Posted by: भउते January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

उफ्री, हजुरलाई दिएको च्यालेन्जलाई सार्थक पार्ने किलासको कुरा गरेको हो के रे, खोइ लास्टाँ त हजुर कै सहयोग चाहिएला जस्तो छ।  अनि भुन्टीलाई कस्तो छ? निदाइसकिन्? अब भुन्टीको बा' लाई त के सोध्नु र खै ! कहिले काहीँ त हाम्लाई नि बाई भन्नीगरे सपना अलिक राम्रो देखिन्थ्यो कि।  हे भगवान ! समय नि कस्तो आयो, "बाइ"को लागि नि यत्रो रहर गर्नुपर्ने।

 

लोल अन्तरेदा'   साझामा दर्शन नपाए पनि खुशु खुशु पढ्ने त हो रे'छ नि त। हजुरको त्यो बाखरी बाखरी डान्सको भिडियोले पुरै कन्ननीडाँडा हँसाइसक्यो।  ज्यान भनेको त्यस्तै हो हेर्नुस। वास्तविकता त गाम्लेलाई थाह छ नि। अब त्यो डिपी कार्यक्रममा त एउटा मैदानमा निस्केर नि हात टाप कसे के रे, अर्कोलाई घरबाटै बाहिर निकालेर पार्क सम्म पुर्याउन सकिएन।  डरले भाउजुको हात समाएर बसेसी दया लाग्यो नि त।

Last edited: 10-Jan-08 08:43 PM
Read Full Discussion Thread for this article