Posted by: Birkhe_Maila January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

धैर्यताको कमि देखिएको सुचना:

हालै पूर्व चौतारी रसरंग प्रधान श्रि लहरेकान्त लाकौललाई पद बाट बर्खास्त गरिएको सुचना प्रकाशित भए पछि, निज लाकौलले आफू अरु अझ बढि गरिमामय पदमा सरुवा भएको वा नभएको बिचार नगरि, भावनामा बहेर, धैर्यता देखाउन नसकेर चौतारीमा नानाथरी अनर्गल प्रचारहरु गरेको कुरा खुल्न आएको छ। चौतारी मन्त्रिपरिषद्ले गरेको निर्णय नसकिँदै, समाचारको बाँकि भाग नआउँदै निज लाकौलबाट यस्ता व्यवहार र चर्तिकला देखाइएकोमा मन्त्रिपरिऋद आश्चर्यचकित परेको छ। चौतारीकै सबै भन्दा गतिलो, मोहक र तरुनिप्रिय पद, गित संगित टाँसटुस महाशाखाको अध्यक्ष पद छिने निर्णय सुनाउन नपाउँदै लहरेकान्त लाकौले देखाएको प्रवृति देखेर मन्त्रिपरिषदले उक्त पद पनि अब दिने वा नदिने भन्ने निर्णय केहि समयलाई पछि सारेको छ। सम्पूर्ण चौतारी सदस्यहरु द्वारा समर्थन भएमा मात्र उक्त पद दिने व्यहोरा पनि यसै साथ उल्लेख गर्न चाहन्छौँ!

चौतारी मन्त्रिपरिषद्

 

Read Full Discussion Thread for this article