"हा हा! दीप ज्यो, अर्कै स्वादको कथा रहेछ, मज्जाको!"
खै आफुले चाख्न पाहैन प्रभो। हल्लाकै भरमा त स्वादको के दाबी गर्नु?
"प्रभु, हजुरको लेखाइ झन झन माझिंदै गैरा' छ है।"
माझ्न त माझ्दै छु प्रभो बरु यो भिम सकिएला भनेर यसो खरानी चोप्दै परालको मस्केटोले धस्काउँदै पनि छु।
SurNaTal ,
"मेरै छर छिमेकको कथा हो कि झैं लाग्यो गुरु। बरु जिल्ला चाँही कुन पर्यो कुन्नी। "
त्यता हुँदी घुम्दा ओख्रे, गोगना, खावा के के जाति सुने लाग्छ प्रभो। अब यो भन्दा अरु त के भन्न पर्ला र? नदी वारी उभिएर उता पारी हेर्नेलाइ आँखिभुँई पनि भन्थे क्यारे। तुम्लिङटाराँ ओर्लिया हुम्केरे हवाईजहाजाट।
खै जिम्माल कुरा त यतै तिरको परो जस्तो छ। बरु -- त्यो पौनाजोलबाट हेरी छेत्रपाटी हिन्नु हिनियो गाँठे --- आश र गाँठ्को मात्रै सत्यानास। हेरी हेरी भन्थे चिया ख्वाउनै पर्यो -- स्माईल दिइ अरे भन्थे मोमो ख्वाउनै पर्यो? अघि देखी यहीँ थिई -- भर्खरै भित्र गैइ -- कति ढिलो आ भन्थे फुर्माईस गर्नै पर्यो। आखिराँ को आयो कुन्नी बाजा बजाएर आफु त जन्ति पनि जान पाईएन। धिक्कार होस।
अहिले चै शब्दहरु सँगै एउटै मुद्राका दुईटा खुद्रा छोडेर हिन्या रेछ।
हल्लाकै भराँ देख्या सपना त घच्चिको हुन्छ त -- यथार्थको घराँ देख्या सपना त आईलागि हाल्छ नी ---