Posted by: भउते January 15, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

भावी दर्शन अरेँ के रे मैले नि हजुरलाई। अचेल हाईँ सँ क्यार्न रिसाम्नु भा'छ र हो, त्यसरी चटक्कै मुयाँ मारेर यता पाइलै नटेक्नी भन्चु र। हाउँरो मुख मात्रै छुच्चो हो के, मुख छुचो नि अझ के भन्नु र खै, अगाडि परे'सी चिलाउनीको मुढो हो कि भावीको देवर हो नचिनीने गरि चुप लागेर बस्छम् के रे। अब यी कुरा त भेलाँ भेट भा'का गाम्लेहुरले थाह पाइहाले। अब यैँ चैँनी हात अलिक फुरुक फुरक अर्छ के, किबोर्ड देखेसि। मनाँ रिस-राग छैन बाबै, आकाश जस्तो फराकिलो मन भा'का भावीहरु पाएर जे पायो त्यै फतर फतर गरेको मात्रै हो। अज्ञानाँ बचन लाइयारै'छ भने, छुट्टै कुरा के रे। जानी जानी मनमा राखेर कहिले कतै क्यै भनियारे'छ भने स्वर्गको बाटो नपाम् के रे ( हुन त कत्रो पुण्य अरिया'छ र स्वर्गको गेट देख्न पाइएला र, तै नि जेमराजका कम्फुटराँ भाइरस लागेका बेला परेछ भने पाइन्छ कि भन्नी आशा हो)।

Read Full Discussion Thread for this article