भाग २ बाट अगाडि…………
मलाई घर पुग्न हतार लागेको थियो ।
माइक्रोमा थिंए, मोबाइल उठांए तर फोन गरिन् । सुधाले miss call गरिन् । मैले आउंदै छु भनेर sms पठांए ।
झ्यालबाट चिसो हावा पसेको थियो । ipod मा नारायण गोपाल
गुन्गुनाउंदै थिए ।
" तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झे तिमी साथ आयौं ।
कुनै चिज मीठो म खोजि रहेंथें,
म सोची रहेथें ; तिमी याद आयौं
।
तिमीलाई भुल्दा..................................."
मन हलुका भयो । मोबाइलमा सुधाको
फोटो हेरें । बल्ल बल्ल दमक पुगिएको थियो । कुन बेला घर पुगौं
भयो । म गीतमा नै डुबेछुं । बुढीखोलाको पुलमा माइक्रो
उफ्रदां झसंङ्ग भएं । त्यो बीचमा मैले संसार सोचिसकेको थिंए ।
इटहरि, जुटबिकास अगाडि
माइक्रो रोकियो । झोला लिएर म रिक्सामा बसें । मलाई मेरी सुधा संगको त्यो
एक दिनको बिछोड युगौं जस्तो लागेको थियो । म उनलाई भेटन ब्यग्र भएं ।
रिक्सालाई रु २० "तै"
राख भनेर दिए अनि घर पुगें ।
उनी भान्सामा खाना बनाउंदै थिइन ।
झ्यालबाट मलाई हेरिन् । बाहिर आँगनमा आमा 'तिहुंन' केलाउंदै हुनुहुन्थ्यो
।
"के ल्याएको?" आमाले सोध्नु भयो ।
"केहि ल्याइन । अलिकति दाल बोकेर आएं ।"
"लौ, अस्ति भर्खर फुपुकोबाट त्यति धेरै दाल आफै ल्याएको होइन?" आमाले गालि
भन्नु भयो ।
त्यो दिन मलाई केहि कुराको होस
रहेन ।
झोला राख्न भान्सामा गए । सुधालाई
हेरि रहे । एकछिन हात समाएं ।
"के गरेको?" उनले दबेको स्वरमा भनिन् ।
"माया ।" मैले उनलाई
हेरि रहें ।
मलाई सुधा संग कुरा गर्न मन थियो
। आमाले बोलाउनु भयो ।
भान्साको काम नसके सम्म म संग पर्खनु
बाहेक बिकल्प थिएन ।
म आफ्नै कोठामा बसी रहें । दशैं
आउन लागेको थियो । घरमा मान्छे आइरहेका थिए । तर मलाई कसै संग
बोल्न मन लागेन । म कोठाबाट निस्किन ।
केहि कामको लागि सुधा कोठामा आएकी
थिइन । मैले उनलाई मलिन
आंखाले हेरि रहे ।
"के भयो, सन्चो छैन? "
मैले टाउको हल्लाए, छैन भन्नलाई ।
उनले मेरो निधार मा हात राखिन् ।
"ज्वरो त छैन । के भयो?" उनले सोधिन् ।
मैले उनलाई हेरि मात्र रहें ।
सोफामा सिरानी लगेर राखिदिइन् ।
अनि टिभि खोलिदिइन् ।
"टिभि हेर्दै गर्नु, म छिटो काम सक्छु, तपाईं बस्दै
गर्नु। है?" यति भनेर उनि गइन् ।
मलाई खास्सै खान मन थिएन, रुचेन पनि ।
उनि पनि खाना खाइ सकेर
आइन् । मैले ल्याएको मीठाइ बोकेर
ल्याएकि थिइन् ।
" खाना खानु भएन,
यो खानु पर्छ है ।" उनले
मीठो अनुरोध गरिन् ।
मैले यो राख न त्यहां भने। अनि
उनको हात बाट लिएर आफैले राखिदिए ।
उनले मेरो कपाल मुसार्दै सोधिन, "के भयो आज?"
मलाई सहन गाह्रो भयो । उनलाई
अंगालो हाले । आंसु आफैं बगे । सुधाले मेरो ढाड सुम्सुम्याइन् ।
उनका पनि आंखा सबै भिजेका थिए ।
"के भयो भन्नु न?"
म बोल्नै सकिन । उनलाई अंगालोमै
राखें, कसेर ।
केहि बेर हामी दुवै चुप भयौं ।
उनले टाउको हल्लाएर के भयो भनेर सोधिन् । मैले सबिस्तार बतांए ।
दिनभरिका अनुभव र दौडिएका भावना । शायद श्रीमतीको महत्त्व मैले
त्यो दिन गहिरो रुपमा बुझें ।
"यस्तो जाबो कुरामा पनि चित्त दुखाउने हो त?"
"खोइ, मलाई किन किन छट्पटि भयो। " मैले भनें ।
"मलाई तपाईं माथि विस्वास छ, अब देखि यस्तो सानो कुरामा चित्त नदुखाउनु" उनले मलाई सम्झाइन्
"तिम्रै लागि त बाँचेको छु ।"
उनले मेरो निधार चुमि दिइन् ।
मेरो तनाव सबै हट्यो । मैले
त्यस्तो केहि सोचेको पनि होइन,
गरेको पनि होइन । साथीहरु खराब
पनि होइनन् । धेरै पछि भएको भेटघाटमा अल्लारेपन बोकेर घुम्न
मात्र गएका थियौं । तर, कुन भावनाले मलाई त्यो दिन सहज हुन दिएन, मैले त्यो छुट्टयाउन नै सकिन । सुधा संग share गरेपछि मन आकाशमा पुगेको थियो ।
"खोइ त मेरो ओभन?"
उनी जिस्काउने सुर मा थिइन् ।
म केहि बोलिन, अर्को पट्टी
फर्केर बसें ।
उनी मिठाइको कचौरा बोकेर आइन्, फकाउँदै । मलाई धेरै भोक लागेको थियो। दुबै
मिलेर खायौं ।
एकछिनको सन्नाटालाई तोडेर उनले
भनिन् , "हामी अब सिलिगुडि कहिल्यै नजाने, है?"
नाइट ल्याम्पको मधुरो उज्यालोमा मैले सुधालाई झनै राम्री देखें ।
meaninglessthinkings@somewhereondearth