Posted by: JagataDhari January 9, 2008
मेरी हुन नसकेकी श्रीमती (भाग - ३)
Login in to Rate this Post:     0       ?        
भाग-२ बाट क्रमश ..........................

मेरी हुन नसकेकी श्रीमती बाइकबाट ओर्ली, संगै ओर्ली उसकी मायालु । हेल्मेट खोलेर उसकी मायालुले एक हातमा झुन्ड्याइ अनी ज्याकेट खोलेर त्यसैमाथी झुन्ड्याइ । उनिहरु दुबै गोदावरी जाने मुख्य गेटतर्फ लागे । घुम्दा मैले दुबैको अनुहार पुलुक्क देखें । किन किन मेरी हुन नसकेकी श्रीमतीभन्दा उसकी मायालुतर्फनै आँखाहरु केन्द्रित भए । मनमनै सोचें कस्ती केटा जस्ती केटी !!!

उनीहरु भीत्र छिरिसकेका थिए, म पनि बिस्तारै गेटतर्फ बढें, टिकट काटें र भीत्र छिरें । गेटमा उभिएका एक जना दाइ अचम्म संग मलाइ हेर्दै थिए, हुनपनि गोदावरिमा एक युवक टिकट काटेर एक्लै छिरेको उनले बिरलै देखेको हुनुपर्छ । बीचमा सुरक्षीत दुरी बनाएर म उनिहरुलाइ पछ्याउन थालें । कुर्ता सुरवाल लगाएकी, सर्लक्क ढाडसम्म झरेको कपाल, छिनेको कम्मर, फुकेको नितम्ब, मलाइ मेरी हुन नसकेकी श्रीमतीको सुन्दरतामा उसदिन पानि शंका थिएन । उसलाइ अंगालो मारेर हिंडेकि उसकि मायालु चैं फुल टिसर्ट र जिन्स लगाएकी, अग्ली, कस्ती कस्ती ! पछाडीबाट त सबैले केटा नै भन्छन् ल ! कपाल पनि छोटो काटेको, केटाको लागी भएत लामै हो तर केटीको लागी छोटो । एउटा ढीस्को छेउ पुगेर उनिहरु म भएतिर फर्के र त्यहि ढिस्को माथी बसे । म चैं उनिहरुलाइ फर्केको देखेर फुत्त एउटा रुखको आड लिएर लुकें । एकछीनपछी बीस्तारै अगाडिको ढिस्कोमाथी चढें जहाँबाट म त उनिहरुलाइ प्रस्ट देख्न सक्थें तर उनिहरुले मलाइ देख्न गाह्रो थीयो ।

माथी पुगेर रुखको आड लींदै चीहाएर हेरेको त, अरे ! कस्तो अचम्म ! मैले आँखा मीचेर फेरी हेरें ! द्रीश्य फेरीएन ! मेरी हुन नसकेकी श्रीमतीको छेउमा त कपाल पालेको जखमले केटो पो छ त !!! टिसर्ट, पेन्ट, ज्याकेट र हेल्मेट देखेपछी पो प्रस्ट भएँ, मैले अघीदेखी केटी भनेको उ त केटो पो रहेछ । दिमाग फनन्न घुम्यो, केही सोच्न सकिन, फर्केर थचक्क बसें । एकछीनमा फेरी हेर्न मन लाग्यो, उनिहरु त आलींगनमा बाँधीएर अधरका माध्यम बाट माया साटासाट गर्दै रहेछन् । अहँ, अब यहाँ बस्नु ठीक छैन, तर किन हो कुन्नि मलाइ त्यस केटीका अगाडी देखापर्न मन लाग्यो, उसलाइ लज्जित पार्न मन लाग्यो, उसको भन्डाफोर गर्न मन लाग्यो । शायद यसैलाई मैले आफ्नो उसदिनको अपमानको बदला मानें । म घुमेर उनीहरुको पछाडी गएँ र केही थाहा नभएजस्तो गरी सुरुसुरु बाटैबाट आएँ । उनीहरुको ढीस्को मुन्तिर पुगेपछी उतै फर्केर आश्चार्य मीश्रीत स्वरमा भनें, अरे, तीमी !!! यहाँ ???

उनलाइ अंगालोमा बाँधीरहेको Boyfriend ले एक्कासी हात हटायो । उनी एकटक मलाइ हेर्दै थीइन् । आश्चार्य, शंका र भयका रेखाहरु उनको मुहारमा कुदेको म प्रस्टै देख्न सक्थें । मलाइ ठुलो आत्मसन्तुष्टीको अनुभब भयो । “Sorry” भनेर म आफ्नो बाटो लागें । त्यसपछी उनीहरुले के के गरे, उनीहरुबिच के कस्ता कुरा भए, मलाइ थाहा हुने कुरै भएन ।

साँझमा टिभीमा समाचार हेर्दै गर्दा माबाईलमा नचिनेको फोन आयो ।

हेल्लो

हेल्लो, हजुर रजित हैन ?

