Posted by: ritthe January 15, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका, यो बुढो आयो यार रात बिरात

जिम्माल बा, ए जिम्माल बा
मैले बोलाको यता, कता उता तिर हेर्नु भा जिम्माल बा ले
मध्यारात हुन ला'ओ क्या, अब सुत्न जान पर्दैन हजुरले? अँ, सुत्न भन्या, निन्द्रा पुगेन भने फेरी भोली त्यो प्रेसर बढ्छ क्या, लौ जानुस् सुत्न
तरकारी पकाउने प्रेसर भन्या हैन क्या, तपाईंको ब्लड प्रेसर बढछ भन्या
लौ जानुहोस् अब सुत्न
हुन पनि हो नानी, सबै कुरा चाहिन्जो बढीराछ
मट्टितेल अस्ती भर्खर बढेको अहिले फेरी बढ्यो  रे भन्ने सुनेको
अब पेसर नि किन न ढोस् त
ल ल जिम्माल बा अब जानुस् सुत्न
अब चौतारी हुदी बस्नु हुन्न रात बिरात
ह्या अहिले किच्कन्नी आउछ रे

Read Full Discussion Thread for this article