Posted by: sabaiko satru January 21, 2008
Breaking News PM Girija Prasad Koirala
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्रीलाई आराम गर्न सल्लाह

कास

काठमाडौं, माघ ६ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकाले एक सातासम्म आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।

'स्थिति स्थिर छ,' उपचारमा संलग्न डा. मनबहादुर केसीले आइतबार सा“झ कान्तिपुरस“ग भने- 'संक्रमण नियन्त्रणमा आए पनि स्वा“-स्वा“ कम भएको छैन । चिकित्सकीय निगरानीमा एक साता आराम गर्नुपर्छ ।' आठ दिनदेखि बिरामी रहेका प्रधानमन्त्रीलाई अघिल्लो आइतबारदेखि करिब २४ सै घन्टा अक्सिजन दिइएको छ । कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान साढे ३ बजे चिकित्सक टोली बालुवाटार पुगेको थियो । आठ दिनअघि नियमित स्वास्थ्य परीक्षणका क्रममा उनको घा“टी र छातीमा समस्या देखिएको जनाउ“दै चिकित्सकहरूले औषधिस“गै पर्ूण्ा आरामको सल्लाह दिएका थिए ।

स्रोत अनुसार प्रधानमन्त्रीका लागि तीन दिनअघि बैंककबाट नया“ पुस्ताको 'एन्टिबायोटिक' 'मोक्सिफ्लोक्सासिन' ल्याइए पनि प्रयोग भने गरिएको छैन

Read Full Discussion Thread for this article