Posted by: SurNaTal January 23, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

बिर्खे दाई, मैले जे सोच्दै थिएं त्यो धन्यवाद post गर्दा तेही भएछ। मेरो कम्जोरी। क्षमा चाहन्छु। दाई पनि बस्नु भा छ कि त्यो Hotel Palace मा?

nepwanted जि, मेरो पोखरा भ्रमणमा साथ दिनु भएकोमा हार्दिक धन्यवाद। पोखराको सुन्दरताको बयान त म के गर्न सकुँला, तै पनि १-२ ठाउंहरु जो म घुमेको थिएं त्यो बखत, पुर्याउने चेस्टा गर्ने छु। खेलकुद संबन्धी भ्रमण भएकोले तेस प्रतिको धर्म पनि निभाउनै पर्ने बाध्यता छ। हेरुम, के गर्न सक्छु।

क्रेजी जि, सारनकोट मेरो पनि मन पर्ने मध्यको गन्तव्यसथान हो। बिन्द्यबासिनी माइ संग चाहनाहरु  साटेर उत्तर पच्चिमा सुन्दर पहाडतर्फ  लाग्दको त्यो चिप्लो र नागबेली सडक, माथि थुम्काको चिसो सिरेटो, माछापुछ्रे को त्यो सुन्दर पारीद्र्स्य, अमिट यादले भरिएको छ त्यो यात्रा। अफसोस, म यो यात्रामा सारंगकोट पुग्न सक्छु कि सक्दिन भन्न गाह्रो छ।

कलेजो जि,  म चाँही बिर्खे दाई र भौते दाई को मेजमानमा मस्त भुलेर कतै घुम्न पनि निस्के को छैन। तिमीहरु कता हराइ रा हो?

प्रेरणा जि, उठ्नुस् उठ्नुस्, धेरै बेर सुत्नु हुँदैन, फेरी अव उता बगर तिर घुम्न जानु छ आज। महेन्द्र  गुफा र चमेरे गुफा पनि त जाने होला नि।

ठुलि,

तिमी भन्छौ भने म
म त खाइ दिन्छु कसम
तिमीलाई भनेर
म त भई दिन्छु गाइड
तिमीलाई भनेर।

 

र सम्पूर्ण यता चिहाउनु हुने साझा वासीहरु; पुन: एकपटक धन्यवाद।


अर्को अंक राख्न भने हप्ता अन्त्य कुरी बसेको छु। तारेमाम।

Read Full Discussion Thread for this article