Posted by: Birkhe_Maila January 11, 2008
You are.....
Login in to Rate this Post:     0       ?        

के आउँथे यिनिहरु म बुडोको घराँ??? न हेर्नलाई के जाति टिपि सिपि छ, न तो भात खान बस्ने टाइन्याउ टेपुल छ, हाम्राँ त पिर्कामा टुक्रुक्क बस्न पर्छ! अरु त अरु हाम्रा गाम, तिर त बिजुलीको पोल सोल नि गाड्या छैन तेइ टुकिको उज्यालो हो! अब भात पकाम्ने चुला त झन के कुरा गराई भो र, तिनका सत्तेनाश हुने बन सप्पै सखाप पारिआले, दाउरा गतिलो भेटिन्न, झिँजा ढोड जे जे भेटिन्छ तेइमा कसौँडी बसालेर भात फत्काइन्छ हेरि। तो पिरो धुवाँले झन अत्याउने होला यि नानिहरुलाई! फेरि ब्यान ब्यानै बाहिर बस्न जानु परो भन्देखुन तेइ सेतीको बगर हो बाबै हाम्रामा त!

 

गफै गफमा हाम्रो नेप्चेको कविताको कुरै गर्न बिर्सिरा। झन्डै बुढ्यौलीमा सराप खान पर्या गाँठे! अचेल एस्ता कविता अलि बढि फुर्न थालेछ नेप्चेलाई के हो? को परिछिन कुन्नि उनि??? जे होस दामि छ!

Read Full Discussion Thread for this article