हो, म रजित नै हो ! श्वर सुन्दा त चिने चिने जस्तो तर को ? को केटीले फोन गर्न सक्छे मलाइ यती राती ? मेरी हुन नसकेकी श्रीमती ???

को ? इशा हो ?

हजुर, ठीक चिन्नुभो !

ए, के छ त ? किन फोन गरी मलाइ यसले आज, दिउँसोको कुरालाई लिएर गाली गर्ने त होइन ? ल बाबै गाली खाइयो आज !

मैले तपाईसंग एउटा कुरा गर्न फोन गरेको !

के कुरा ?

अस्ति हजुर मलाइ हेर्न आउँदा मैले आफ्नो बारेमा जे भनें, त्यो ठीक होइन ।

ए धन्न गाली हैन रैछ । अब त आनन्दले बोल्दा हुन्छ । आज मेरो पालो !

कुन चै कुरा ? मलाइ त याद भएन, हामीले त धेरै बारेमा कुरा गरेका थीयौ !

त्यही मेरी केटी साथी छ भन्ने कुरा !

बल्ल ठेगानमा आईजस्तो छ, यस्का म !!!

तिम्रो केटी साथी ?? ए ! ए ! त्यो कुरा ??

भो भो, सम्झेजस्तो नगर्नुस, मलाइ थाहा छ, तपाइले त्यो कुरा बिर्सिन सक्नुहुन्न !

“……………………………………” अब के बोल्नु र मैले ?

मलाइ थाहा छ, मेरो त्त्यो कुरामा तपाईले अपमानित भएको अनुभब गर्नुभयो, तर मेरो उदेश्य त्यस्तो पक्कै थिएन । खासमा मेरो Boyfriend छ, तपाइले आजै देखीहाल्नुभो । त्यो बेला मलाइ हाम्रो हुन लागेको सम्बन्ध टार्नु थीयो, त्यसैले त्यस्तो भनेको !

“Boyfriend नै छ भनेको भए पनि मैले जबरजस्ती त गर्दिन थीएँ होला !

हो, मलाइ थाहा छ, तर त्यो बेला तपाइ एकदम नर्भस हुनुहुन्थ्यो । तपाइलाइ रातो पीरो देखेर त्यत्तिकै जीस्कन मन लागेर भनेको ! भनीसकेपछी मलाइ पनि गलत भएको अनुभब भयो, तर तपाइँत झन् नीलो कालो भएर जुरुक्क उठेर हिंडनुभयो । मैले सच्याउने मौकै पाइन । आशा छ तपाइले मेरो कुरा बुझेर मलाइ माफि दिनुहुन्छ !!!

अक्क न बक्क !!! आखीर एउटी केटीले जीवनमै पहिलोपटक माफी माग्दै छे, कसरी नदिनु ??

ल ठिकै छ, तर आइन्दा यस्तो मजाक नगर्नुहोला !

“So Friends ??”

“Ok, Friends !!!”

साँच्चै त्यस दिनदेखी हामी साथी साथी नै भयौ । ऊ साह्रै चुलबुले खालकी रहीछ । पहिला त मलाइ कसरी एउटी केटीले आफ्नो सम्बन्धको बारेमा कसरी यस्तो जीस्कन सक्छे जस्तो लाग्थ्यो, तर संगत गरेपछी थाहा पाएँ, उसले चैं सक्ने रहिछे । एकदमै चुलबुले, बोलक्कड र Frank.

त्यसपछीका मेरा दिनहरु साधारण नै बिते । अफीसमा रश्मीलाइ सधैं म नै हाँसेर “Good Morning” भन्थें, ऊ पनि आजकल म संग खुलेर कुरा गर्छै । साँच्चै एउटा सानो घटनाले मानीसको जीबनमा कस्तो प्रभाब पार्दो रहेछ । त्यसपछी धेरै पटक राकेश र मैले संगै बसेर धेरै समय बितायौ, रेष्टुरेन्टमा खायौ, फर्केर एउटै खाटमा पनि सुत्यौ । उसले मलाइ तिघ्रा पनि बोकायो, तर मलाइ उसको नियतमा कहिल्यै शंका लागेन, न कुनै दिन मैले शंका गरेको कुरा आत्मग्लानीले गर्दा उसलाइ भन्न नै सकें ।
Read Full Discussion Thread for this article