Posted by: भउते January 10, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
गुड मर्निङ चौतारी !
लु मैले ढोका खोलेँ है चौतारीको।
ठुली फुली सुली कुली छुली सिँगाने केटी आज पनि ढाडमा घाम पर्दा सम्म घ्वार घ्वार घुर्दै बरण्डा मै निदाइछे जस्तो छ।
उज्यालो नहुँदै एकहुल हँसियाहरु जम्मा भएछन्, अनि को भन्दा को सोझो भनेर कम्पिटिसन नि गरिसकेछन्।
जिम्मालको हार्डडिस्कमा भाइरस पसेजस्तो छ। चाहिनी नचाहिनी प्रोग्राम रन भएको भयै छ।
हो हो रिठ्ठेसान, ठूलीको उसलाई टन्न जाँड र गाँजा ख्वाएर ठुलीको चुल्ठो समाएर लतारेको भिडियो यै साझामा टाँस्नी हो।
बिस्टेले किन धक मानेको हो फेरि। यहाँ सबै उस्तै हुन मित्र। मजाले गफ गरम, धक नमानीकन।
राहुलदा, लहरे, यामे, चित्रे, ह्यारिश सबैलाई तारेमाम है।
Last edited: 10-Jan-08 10:28 AM