Posted by: shirish January 14, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
मन्त्री कोइरालाको भनाइ पार्टर्ीीनर्ण्र्ाावपरीत   [ 2064-9-30 ]

गोरखापत्र समाचारदाता
काठमाडौ, पुस २९ गते । नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा प्रवक्ता अर्जुनरसिंह केसीले गणतन्त्रको पक्षमा पार्टी निर्णय गरिसकेपछि कुनै नेताले राजसंस्थाको पक्षपोषण गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै आइतबार प्रवक्ता केसीले पार्टी केन्द्रीय सदस्य तथा बिनाविभागीमन्त्री सुजाता कोइरालाद्वारा व्यक्त अभिव्यक्ति पार्टी निर्णय विपरीत रहेको बताउनुभयो । विचारको विविधता रहेको पार्टी पनि महासमितिले गरेको निर्णय विपरीत कसैले बोल्न नहुने बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पार्टी प्र् तिबद्ध रहेको बताउनुभयो । सात दलको सरकार हो, कुनै मन्त्रीले संविधानविपरीत कुरा बोल्छ भने सरकार र सात दलले सोच्नु पर्छ, भन्दै प्रवक्ता केसीले सम्बन्धित पार्टी नेतृत्वले पनि विचार गर्नुपर्ने स्पष्ट गर्नुभयो । मन्त्रिपरिषद् विस्तारका विषयमा पनि पार्टी भित्र छलफल नभएको प्रस्ट्याउँदै सहमहामन्त्री केसीले मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्रीको स्वविवेक र विशेषाधिकारको विषय हो भन्नुभयो ।
Read Full Discussion Thread for this article