Posted by: world_map January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

>>>दादाको नामै मात्रै दादा, पैले पैले त "मेरी बुढी किन हेरेउ?" भनेर खुब निहु खोज्नीहुन। <<<

दादाले लेख्नुभाको कविता हेरम्:- 

Posted on 03-04-05 5:45 AM     Reply | Notify Admin
 
तिमी मेरी बुढीलाई किन हेर्छौ?

बिहे गरेँ
सबैलाई बुढीको परिचय गराउन साझामा आएँ,
सबैको बधाइ खाएँ!
बुढी मेरै हो
बुढीले लगाऽको सिक्री नि मेरै हो
बधाइ दियौ त के भो?
ठिकै भो!
सिक्रि हेर्ने निहुमा
तिमी मेरी बुढिलाई किन हेर्छौ?
***
मेरी बुढीलाई नि गजल मन पर्ने
गजल फर्माइस गरेकै थिएँ
ऊ त्यो गजल सुनाउने दाइ!
हैन, मीठो गजल सुनायौ त के भो?
ठीकै भो!
एक रुपिञाको नोट दिएकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
सालीको फोटो देखाऊ! रे?
ऊ त्यो, कन्फ्युज्ड भाइ!
सालीको फोटो हेर्न मन भए मलाई भन न
डिजिटल क्यामेरा मेरै हो
फोटो अपलोड गर्ने म नै हो
सालीको फोटो हेर्ने मन भो त के भो?
ठीकै भो!
फोटो पठाइदिम्ला भनकै थिएँ!
साली राम्री छे भनेकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
भाउजुको SLC कुन स्कुलबाट? रे!
ऊ त्यो पुन्टुरे भाइ!
जुन स्कुलबाट भए नि के भो?
मैले बिहे गरेसी तिम्री भाउजु न हो?
स्कुलको नाम सोध्ने भए मलाई सोध न
बुढी मेरै हो
भाउजुको सर्टिफिकेट मैसित छ?
स्कुलको नाम सुन्न मन भो त के भो?
ठीकै भो?
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?


Thanks to the original writer of
माइल्दाइकोचिया पसल

दादा र भौतेकाजीको कविता दोहोरी, झन्डै ३ वर्ष हुन लागिसकेछ! भौतेकाजी पुरानो कोटमा हुनुहुन्छ:-
http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=20243

Last edited: 08-Jan-08 03:07 PM
Read Full Discussion Thread for this article