Posted by: gwanche January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

तेइ त चित्रे, पोर साल खुब मजा आ थो सोस्थानि सुन्न तेइ भेर चौतारीमा फर्केर आम्ने बित्तिकै सोस्थानि छ कि भनेर हेरेको छैन रैछ, अनी आर्काइभबाट खोजेर राख्ने प्रयास गरेको। गालब गुरु त अन्तर्ध्यान हुनु भयो हामी भक्तहरुले उनको काम कन्टीन्यु गर्नुपर्छ जस्तो लाग्यो।

नमस्कार बिस्टे राम विष्ट ज्यु, जिम्माल बाले सम्धी लाई नि बोलाम्छु भन्नु भा थो, तपाईं नै पर्नु भो कि क्या हो सम्धी बा? लौ ढिलै भे नि मेरो तर्फाट  नि स्वागत छ है तपाईंलाई चौतारीमा। पोर साल हाम्रा चौतारीका मान्यबर गुरुले आफ्नै मुखारबिन्दबाट सोस्थानि बाचन गरेका थिए, यसपाली उहाको नभ्याउने जस्तो देखेर पोर साल नै रिकर्ड गरेर राखेको सोस्थानि टाँसेको मात्र हुँ मैले त!

सबैजनालाई फेरी पनि अभिबादन!

Read Full Discussion Thread for this article