Posted by: SurNaTal January 13, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

भउते दाई, म आफैं मुस्किलले सम्झन्छु मेरो केही टासिएको थियो त्यो भित्ते पत्रीकामा भनेर, र के थियो भन्ने त सम्झन्न पनि। तपाईंले मेरा बिगत हरु कोट्याइदिनु भो, म हर्शबिभोर भए। र उबेला पनि दाइले मलाई चिन्नु भा रहेछ, कस्तो मज्जा।

 प्रेरणा, दिपिका र नेप्चे, बस त नयैं हो, तर ड्राइभर चाँही म जस्तो थोत्त्रो परेकोले अड्किदै अद्किदै चलिरा हो। अव १-२ दिनमा त कसो नपुग्ला पोखर। उता भौते दाई र बिर्खे दाइको मेजमान मा चाँही यो गुरुजिलाई नि लानु पर्छ है बरु।

अनी कालेजो र कान्छालाई यो भमणमा स्वागत छ। CL जि लाई पनि च्यांग्वा शाहीत welcome onboard

पुन: आफ्नो समय खर्च गरेर यो धागोको सोभा बढाइदिनु हुने सबैमा हार्दिक धन्यवाद।

Read Full Discussion Thread for this article