=5) imageo.."/>
Posted by: shirish January 14, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
सुजाताद्वारा राजसंस्थाको पक्षमा वकालत

विराटनगर / विना विभागीय मन्त्रीमा नियुक्त भएको भोलिपल्टै सुजाता कोइरालाले अन्तरिम संविधान २०६३ को उलंघन गरेकी छिन । मन्त्रीभएपछि गृहनगर विराटनगर पुगेकी कोइरालाले राजसंस्थाको पक्षमा वकालत गरेर संविधान उलंघन गरेकी हुन ।

अन्तरिम संविधानमै नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुने उल्लेख छ । संविधानको पुर्ण पालना गर्ने सपथ खांएकी उनले विराटनगरमा राजा बदमास भएपनि राजसंस्था बदमास नहुने बताइन । उनले चैत २८ गतेपनि संविधान सभा निर्वाचन नभए २०४७ सालको संविधान व्युतने दावी समेत गरेकी छिन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्रि सुजाता कोइरालाले आफ्नै बुबाको सिको गर्दै गृहनगरमा पत्रकार सम्मेलन आयोजना गर्ने गरेकी छिन । प्रधानमन्त्री कोइराला गृहनगर गएको बेलामा विवादास्पद अभिब्यक्ति दिने गरेकामा उनको छोरीले समेत यसको अनुशरण गरेकी छिन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिसकेको अन्तरिम संविधान २०६३ प्रति प्रतिवद्ध हुने शपथ खाएको भोलिपल्टै त्यसरी बोल्नु भने चाहिँ शपथको ठाडो उल्लङ्घन हो।

जनआन्दोलन १ पछि पति र परिवारलाई जर्मनी मै छाडेर माइती देश फर्किएकी सुजाता कोइरालाले कोइरालापुत्री नभएको भए यति छिट्टै प्रगति गर्न कसरी सक्थिन् र ? आमा सुषमा कोइरालाको नाममा खोलिएको ट्रस्टमार्फत् राजनीतिमा उतारिएकी सुताजाले राजनीतिमा खासै योगदान नभए पनि काँग्रेसको पछिल्लो महाधिवेशनमा निर्वाचित हुने सौभाग्य पाइन्। योग्य नेताहरुलाई पाखा लगाउँदै उनलाई निर्वाचित हुनै नपर्ने अन्तरिम संसदको मनोनीत विधायक पनि बनाइयो ! योग्यताबिनाकी आफ्नै छोरीलाई बिना विभागीय मन्त्री बनाउँदा समेत न काँग्रेसका नेता कार्यकर्ताले त्यसको विरोध गर्न सकेका छन्, न अरु दलका नेताहरु बोल्न सकेका छन् ?
Last edited: 14-Jan-08 01:33 PM
Read Full Discussion Thread for this article