Posted by: somewhereondearth January 11, 2008
म झापा छिट्टै आउँछु !!
Login in to Rate this Post:     0       ?        

टाँसेको पोष्टमा पाएका कमेन्टहरु हेर्दै थिए, पढ्दै थिंए । FucheKeto: फुच्चे भाई ले आज झापा नजाने, म त जादै छु भनेर लेखेको रहेछ । मन कस्तो कस्तो भयो । मनमा जे आयो, जसरी आयो, त्यहि लेखे, त्यसरी नै  लेखें र टाँस्ने जमर्को गरेको छु। त्रुटि हरु र बहकाव हरु धेरै छन, अन्यथा नलिईदिनु होला।।।।

__________________________________________________________________________

फुच्चे भाई, आज म झापा जान पाउंदिन, अर्को दिन जाउंला । तिमी जाउ आज, ति चिया का बगानहरु र ति सुपाडिका अनि नरिवलका गाछिहरुलाई सम्झना सुनाईदिनु । गाईहरु लैना होलान घाँस, खोले दिदै गर्नु, म छिट्टै आउँछु ।
 
त्यो दमकको टेलिफोन टावर अग्लो छ, गल्यो होला उभिदां उभिदां, एसो कांध सुम्सुम्याइदिनु । सगुन होटलको पराठा पुर्‌याइदिनु । सिसौहरु हुर्के होलान, हांगाहरु छिमलि दिनु ।
 
गौरादह, गौरिगन्ज, झिलझिले अनि लगाएका सिमलतरुल, घरतरुल  अनि मेटाएका भोकहरु, सम्झंदै जानु । कन्काईको तिरमा दुई सिक्का चढाई दिनु, टाउको निहुराइ दिनु । आज नि कसैलाई जलाई रहेका होलान, दैवलाई सम्झनु ।  म झापा छिट्टै आउँछु ।
 
सुरुंङ्गा लक्ष्मीपुर, दुर्गापुरमा हावा चिसो होला, लामो सास लिएर जानु । बिरिङ्गले यसपालि पनि खेत बारि बगायो होला, । अलि रिसाहा छ, तिमीले भनेको मान्छ कि, फकाई फुलाई मनाईदिनु ।
 
बिर्तामोड अझै ब्यस्तहोला, हल्ला होला, किनमेल होला, कलकत्तेमा मिष्टान्न किन्दै जानु। पार्वतिलाई जुलबि मन पर्छ लिन नभुल्नु।  धुलो होला शनिश्चरे को बाटो अनि अनन्पुर्ण चित्र मन्दिरमा फिलिम लागेको होला । मेरो लागि एउटा टिकट काट्दै गर्नु। म झापा छिट्टै आउँछु ।
 
बुट्टाबारि का बगानलाई हेर्दै गर्नु, हामी टोकला जानु पर्छ न भए पनि बुधबारे माथिको चिया बगानमा बसेर मकै र मोहि खाउँला । बाहुनडाँगिमा सुठुनि (सखरखण्ड) र काक्रा हरु फलेका होलान, मेरो लागि नि साँच्नु है म छिट्टै आँउछु ।
 
चारआलिका भक्काहरु र चन्द्रगढिका चटपटेहरु, छोलाहरु साह्रै मीठो लाग्छ मलाई । हटियामा ढु्ङ्ग्रि र प्याजि पाकेका होलान मेरो लागि चाख्दै गर्नु,  ।  धुलाबारि को खरिद बाकि छ । लुगा राम्रो पाईन्छ , आमालाई साडी र भाईलाई जिन्स किन्नु छ । संगै जानु पर्छ , मलाई पर्खदै गर्नु । म झापा छिट्टै आँउछु ।
 
सनपाटका खेतिहरु, केराका बगानहरु, तामुल लपेटने पानका पातहरु, बैशंका हाँसोहरु, मारेका बात हरु, गएका गोठालाहरु, गाएका गीतहरु, चराएका गाइहरु, बाख्राहरु, बोलाई रहनु म छिट्टै झापा आउँछु।
 
उडेका भगेराहरु, सिकेका साईकलहरु, फुटाएका डल्ला हरु अनि खोजेका धानका सिलाहरु । सबैलाई बोलाईदिनु । माघे संक्रान्तिका तिलका लड्डु र बनाएका चाकुहरु, मेरो भाग पनि राखि दिनु । फुलेका तोरी र फिलुंङ्गेहरु, पाकेका कटहर र मेवाहरुलाई यो दाईको खबर सुनाउदै गर है फुच्चे भाई । काकडभिट्टाकि कान्छि चिया बनाउँदै होलिन, बुधकरणको रंग हाल्न लाउनु ।  म झापा छिट्टै आउँछु।
 
 
अनि मेरो बुढो भद्रपुर, अझै मेचि किनारमा भैसि चराउँदै  ड्डा लिएर देशको सिमाना रुघिरहेको होला, । एक चिलिम खैनि मोलेर दिनु, चुना हालेर । मेची आफ्नै हो, दाजु भाई पौडिनु पर्छ । हात समाएर जंङघे पिलर सम्म दौडिनु पर्छ । म झापा छिट्टै आउँछु । म झापा छिट्टै आउँछु।।
 
 
somewhereondearth‍=== Sojho_Jhapali
Last edited: 11-Jan-08 10:59 AM
Last edited: 11-Jan-08 11:31 AM
Last edited: 11-Jan-08 12:05 PM
Last edited: 12-Jan-08 12:48 AM
Read Full Discussion Thread for this article