नै पो खोजेको हो कि ?
मलाई नै पर्खेको हो कि ?
बेदना बिसाउने आशमा ।
थकान बाँड्ने सोचमा ।

हरे ! मेरो दुर्भाग्य,
ती मेरा सम्पुर्ण अठोटहरू,
ती मेरा सम्पुर्ण चाहनाहरू,
उज्वल भविश्य निर्माणका उमंगहरू,
आज मृगतृष्णा भयो ।

हे ! मेरो जन्मभुमि,
तिमी कर्मभुमि नबन्दै किन मर्यौं ?
यो कहालि लाग्दो क्षण कहाँबाट आयो ?
म त केवल,
केवल तिमीलाई सजाउने सुरमा,
केहि क्षण विलय भएको थिए ।
तर तिमी त,
मलामी नपाएर कुहिएका
गल्लि गल्लिका लास सरह भएछौं ।
Read Full Discussion Thread for this article