Posted by: भउते January 9, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

लौ, मेरो धर्म त पाहुनाहरुलाई आमन्त्रण गर्नु, सत्कार गर्नु, मीठो मसिनो जे छ त्यै खान दिनु, कोसेली ल्याइदिनुभएको रहेछ भने सहर्ष स्विकार गर्नु, नल्याएको भए पनि अतिथि देवो भव: भनेर स्वागत सत्कारमा कमी हुन नदिनु हो के रे। अब त्यल्ले भन्दा मिठो ख्वाउँछु, त्यल्ले भन्दा धेरै ठाउँ घुमाउँछु भनेर प्रतिश्पर्धा त के गराइ भो र। प्रतिश्पर्धामा सधैँ स्वार्थ लुकेको हुन्छ रे। आफू  निश्वार्थी परियो। आफू त अरुका तगेरामा गएर खुट्टा पसारेर अरुका पाहुना छेक्न भन्दा आफ्ना तगेरामा कलश सजाएर आफ्ना पाहुना सत्कार गर्न मन पराउने मान्छे।  आफ्नै मनले आफ्नो सम्झेर आउनुहुन्छ भने  स्वागत छ के रे। हैन भने त के भनम र, कर गर्न मिलेन। हजुरहरुको जो मर्जी।  

ओइ नेप्चे, तिमीलाई त बिर्खेले बोलाएर उता गयौ भने नि पाप लाग्छ बाबै। चेलो भा'सी गुरुको अनुमति बिना कतै जान पाउँदैनौ। गुरु भएपछि त्यति त मेरो हक पनि लाग्छ।  कलेजोलाई नि चुल्है निम्ता। मुटु-कलेजो फ्राइ गरेर तिनपाने सँग चिरिप्प पारम्ला, आउनुस।

Read Full Discussion Thread for this article